|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
तराईका सशस्त्र समूहहरुसँग सरकारले युद्धविराम गर्ने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Minister Rajendra Mahato. Photo: Sitaram काठमाण्डौं, October 7, 2008- नेपाल सरकारका एक मन्त्रीले तराईमा सशस्त्र संघरत समूहहरुसँग वार्ताकालागि सरकारले युद्धविराम गर्ने बताएका छन् । आपूर्ति मन्त्री राजेन्द्र महतोले भनेका छन्- 'वार्ताकालागि सरकारले उनीहरुसँग सर्वप्रथम अनौपचारिक रुपले कुराकानी थाल्नेछ, अनौपचारिक रुपमा हुने कुराकानी सकरात्मक बनेमा वार्ताकालागि औपचारिक रुपले पत्र पठाउने र सरकारको तर्फबाटपनि युद्धविराम गरिनेछ ।' तराईमा सशस्त्र संघर्षरत समूहहरुले वार्ताकालािग सर्वप्रथम सरकारले औपचारिक पत्र पठाउनुपर्ने, युद्ध विराम गर्नुपर्ने, युद्धविरामका अवधिमा कुनैपनि कार्वाही गर्न नपाउने, वार्तामा आउनेहरुको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने तथा उनीहरुका नेता, कार्यकर्तालाई जेलमुक्त गर्नुपर्ने शर्त राखेको बुझिएको छ । यससम्बन्धमा मन्त्री महतोले भने- 'पहिले अनौपचारिक वार्ता हुनेछ त्यसको आधारमा उनीहरुले राखेका यी शर्तहरु पुरा हुनेछन् ।' गत शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले तराईमा संघर्षरत समूहहरुसँग वार्ताकालागि शान्तिमन्त्री जनार्दन शर्मा 'प्रभाकर' को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोलीको गठन गरिसकेको छ । समितिमा स्थानीय विकासमन्त्री रामचन्द्र झा र शिक्षा मन्त्री रेणु यादव सदस्य छन् । शान्ति मन्त्री शर्माले आइतबार पत्रकार सम्मेलनको आयोजनासमेत गरी सार्वजनिक रुपले ती समूहरुलाई वार्ताकालागि आव्हान गरिसकेका छन् । वार्ताको आव्हान गरेपनि सरकारले ती सशस्त्र समूहहरुसँग कुराकानीकालागि अहिलेसम्म कुनै सूत्र पत्ता नलगाएको बुझिएको छ । त्यसैले आइतवारको पत्रकार सम्मेलनमा मन्त्री तथा वार्ता टोलीका संयोजक शर्माले वार्ताकालागि सार्वजनिक आव्हान गरेका थिए । उनले भनेका थिए- 'यसै पत्रकार सम्मेलनलाई आव्हान मानेर सबै समूहहरुलाई बार्तामा आउनकालागि म सार्वजनिक आव्हान गर्छु ।' |
|
|
Minister Ganesh Shah. Photo: Siataram रिपोटस्र क्लवले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपस्थित अर्का मन्त्री गणेश शाहलेपनि कुनै पत्रकारहरुको उनीहरुसँग सम्पर्क भए सम्पर्क सूत्रको भूमिका निर्वाह गरिदिन आग्रह गरे । 'सरकारले वार्ताको आव्हान गरिसकेको छ, तपाइहरु बार्तामा आउनुहोस् र आफ्ना मागहरु के के छन् स्पष्टसँग राख्नुहोस् ।' सो साक्षात्कार कार्यक्रममा उपस्थित मधेशवादी दल नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका मन्त्री महतोले भने- 'तपाईंहरुका कुरा सुन्न सरकार तैयार छ सबै समस्याको समाधान वार्ताबाटै गरौं ।' औपचारिक वार्ता अघि अनौपचारिक वार्ता हुने र त्यसैका आधारमा सरकारले वार्ताको वातावरण बनाउने बताए । उनले भनेका छन्- 'अनौपचारिक वार्तापछि वार्ता प्रकृया सुरु हुन्छ यदि वार्ता टोलीका कोही सदस्य जेलमा छन् भने सरकारले उनीहरुलाई रिहापनि गर्नेछ ।' उता दशैंका अवसरमा गृहजिल्ला सप्तरी पुगेकी वार्ता टोलीकी सदस्य तथा शिक्षा मन्त्री रेणु यादवलेपनि तराईंमा संघर्षरत समूहहरुलाई वार्तामा आएर नै आफ्ना सबै कुरा राख्न आग्रह गरेकी छिन् । बताइएअनुसार मन्त्री यादव सशस्त्र संघर्षरत समूहहरुसँग वार्ताकालािग सूत्र पत्ता लगाउनपनि गृहजिल्ला पुगेको बताइएको छ। -Siataram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||