Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

ओल्ला घरका नरे पल्ला घर सरे
एउटा दरबारबाट निकालेर अर्को दरबारमा "महाराज" लाई राख्ने सरकारी निर्णय


भूमि सुधार मन्त्री जगतबहादुर बोगटी मन्त्री परिषदको निर्णय सन्‍चारकर्मीलाई जानकारी गराउँदै Minister Jagatbahadur Bogati. Photo: Santa

काठमाडौं,  June 4, 2008- अन्ततः नेपाल सरकारले भूतपूर्व राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरवारमा बस्न दिने निर्णय गरेको छ । निर्णयप्रति स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले असहमति जनाएका छन् । बुधबार विहान बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको थियो ।

आइतबार पूर्व राजा ज्ञानेन्द्रलाई भेट्न गएका गृहमन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा ज्ञानेन्द्रले आफूलाई बस्ने स्थानको अभाव रहेको बताउँदै बासस्थानको व्यवस्था गरिदिन अनुरोध गरेका थिए । गृहमन्त्रीले प्रधानमन्त्रीसँग यसबारेमा कुराकानी गरी निर्णय गर्ने बताएका थिए ।

श्रोतका अनुसार गृहमन्त्रीसँगको भेटमा उनले आफ्नालागि उपयुक्त बासस्थान नागार्जुन नै हुने बताएका थिए । गणतन्त्र घोषणा हुनुभन्दा दुईदिनअघिको रात ज्ञानेन्द्रले नागार्जुनमै बिताएका थिए । ज्ञानेन्द्रको नागार्जुन सर्ने चाहना रहेको बताउँदै गृहमन्त्री सिटौलाले यससम्बन्धी प्रस्ताव मन्त्री मण्डलमा राखे । मन्त्री परिषद्ले यससम्बन्धमा तत्काल निर्णयपनि गर्यो ।

मन्त्री परिषदको वैठक पछि भूमि सुधार मन्त्री जगत बहादुर बोगटी भने 'हाललाई पूर्व राजा ज्ञानेन्द्रलाई नार्गाजुन दरबारमा बस्न दिने निर्णय भएको छ ।'

मन्त्री परिषदले ज्ञानेन्द्र शाहलाई आवश्यक सुरक्षा दिने निर्णय पनि गरेको छ । उनलाई नेपाली सेना वा नेपाल प्रहरी कसले सुरक्षा दिन्छ भन्ने कुरा भने मन्त्री बोगटीले खुलाएनन् । नेपाल सरकारले राष्ट्रियकरण गरी सकेको नार्गाजुन दरबारमा अहिले नेपाली सेनाले पहरा दिई रहेको छ ।

छोरा पारस शाहको परिवार बसी रहेको निर्मल निवासमा आफू नबस्ने कुरा ज्ञानेन्द्र शाहले गृहमन्त्रीसँग राखेका थिए ।


Minister Girirajmani Pokharel. Photo: Sitaram

तर यस निर्णयप्रति स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले असहमति जनाएका छन् । मन्त्री मण्डलको बैठक सकिनासाथ बाहिर निस्केका मन्त्री पोखरेलले
यूएस नेपाल अनलाइन डटकम सँग भने- 'यस सम्बन्धमा पार्टीसँग सल्लाह गरेर निर्णय दिन्छु भनेर म बैठकबाट निस्केको छु ।'

संविधान सभाको पहिलो बैठकले गणतन्त्र सम्बन्धी घोषणा गर्दै पूर्व राजा सामान्य नागरिकमा परिणत भएको बताएको थियो । यसैगरी उनलाई कुनै बिशेष सुविधा नदिने निर्णयपनि भएको थियो ।

तर निर्णय भएको एक हप्ता बित्दा नबित्दै एउटा दरवारबाट निकालेर उनलाई अर्को दरवारमा सार्ने निर्णय सरकारले गरेको छ । सरकारको यो निर्णयको जनस्तरबाटपनि तीब्र आलोचना हुने स्पष्ट छ ।

-Sitaram Baral and Santa Bagam Magar in Kathmandu
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®