
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
न्यू योर्कमा गणतन्त्र नेपाल घोषणाको वार्षिकोत्सबको अबसरमा 'नेपाल दिवस'
मनाइने

न्यू योर्क, January 19, 2009- न्यू योर्क शहरमा कृयाशिल
बिभिन्न १३ नेपाली संघ सस्थाहरुले गत बर्ष मइ २८ मा नेपाललाई सँघीय
लोकतान्त्रिक गणतन्त्र राष्ट्र घोषणा गरिएको दिनको स्मरण र खुशीयली मनाउने
तयारीको पहल गर्ने भएका छन्।
आज साँझ नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (Federation of Nepalese
Indigenous Peoples of America-FIPNA) को केन्द्रिय समिती र न्यू योर्क
च्यापटरले यस अन्तर्गत आबद्धता राखेका १३ बिभिन्न जनजातिय सस्थाका
प्रतिनिधिहरुको भेलामा एक प्रेस बिग्यप्ती जारी गर्दै उक्त कुराको जानकारी
गराएको हो।
महासंघका अनुसार उक्त 'नेपाल दिवस' 'Nepal Day' मनाउन अन्य बिभिन्न
नेपाली संघ सस्थाका प्रतिनिधिहरु समेतको एक ब्रिहद भेला छिट्टै डाकिने र उक्त
भेलाले मिती, समय, स्थान र बिभिन्न कार्यक्रमहरुको निर्धारणा गर्ने जनाएको
छ।
त्यसै गरी प्रेस बिग्यप्तीमा महासंघले प्रबासी तथा स्वदेसी नेपाली आदिबासी
जनजाति, दलित, मधेसी, महिला र अन्य सिमान्तक्रित बर्गहरुको हक हित र
संरक्षणको निम्ती बिभिन्न कार्यक्रमहरुको आयोजना गरी नयाँ संबिधानमा
ग्यारन्टी गर्न नेपालको संबिधान सभामा सुझाब पठाउने निर्णय गरेको जनाएको छ।
उक्त सङ्युक्त प्रेस बिग्यप्तिमा केन्द्रिय अध्यक्ष कर्मा ग्याल्जेन
शेर्पा, महासचिब अर्जुन गुरुङ, न्यू योर्क च्यापटर अध्यक्ष सुबाश लामा र
महासचिब घ्याघ्याल्पो पुनेलले हस्ताक्ष्यर गर्नु भएको छ।
महासंघका केन्द्रिय अध्यक्ष कर्मा ग्याल्जेन शेर्पाको सभापतित्वमा सम्पन्न
भेलामा न्यू योर्क च्यापटरका सदस्य केशबराम राइले स्वागत गर्नु भएको थियो
भने कार्यक्रमको सन्चालन न्यू योर्क च्यापटरका महासचिब घ्याघ्याल्पो
पुनेलले गर्नु भएको थियो।
कार्यक्रमका अन्य बक्ताहरुमा Prabhakar Rai, Subhas Tamang, Munindra
Nembang, Bamsalal Tamang, Del Yolmo, Ram Tamang, Aditya Maharjan, Prem
Thokar लगायतका हुनुन्थ्यो। बक्ताहरुले नेपाल दिवस मनाउनुको महत्व माथि
प्रकाश पार्दै सबै नेपालीले मनाउन सक्ने बातावरण बनाउनु पर्ने कुरामा जोड
दिनु भएको थियो। साथै, नयाँ नेपालको नयाँ बन्ने संबिधानमा आदिबासी जनजातिको
हक अधिकारको ग्यारन्टी गर्न महासंघले के कस्तो भूमिका निभाउनु पर्छ भन्ने
कुरामा आ-आफ्ना बिचारको आदान प्रदान गर्नु भएको थियो।
-Pratha Magar in New York. Comments? 917-570-1098
युएस नेपाल अनलाइनले खिचेका फोटोहरुको फाइल Corrupted भएकोले प्रकासित गर्न
असमर्थ छौं।
नेपाल आदिबासी जनजाति महासंघ अमेरिका न्यू योर्क च्यापटरको अधिबेसन
सम्पन्न
Special photo feature:
1st Convention of FIPNA New York Chapter
(23 Photo) |
|