Finance Minister Dr. Baburam Bhattarai. Photos: Santa काठमाडौँ, September 18, 2008-
अर्थमन्त्री डा. बाबुराम भट्टराईले असोज ३ गते प्रस्तुत गर्न लागेको
बजेटमा पाँच वर्ष भित्र मुलुकले आर्थिक छलाङ मार्ने लक्ष्य राखिएको छ ।
आगामी दुई वर्ष भित्र सम्पूर्ण तयारी कार्य पुरा गरेर तीन वर्षमा आर्थिक
वृद्धिदर दोहोरो अंकमा पुर्याउने तथा १० वर्षमा तीव्रतर गतिमा मुलकुको
आर्थिक विकास गरिने बजेटको प्रमुख लक्ष्य रहेको छ ।
यस पटक २ सय ५० अर्बको बजेट आउने अनुमान गरिएको छ । जसमा बेरोजगारी र
गरिबीलाई मुख्य समस्याको रुपमा चित्रित गरिएको छ ।
बजेट प्रस्तुत हुनुभन्दा ठीक एक दिन पहिले अर्थात असोज २ गते स्वेतपत्र
जारी गर्दै अर्थमन्त्री भट्टराईले नेपालको विदेश ऋण ४४ प्रतिशत रहेको
जानकारी दिए । ब्याज तिर्दा विदेशी ऋणको भार ८१ प्रतिशत हुन आउने कुरा
स्वेत पत्रमा उल्लेख छ।
आज विहान ११ बजे अर्थमन्त्री भट्टराईले २५ दलसँग बजेटको बारेमा पूर्व
छलफल गरेका थिए ।
बजेटले कृषि, पर्यटन, जलविद्युतलाई विशेष जोड दिएको छ भने पर निर्भरता
घटाउने लक्ष्य राखेको छ ।
-Santa Bagam in Kathmandu