|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपाली सेनाको गोप्य 'अपरेशनल डक्ट्रिन' के के उल्लेख छ ? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
Operational Doctrine prepared by Nepal Army. Photo: Sitaram काठमाण्डौं, November 12, 2008- रक्षामन्त्री रामबहादुर थापा 'बादल' ले राष्ट्रिय सुरक्षा नीति तय गर्ने बताइरहेकै बेला नेपाली सेनापनि आफ्नो 'अपरेशनल डक्ट्रिन' तैयार गर्ने अन्तिम तैयारीमा लागेको छ। यसकालागि उसले 'सैनिक अपरेशनल डक्ट्रिन' नामको किताव आकारको मस्यौदा तैयार पारेर नेपाली सेनाका गुल्म कम्पनी तहका सैनिक इकाईहरुमा पठाएको छ । सैनिक इकाइहरुले आ-आफ्नो तर्फबाट सुझाव पेश गरेपछि त्यसलाई सेनाले अन्तिम रुप दिएर 'अपरेशनल डक्ट्रिन' सार्वजनिक गर्ने भएको छ । 'सेनाले आफुलाई लडाइँ र द्वन्द्वको जुनसुकै परिस्थितिमा पनि असरदार ढंगले परिचालन गर्न सक्ने गरी तयारी हालतमा राख्नकालागि भन्दै सेनाले 'अपरेसनल डक्ट्रिन' निर्माणकार्य सुरु गरेको हो । करिब तीन सय पृष्ठको पुस्तकमा 'राष्ट्रको सशक्त साधनका रुपमा रहेको सेना कुनै पनि विषमपरिस्थितिको सामना गर्न तयार रहेमा राष्ट्रिय हितको रक्षा गर्न सकिने' कुरा उल्लेख गरिएको छ र लडाइँका लागि पूर्णरुपमा तयार हुँदै लड्ने शक्तिका तीनै अंग अवधारणात्मक अंग, नैतिक अंग र भौतिक अंगहरुलाई सही किसिमबाट विकास गरेको खण्डमा आइपर्न सक्ने 'कुनै पनि चुनौतीको सामना गर्न सेना हर-हमेशा तयार रहन सम्भव हुने' कुरा उल्लेख गरिएको छ । सेनाको उद्देश्य सरकारलाई सहयोग पुर्याउने सैद्धान्तिक प्रतिबद्धता अघि सार्दै सो पुस्तकमा भनिएको छ- 'सेना भनेको राष्ट्रिय शक्तिका विभिन्न साधनमध्ये एक साधन हो जुन राजनीतिक नेतृत्व अर्थात् सरकारले राष्ट्रिय लक्ष्य प्राप्तिका खातिर आवश्यकताअनुसार प्रयोग गर्दछ, विशेषगरी राष्ट्रिय शक्तिका अन्य साधनको सहयोगीका रुपमा अथवा ती साधन प्रभावहीन भएको अवस्थामा सेनालाई प्रयोग गर्ने गरिन्छ ।' माओवादी नेतृत्वको सरकार बनेका बेला यसरी सरकारप्रति बफादारिता प्रस्तुत गरेर सेनाले आफूप्रतिको आशंका मेटाउने प्रयास गरेको छ । |
|
|
हालसम्म गोप्य राखिएको सो पुस्तकलाई विभिन्न नौ भागमा विभाजित गरिएको छ । पहिलो अध्यायमा 'नेपाली सेनाको डक्ट्रिनको परिचय' समेटिएको छ भने दोस्रोमा 'लड्ने शक्ति', तेस्रोमा 'अपरेसनल तहको बोध', चौथोमा 'अपरेसन सन्चालनको कार्य पद्धति', पाँचौंमा 'अपरेसनल डक्ट्रिनको आधारभूत सिद्धान्तहरु', छैटौंमा 'अपरेसनल तथा ट्याक्टिकल तहका कारबाहीहरु', सातौंमा 'नेपालको राष्ट्रिय प्रतिरक्षा नीति, सैनिक रणनीति र नेपाली सेनाको भूमिका', आठौंमा 'कमान्ड' र नवौंमा 'मनोबल' भन्ने विषय समेटिएका छन् । नेपालविरुद्ध कुनै राष्ट्रले हमला गरेमा पूरै जनतालाई सैन्यकृत गरी राष्ट्रिय मुक्ति युद्ध लड्न सकिने सुरक्षानीति बनाइने धारणा माओवादीले सार्दै आएको छ । नेपाली सेनाले पनि यस्तै धारणा अघि सारेको छ । त्यो स्थितिमा 'राष्ट्रिय मुक्ति संघर्ष' सँग सम्बन्धित कला तथा प्रविधिबारे आमजनतालाई तालिम दिने आफ्नो उद्देश्य रहेको सेनाले बताएको छ । विभिन्न सैनिक युनिटमा पठाइएको सो अपरेसनल 'डक्ट्रिन' पुस्तकमा रहेका कमी-कमजोरी र थपघट गर्नुपर्ने कुरा आएपछि आएका सुझावलाई सामेल गरेर नेपाली सेनाले आफ्नो 'अपरेसनल डक्ट्रिन' लाई अन्तिम रुप दिनेछ । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||