Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from New York

न्यू योर्कमा 'नेपाल फेस्‍टिवल-2008' डिसेम्बर २०-२३ मा हुने



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
महोत्सबको तयारीसँगै आयोजकहरु विवादको भुङ्ग्रोमा यसरी फँसे


Coordinator of the Nepal Festival USA 2008 Mingmar Sherpa making his point. Photos: eEyeCam

न्यू योर्क, November 3, 2008- खुट्टा तान्ने बानी नानीदेखी लागेको नेपालीहरुको आनिबानी न्यू योर्कमा हुन लागि रहेको 'नेपाल महोत्सब युएसए-२००८' अर्थात 'Nepal Festival USA 2008' को चर्चा र घोषणासँगै भित्रभित्रै भुसको आगो झैं सल्किदै गएको विवादलाई हिजो आयोजकहरुले आगो निभाउने प्रयास गरे।

'नेपालको पर्यटन र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्धन गरि नेपालको आर्थिक बिकाशमा टेवा पुर्याउने' लक्ष्य राखेर न्यू योर्क, म्यानहटन शहरको आर्मेनियन चर्च, 630 Second Avenue मा आयोजना गर्न लागिएको उक्त चार दिने महोत्सबमा राखिन लागेको १०० स्टलबाट ३ लाख डलर उठाउने तयारी भएको जानकारी आयोजक संस्था मध्येको अमेरिकि आयोजक 'नेपाली जन संपर्क समिती अमेरिका' द्वारा हिजो डाकेको पत्रकार सम्मेलनमा दिइयो।


Organizer Somnath Ghimire explaining why Nepal Festival USA 2008 is all about. Photos: eEyeCam
 
नेपालबाट ल्याउने सामाग्री र ब्याबसायीहरुको सम्पूर्ण चाँजो पाँजो चाँही काठमाडौंको AD & Event Management Nepal Pvt. Ltd. ले गरेको, लगानी खर्चको सम्पूर्ण भार पनि सोही संस्थाले ब्योहोरेको र नेपाली जन संपर्क समिती शिर्फ न्यू योर्क आयोजक बनेको तर महोत्सबबाट हुने नाफा चाँही 50/50 बाँडिचुडि गर्ने सम्झौता भएको पनि आयोजकहरुले बताए।


Coordinator Mingmar Sherpa giving answer to journalists' Qs. Photos: eEyeCam

विवादको श्री गणेश

"अमेरिकामा जनर्सर्म्पकका नाममा मानव तस्करी" नामको समाचार Nepal Democratic Youth Council का महासचिब तथा न्यू योर्कबाट पाक्षीक प्रकाशित हुने नयाँ नेपाल खबरका सम्पादक विश्व शाहले अक्‍टोबरको पछिल्लो हप्ता केही नेपाली अनलाइन न्यूज पोर्टलहरुमा प्रकाशित गराएपछि महोत्सबका आयोजकहरु आगो भएका थिए।


Bijaya Thulung (NY), Member Secretary of the organizing committee. Photos: eEyeCam

सम्पादक शाहले लेखेका थिए-
"शुरुदेखी नै बिबादास्पद रुपमा रहदै आएको उक्त समिति पार्टीको संगठनको काममा नलागि केही व्यक्तिले पैसा कमाउने थलोका रुपमा परिणत भएपछि अमेरिकामा वसोवास गर्दै आएका काग्रेस समर्थक एंव शुभ चिन्तकहरु चिन्तामा परेका छन् ।...

जनसर्म्पर्क समिति अमेरिकाको नाममा गर्ने भनिएको Nepal Festival 2008 नेपालबाट आफ्ना आफन्त र ठूलो रकम लिएर मानिसहरु भित्र्याउने खेलमा परिणत भएको रहस्य खुले पछि उक्त कार्यको तिब्र विरोध भएको हो । नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरु सहभागी हुने भनि नेताहरुको नामसमेत बेचेर स्टल बुक गरि ती स्टलमा मेला लगाउन नेपालबाट नेपाली व्यापारी, कलाकार र अन्य समुहको सहभागीता हुने भनि धमाधम पैसा लिएर स्टल बेच्ने र त्यही आडमा सयौं जना भित्र्याउने खेलको भण्डाफेार भएपछि उक्त समितीको सदस्यबाट वंशलाल तामाङ्गले राजीनामासमेत दिएका छन् ।"

