|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
२ सय ३६ अर्ब, १ करोड, ५९ लाखको बजेट प्रस्तुत |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
'हाम्रो गाउँ राम्रो बनाउँ' अभियानको लागि ७ अर्बभन्दा बढी रकम![]() Finance Minister Dr. Baburam Bhattarai presenting Nepal Government Budget for the fiscal year 2008-09. Photos: Santa काठमाडौँ, September 19, 2008- अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०६५/०६६ को अनुमानित आय व्याय प्रस्तुत गरेका छन् । असोज ३ गते बसेको संविधान सभाको वैठकमा गरिव, अशक्त र निमुखा जनताहरुकालागि यथेष्ठ बजेट बिनियोजन गर्दै अर्थमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक बर्ष २०६५/०६६ को लागि २ सय ३६ अर्ब, १ करोड, ५९ लाखको बजेट प्रस्तुत गरेका छन् । लोकप्रिय मानिएको यो बजेट नेपालको इतिहासमा सबैभन्दा ठूलो आकारको बजेट हो । ![]() अर्थमन्त्री डा. भट्टराईले बजेट बक्तव्य प्रस्तुत गर्दै आफूले प्रस्तुत गरेको बजेट यसअघिका बजेटभन्दा मौलिक रुपले भिन्न र समाजवाद उन्मुख भएको बताएका छन् । 'सर्प झैं घस्रने नभई भ्यागूता झैं उफ्रने' नीति राखेको बताइएको बजेटमा शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुर्याएर दिगो विकास गर्ने लक्ष्य राखिएको छ। यसअघि सामान्य खर्चभन्दा विकासतर्फको बजेट कम हुने गरेकोमा यस बर्ष विकास बजेटमा प्राथमिकता दिएको छ । कुल खर्च मध्ये साधारण तर्फ १ सय ११ अर्ब ८२ करोड ४९ लाख तथा विकास खर्च तर्फ १ सय २४ अर्ब १९ करोड ९ लाख प्रस्ताव गरिएको छ । प्रतिशतको हिसावमा यस वर्ष ५३ प्रतिशत विकास तर्फ छुट्टयाइएको छ । |
|
![]() Printed copies of budget being packed for to distribute to CA Members. 'निर्मल जल नेपालको जल' भन्ने नारा रहेको बजेटमा आगामी १० वर्ष भित्र १० हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । 'हाम्रो गाउँ राम्रो बनाउँ' अभियानको लागि ७ अर्बभन्दा बढी रकम विनीयोजन गरिएको छ । जस अन्तर्गत प्रत्येक गाविसलाई १५ देखि ३० लाख वितरण गरिने भएको छ । सरकारले गाविसहरुको विकासकालागि वार्षिक ५ लाख दिने गरेकोमा यस पटक त्यो रकम बढाएर १५ लाख भन्दा बढि पुर्याइएको छ । भूगोल र जनसंख्याको आधारमा गाविसहरुले बार्षिक १५ लाखदेखि ३० लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । आगामी पुस मसान्तभित्र राजनीतिक दलको सहभागितमा स्थानीय निकाय संयन्त्र निर्माण गरिने भएको छ । क्याम्पमा रहेका जनमुक्ति सेनाले तोकिएको भत्ता समयमै पाउने छन् । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत माओवादी नेतृत्वको सरकारले अपाङ्ग-अशक्त, बृद्ध-बृद्धा, एकल महिलाहरुलाई उल्लेख्य रुपमा बजेट उपलब्ध गराएको छ । यसअघि ७५ बर्ष पुगेका बृद्धबृद्धाहरुले मासिक ३ सय रुपैयाँ पाउँदै आएकोमा अधिकांस नेपालीहरुको गरिवी र कुपोषणकाकारण त्यसअघि नै मृत्यु भएको बताउँदै सरकारले ७० बर्षमाथिका सबै बृद्धबृद्धालाई मासिक भत्ता दिने घोषणा गरेको छ । देशमा अन्य भेगकाभन्दा कर्णाली अन्चलमा आयुदर कम भएकाले ६० बर्ष माथिका नागरिकलाई यो भत्ता रकम दिइने घोषणापनि बजेट बक्तव्यमार्फत गरिएको छ । लोपोन्मुख जातिका सबै उमेरका व्यक्तिकासाथै एकल महिला लागिपनि सरकारले सोही परिणामको रकम उपलब्ध गराउने घोषणा बजेट बक्तव्यमार्फत् अर्थमन्त्री डा. भट्टराईले गरेका छन् । गरिवहरुलागि छुट्टै परिचयपत्रको व्यवस्था गरी गाउँ-गाउँमा स्थापना गरिने सहकारीमार्फत् सस्तोमा राहत उपलब्ध गराइने भएको छ । त्यस्ता सहकारी संगठनकालागि सरकारले रकम उपलब्ध गराउने भएको छ । यहि महिनादेखि लागु हुने गरी लोपोन्मुख जातिका सबै उमेरका व्यक्ति, दलित, एकल महिला र कर्णली अंचलका ६० वर्ष माथि उमेरका र ७० वर्ष पुगेका सबै नागरिकले मासिक ५ सय भत्ता पाउने भएको छ । पूर्ण अपाङ्गकालागि भने सबैभन्दा धेरै राहतको व्यवस्था गरिएको छ । जसअनुसार सबै उमेरका पूर्ण अपाङ्गले मासिक १ हजार रुपैयाँ पाउनेछन् भने आङ्शिक अपाङ्गले मासिक रु. ३ सय पाउनेछन् । सरकारी निकायमा कार्यरत कर्मचारीको मासिक तलबमा दुई हजार रुपियाँ बृद्धि गरिएको छ । हेटौडा टेक्सटायललाई सेना, प्रहरी र सशस्त्र प्रहरीको कपडा उत्पादन गर्ने कारखाना बनाइने छ । उद्योग व्यावशायको सुरक्षाको लागि औद्योगिक सुरक्षा बल गठन गरिने भएको छ । ![]() CA Members at the assembly. Photos: Santa प्राकृतिक प्रकोप तथा द्धन्द्धका कारण मर्कामा परेका र गरिबीको रेखामुनि रहेको साना किसान तथा घरेलु उद्यमीहरुले कृषि विकास बैंक, साना किसान विकास बैंक, नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबाट लिएको ३० हजार रुपियाँ सम्मको ऋण र सोको व्याज तथा एक लाख रुपियाँसम्म ऋणको व्याज मिनाहा गरिएको छ । यसैगरी द्धन्दको समयमा बिद्युत महसुल तिर्न नसकेका नागरिकहरुको विद्युत महसुल सरकारले नै तिरिदिने भएको छ । बजेट बक्तव्यमार्फत् डा. भट्टराईले नारायणहिटी दरवारभित्र लोकतान्त्रिक गणतन्त्रको प्रतिकस्तम्भ राख्ने घोषणा गरेका छन् र त्यसकालागि रु. ५ करोड विनियोजन गरेका छन् । यसअघि ठूला सडकहरुलाई 'राजमार्ग' भन्ने गरिएकोमा अर्थमन्त्री भट्टराईले गणतन्त्रको प्रत्याभूति हुने गरी राजमार्गलाई 'लोकमार्ग' को रुपमा नामाकरण गरेका छन् । -Sitaram Baral and Santa Bagam in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||