Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

कस्ले कुन पद हत्याउने धुन मै दलहरु ब्यस्त
नेपालमा सिक्किमिकरण र भुटानीकरणको खतरा


Narayankaji Shrestha aka Prakash.

काठमाडौं,  May 30, 2008- गणतन्त्रको अघिल्लो दिन मंगलबार सार्वजनिक भएका नेकपा एकताकेन्द्र 'मसाल' का महासचिव नारायणकाजी श्रेष्ठ 'प्रकाश' ले प्रमुख पद बांडफांडबाटै दलहरुबीच सहमति बन्नसक्ने बताएका छन् भने माधव नेपाल महासचिव हुँदा सरकारमा नजाने निर्णय गरेपनि एमालेको नयाँ महासचिव बनेका झलनाथ खनालले साझा सहमति बने आफूहरु सरकारमा सहभागी हुने खुलाशा गरेका छन् ।

महासचिव प्रकाशले राष्ट्रपति, उपराष्ट्रपति, कार्यकारी अधिकारसहितको प्रधानमन्त्री संविधानसभाका अध्यक्षलगायतका प्रमुख पद वितरणका लागि छलफल अघि बढिसकेको जानकारी िदंदै यसै हप्ताभित्र नेपालमा नयाँ राष्ट्रपति चयन दावी गरे । राजनीतिक दलहरुबीच सहमति निर्माणमा प्रकाश सबैभन्दा बढि कृयाशील नेता मानिन्छन् ।

शक्ति बांडफाँडबाटै सहमति खोजिनुपर्नेमा जोड दिएका प्रकाशले राष्ट्रपति, उपराष्ट्रपति, कार्यकारी अधिकारसहितको प्रधानमन्त्री र संविधानसभाका अध्यक्ष जस्ता महत्वपूर्ण पद वितरण गरी सहमति र सहकार्यलाई बढाउन सकिने बताए । उनले भने- 'आउंदो हप्ता बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको टुंगो लागिसकेको हुनेछ ।' उनले ज्ञानेन्द्र शाहले १५ दिनभित्र दरबार नछाडे बन्दी बनाउने चेतावनी दिए ।

शक्ति बांडफांडका सन्दर्भमा एउटै दलले दुईवटा महत्वपूर्ण पद लिनै नहुने भन्ने कुरा तार्किक नभएको बताए । उनले कार्यकारी अधिकारसहितको प्रधानमन्त्री वा राष्ट्रपतिकालागि प्रस्तुत गरिएका प्रचण्ड 'सेरेमोनियल राष्ट्रपति' बन्ने सम्भावना नरहेकोले अरु कसैलाई राष्ट्रपतिका रुपमा माओवादीले अगाडि सार्नसक्ने संभावना औंल्याए ।

नेपालमा सिक्किमिकरण र भुटानीकरणको खतरा रहेको बताउँदै प्रकाशले विदेशी हस्तक्षेप निकै हदमा बढेकाले त्यसलाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 'भुटानीकरण र सिक्किमीकरणको खतरा कायम छ' प्रकाशको भनाई थियो- 'विदेशी हस्तक्षेपलाई चिर्दै अघि बढ्नु नै अहिलेको प्रमुख चुनौति हो । उनले विदेशी राजदूतहरुले नेपालको राजनीतिक नेतृत्वलाई निर्देशन दिन खोजेको उल्लेख गर्दै अब पनि त्यस्तो हस्तक्षप जारी रहे आफूहरुलाई सह्य नहुने चेतावनी दिए ।

उनले नेतृत्व गरेको पार्टी 'एकता केन्द्र-मसाल' र नेकपा माओवादी एकताको गृहकार्यमा छन् । एकता प्रकृया अन्तिम चरणसम्म पुगेको जानकारी िदंदै प्रकाशले एकता अघि पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी राखिने र माओवादीले 'प्रचण्डपथ' त्याग्ने बताए । जानकारी अनुसार पार्टी एकता भएमा प्रचण्ड नयाँ पार्टीको अध्यक्षमा यथावत कायम रहनेछन् भने प्रकाशलाई महासचिव बनाइनेछ ।


UML General Secretary Jhalanath Khanal. Photos: Sitaram

उता एमालेका नयाँ महासचिव झलनाथ खनालले सहमति बने आफूहरु सरकारमा सहभागी हुने बताउँदै एमालेका अलवा अन्य दलहरु सरकारमा सहभागी हुनेगरी सहमतिको वातावरण निर्माणमा आफूहरु जुटिरहेको बताएका छन् । उनले एउटै दलले प्रमुख दुई पद लिनै नमिल्ने बताएका छन् । 'जनताले कुनै एक दललाई बहुमत दिएका छैनन् त्यसैले शक्ति बांडफांड जरुरी छ' खनालको भनाई छ- 'राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र संविधानसभा अध्यक्षमध्ये कुनै दुई पद एकै दलले लिने अवस्था छैन ।'

सरकारको नेतृत्वका लागि सहमति भइनसकेको जानकारी गराउँदै उनले एमाले नीतिगत आधारमा सबै प्रमुख पदहरुको दाबेदार रहेको बताएका छन् । उनको भनाई थियो- 'जनमत पाएका जुनसुकै दलले राष्ट्रपति या सरकारको नेतृत्वको दाबी गर्नसक्छन् तर सहमति जुटाउन सक्नुपर्छ ।' नयां सरकार गठनभन्दा अघि सरकार चलाउने प्रकृयाबारे ठोस निर्णयमा पुग्नुपर्नेमा खनालको जोड थियो ।

ज्ञानेन्द्र शाहलाई विगतमा दिइँदै आएको भत्ता अब नदिइने बताउँदै खनालले ज्ञानेन्द्रले नारायणहिटी जतिसक्दो छिटो छाड्नुपर्नेमा जोड दिएका छन् । संविधान सभाको पहिलो बैठकपछि नेपाली जनताले आफैबाट शासनसत्ता संचालनको ऐतिहासिक शुरुवात गरेको भन्दै उनले गणतन्त्र कार्यान्वयनले नेपालमा राजा-महाराजहरुको शोषण, दमन र अत्याचार अन्त्य भएको बताए ।

उनले भने- 'अब नेपालमा कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड हुनेछैन, कुनैपनि नेपाली जनताका छोरीहरु नमि
ता सुमिता बन्नुपर्नेछैन ।'

-Sitaram Baral in Kathmandu
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®