तर महोत्सबका आयोजकहरुले यो आरोपमा कुनै सत्यता नभएको बताएका छन्। सम्पादक शाहको समाचारको खन्डन गर्दै आयोजक संस्था 'नेपाली जन संपर्क समिती अमेरिका'ले जारी गरेको प्रेस बिग्यप्तीमा भनिएको छ-

"नेपाली जनसम्पर्क समिती अमेरिका र यसका केहि पदाधिकारीहरुको नाम जोडेर सोधखोज विश्व शाहका नामबाट वेद खरेल न्युर्याकबाट संन्चालन हुने www.nepalaawaz.com र रामहरि सुवेदीले भर्जिनियाबाट संचालित www.dcnepal.com मा प्रकाशित समाचारप्रति जनसम्पर्क समितीको गम्भीर ध्यानाकर्षण र आपत्ती रहेको प्रष्ट पार्न चाहन्छौं ।

सन् २००७ को सेप्टेम्बरको कनेटीकेटको हार्डफोर्डमा ऐतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको नेपाली जनसम्पर्क समिती अमेरिका र यसका पदाधिकारीहरु विरुद्धमा स्वघोषित जनसम्पर्क दाबी गर्ने वेद खरेल र रामहरि सुबेदीले आ-आफुले संचालन गरेका वेभसाईट मार्फत व्यक्तिगत चरित्र हत्या गर्ने र असत्य समाचार प्रकाशित गरि राजनितीक लाभ र परपीडाको आनन्द गर्ने उदेश्यले पत्रकारिताको आवरणका निकृष्ट एव निन्दनीय कार्य गरेका छन् । समाचारका लेखक विश्व शाह कनेटीकेट अधिवेशनमा सहभागी भएर सदस्य पदको प्रत्याशी बनी पराजित ब्यक्ति हुन् ।

नेपालको पर्यटन र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबर्धन गरि नेपालको आर्थिक बिकाशमा टेवा पुर्याउने हामी प्रवासमा रहेका नेपालीहरुले योगदान गर्ने हेतुले सन्‌ २००८ को डिसेम्बर २० देखि २३ तारिखसम्म न्युर्यकमा नेपाल फेस्टिबल आयोजना गर्न लागिएको छ । यस फेस्टिबललाई सघाउ पुर्याउन जनसम्पर्क समिती अमेरिकाले एक तयारी समिती गठन गरेको छ । उक्त फेस्टिबलमा अमेरिका र नेपालको कानुन विपरित कुनै पनि कार्य र अनिमियता भएको प्रमाणित गर्न नेपाल जनसम्पर्क समिती चुनौती दिन चाहन्छ ।

सो फेस्टिबलका सन्दर्भमा नेपाली जनसम्पर्क समिती अमेरिकाको संलग्नता र सहयोगको बिषयमा पारदर्शिता अपनाईने र आवश्यक परेमा जो कोहिले सम्बन्धित पदाधिकारीसंगबाट जानकारी सुचना वा कागजात माग्न र हेर्न सक्ने छन् भनी जानकारी गराउन चाहन्छौं।

सो फेस्टिबलको सन्दर्भ जोडेर नेपाली जनसम्पर्क समिती अमेरिका र यसका पदाधिकारीहरु विरुद्ध चरित्र हत्या गर्ने समाचार र त्यस्ता खाले कपोकल्पित भ्रमित र कुनियतपुर्ण समाचार लेख्ने ब्यक्ति र समाचार माध्यमलाई तुरुन्त माफि मागी र सो समाचार खण्डन गरी पत्रकारिताको धर्म निर्वाह गर्न आब्हान गरिएको छ ।

तरुण पौडेल
प्रवक्ता
नेपाली नेपाल जनसम्पर्क समिती अमेरिका
डिसेम्बर २६, २००८"

President: Surendra Raj Devkota, Ph.D.
Vice-President: Mingmar Sherpa
Vice-President: Shekhar Regmi, Ph.D.
General Secretary: Krishna Lamichhane
Joint Secretary: Urmila Panjiyar
Treasurer: Arjun Banjade, Ph.D.
Members: Arjun Devkota, Arjun Sigdel, Bansha Lal Tamang, Bhuwaneshwari Banjade, Biswa Baral, Chandra Biswokarma, Chitra KC, Dhananjaya Narasingh KC, Hitman Gurung, Krishna Pokhrel, Mangal Jha, Munindra Nembang, Nam Lal Shrestha, Narayan Chapagain, Rajesh Aryal, Shirish Bhat, Ph.D., Shiva Prakash, Tarun Paudel - Spokesperson

