दुई ठूला मुलुकहरुको चेपुवामा नेपाल, भारतको हैकम
जारी
काठमाण्डौ, 19 Feb, 09- आपसमा राम्रो सम्बन्ध नभएका प्रतिद्धन्दी दुई ठूला
मुलुकहरुको रुपमा रहेको नेपाल यी दुई मुलकबीचको झगडाका कारण कस्तो अप्ठेरो
स्थितिमा रहेछ भन्ने कुरा एक जना भारतीय बरिष्ठ नेताको अभिव्यक्तिले खुलाशा
गरेको छ ।
छिमेकीका नाताले नेपालले भारतसँगजस्तै चीनसँगपनि सुमधुर सम्बन्ध राख्नु
कुनै नाजायज कुरा होइन । तर नेपालको चीनसँगको सुमधुर सम्बन्धलाई आधार बनाएर
भारतीय जनता पार्टीका नेता जसवन्त िसंहले नेपालमा चीनको प्रभाव बढेको तर
मनमोहन िसंह सरकारले नेपालमा चीनको प्रभाव रोक्न नसकेको आरोप लगाएका छन् ।
'नेपालमा चीनको प्रभाव बढेको छ' भाजपा सरकारका पालामा परराष्ट्रमन्त्रीसमेत
रहेका िसंहले मंगलबार भारतीय राज्य सभामा बोल्दै िसंहले भनेका छन्- 'तर
मनमोहन िसंहको सरकारले नेपालमा चीनको प्रभाव रोक्न कुनै प्रयास गरेन ।'
उनले नेपालमा चीनको प्रभाव रोक्ने विदेश नीति बनाउन अनुरोधसमेत गरेका छन् ।
विदेशीहरुले नेपाललाई कसरी आफ्नो खेल मैदान बनाउन चाहेका रहेछन् भन्ने कुरा
देखाएको छ । नेपालमा भारतीय प्रभाव बढेको भन्दै विगत केही समय यता चीनले
नेपालमा प्रतिनिधिमण्डल पठाएको पठायै छ भने त्यसैगरी भारतीय
प्रतिनिधिमण्डलहरुको नेपाल भ्रमणपनि बढ्दो छ ।