P.O. Box 632265 Irving, TX 75063
E-mail: Janasamparka <janasamparka@gmail.com> Telephone: (518) 783-0066
Please visit www.janasamparka.com

जानकारीअनुसार माथि उल्लेखित ति दुई न्यूज पोर्टलहरुले खण्डन प्रकाशित गरिसकेका छन् ।

यता सम्पादक शाहले युएस नेपाल अनलाइनलाई भने- "आयोजकहरुले मैले उठाएका कुराहरुको विश्वासिलो जवाफ दिन्छन्‌ र पारदर्शिता अपनाउँदछन्‌ भने म मेरो लेख फिर्ता लिन तयार छु।"

-Pradeep Thapa Magar. Comments? 551-358-7726

महोत्सबको तयारी धुमधामसँग हुँदै
महोत्सबलाई सफलता पूर्वक सम्पन्न गर्न मुख्य महोत्सब आयोजक समितीका साथै बिभिन्न उपसमितीहरु निर्माण गरिएको छ । जसअनुसार मुख्य महोत्सब आयोजक समिती यस प्रकार छ:

Nepal Festival 2008 USA Committee

Mingmar Sherpa (NY) - Coordinator
Munindra Nembang (NY) Member
Nam Lal Shretha (NY) Member
Krishna Pokharel (NY) member
Somu Ghimire (NY) Member
Janice Gurung (NY) Member
Rajesh Aryal (TX) Member
Biswo N Baral (NJ) Member
Shiv Prakash (MA) Member
Pema Nima Sherpa (MA) Member
Arjun Devkota (CT) Member
Tarun Poudel (MD) Member
Pashupati Pandey (WA) Member
Bhakta Thapa (CA) Member
Ram Chandra Adhikari (MD) Member
Hitman Gurung (MD) Member
Chandra Biswokarma (MD) Member
Chitra Karki (MD) Member
Mahendra wagle (Nepal) Member
Bijaya Thulung (NY) Member Secretary.
Advisers:
Khagendra GC
T. P. Sen
Sanjaya Parajuli
Rajan Pant, Ph.D.
Keshab Paudel, M.D

उपसमितीहरु यस प्रकार छ:

Nepal Festival 2008 NY's Sub-Committee

1) Volunteers Department
i) Sheroap Sherpa (Yolmo) "Coordinator"
ii) Tshering Sherpa Member
iii) Gombe Sherpa Member
iv) Lhakpa Lama Member
v) Samju Sherpini Member
vi) Temba Lama Member

2) Cultural Program Department
i) Kishore Bhandari "Coordinator"
ii) Tilak Shrestha Member
iii) Janesh Gurung Member

3) Transportation Department
i) Phurba Sherpa "Coordinator"
ii) Lhakpa Gelu Sherpa Member
iii) Dawa Sherpa Member

4) Guest Reception Department
i) Naani Bhandari "Coordinator"
ii) Sharada Chhetri Member
iii) Sushila Khatiwada Member

5) Lodging & Fooding Department
i) Maya Bhatta "Coordinator"
ii) Laxmi Ghimire Member
iii) Yam Adhikari Member
iv) Neden Sherpa Member

6) Stall Design & Decoration Department
i) P G Sherpa "Coordinator"
ii) Temba Sherpa Member
iii) Prem Thokar Member
iv) Nir Kumar Magar Member

7) Office Management Department
i) Somnath Ghimire "Coordinator"
ii) Bijaya Thulung Member
iii) B P Adhikari Member

8) Advertising Department
i) Mingmar Sherpa "Coordinator"
ii) Chhiring Topke Lama Member
iii) Bijaya Kumar Thulung Member

9) Public Relations Department
i) Roshan Kumar Dhungana "Coordinator"
ii) Anng Kaami Sherpa Member
iii) Birendra Manandhar Member

10) Stalls Registration Department
i) Ram Chandra Regmi "Coordinator"
ii) Chhul Bhd. Tamang Member
iii) Shukra Raj Ghimire Member
iv) Phurba Sherpa Member

 
Roshan Kumar Dhungana, Coordinator Public Relation Department.


Nepalese Journalists and guests at the press conference in New York. Photos: eEyeCam






 Photos: eEyeCam
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®