|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेपाली सेनाले जारी गरेको गोप्य सर्कूलरमामा के के छ? |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, November
28, 2008-
सेना समायोजन सम्बन्धमा राजनीतिक तहले गरेको निर्णय नमान्ने संकेत
दिएको नेपाली सेनाले गत कार्तिक अन्तिम साता आफ्ना अन्तर्गतका व्यारेकहरुमा
यससम्बन्धमा गरेको सर्कुलरको सम्पूर्ण अंश यूएस नेपाल अनलाईनले फेला पारेको
छ । सो सर्कूलरमा निम्न कुराहरु उल्लेख गरिएका छन् : "१. विभिन्न राजनैतिक दलहरु वीच माओवादी लडाकूहरुको समायोजन सम्वन्धि बिषयमा फरक फरक मत प्रकाशमा आउने गरेको ५ विभिन्न कार्यक्रमहरुमा विभिन्न विधाका बुद्धीजिवी व्यक्तिहरुले उक्त विषयमा आ-आफ्नो व्यक्तिगत धारणा र टिकाटिप्पणीहरु गर्ने गरेको समेत पाईएको छ । वर्तमान परिप्रेक्ष्यमा उक्त बिषयले बढि महत्व पाउनू स्वाभाविकै मान्न सकिन्छ । समायोजन सम्बन्धमा कार्यन्वयन गर्नुपर्दा विगतका प्रमुख राजनैतिक दलहरुबाट तयार पारिएको सात बुँदे सहमतिमा उल्लेखित बूंदाहरुमा आधारित रही कार्य गर्न सक्ने देखिन्छ । जसअनुसार विशेष समितिको व्यवस्था (अन्तरिम संविधान धारा १४६) माओवादी सेनाको प्रमाणिकरण भएका लडाकूहरुलाई आर्थिक प्याकेज समेत पुर्नस्थापनाको विभित विकल्प रोज्ने अवसर २०६५ असार ११ गतेको राजनैतिक दलहरुको बीच भएको समिति सेना र हतियारको व्यवस्थागत र अनुगमन सम्झौताको बुँदां ४१३ मा उल्लेखित अस्थायी शिविरमा रितपूर्वक दर्ता भएका माओवादी सेनाका लडाकूहरु साथै स्थापित मान्यता (standard norms) पूरा गरी सूरक्षा निकायहरुलाई गरिने सम्भावित समायोजनका लागि योग्य हूनेछन् भनी उल्लेख छ । २. अन्तरिम संविधानको धारा १४४ (३) अनूसार नेपाली सेनाको नियन्त्रणमा परिचालित दुई व्यवस्थापन कानून बमोजिम मन्त्री परिषद्ले गर्नेछ भन्ने उल्लेख भएको र सोही धाराको उपदफा ५ मा नेपाली सेना सम्बन्धी अन्य कूराहरु कानूनमा व्यवस्था भए बमॊजिम हुनेछ भनी उल्लेख भएकोले नेपाली सेना संविधान र प्रचलित कानून बमोजिम नै नियन्त्रण परिचालित र व्यवस्थित भई रहेकोले विभिन्न किसिमको निराधार तत्वहरुको पछाडिपट्टि लाग्न नहुने । ३. राष्ट्रिय सेनामा कूनैपनि समुह वा संगठनलाई समायोजन गर्ने भन्ने बिषय अति संवेदनशिल बिषय भएको । राष्ट्रले नै सेनाको स्थापित बिशिष्ट मूल्य मान्यता खबगिभ बलम लयचुक अराजनैतिकपन तटस्थता व्यवसायीकरकणमा अटल रही मद्दत मिल्ने गरी यसको जगेर्ना गर्नुपर्ने सेनाका उल्लेखित चरित्र तथा व्यवसायिकतामा (Professionalism) उक्त संस्थाको भविष्य र राष्ट्र अस्थित्व गांसेको हुन्छ । तसर्थ नेपाली सेनाले अन्तर्राष्ट्रिय मान्यता अनुसार अंगिकार गरी आएको निश्चित मापदण्ड (Standard Norms) बमोजिम मात्र कुनैपनि नेपाली नागरिकलाई तोकिएको व्यवस्थित प्रकि्रयाबाट भर्ना गर्न सकिने सेनाको सोचाई्रलाई सबै पक्षबाट ऐक्यबद्दता प्रकट हुनुपर्ने देखिन्छ । नेपाली सेनाको प्रजातान्त्रिक पद्दति प्रतिका प्रतिबद्दता, जनमतको कदर, विभिन्न राजनैतिक दल बुद्दिजिवी तथा नागरिक आवाज सबै संगको समदूरी कानूनी राज्यको अवधाराणा अनूरुप संविधानबाट निर्देशित संविधानले तोकेको जिम्मेवारीहरु बहन गर्ने कार्य नेपाली सेनाले सदैव हृदयंगमन गर्दै आएको व्यहोरा विभिन्न समयमा सकलदर्जाहरुलाई अवगत गराउँदै आएको बारे विदितै छ । एक अराजनैतिक, पूर्णतया व्यवसायिक उत्कृष्ट सैनिक संगठन रहेको कारणबाट नै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल राष्ट्रको विश्व शान्ति प्रतिको प्रतिबद्दता प्रदर्शन गर्ने कार्यमा नेपाली सेनाले विगत ५० वर्षदेखि गौरवमय योगदान दिएको बारे सर्व विदितै छ । प्रचलित प्रजातान्त्रिक मान्यताअनुसार संचालित विश्वका अन्य प्रजातान्त्रिक मूलूकमा सरह नेपालको राष्ट्रिय सेना नेपाली सेना पनि युगौं देखि स्थापित भै सकेको नेपाली सेना पनि सोहि अनुसार कूनै दलगत राजनितिबाट पूर्णत तटस्थ रहेको र रहने छ । सैनिक संगठन कुनैपनि राजनैतिक बिचारबाट प्रभावित नभई आफ्नो विशुद्ध पेशागत चरित्रमा अडिग रहनुपर्ने आवश्यकताबारे सकलदर्जाहरुले सदैव चिन्तन गर्नू पर्ने व्यहोरा अन्र्तगतका सकलदर्जाहरुलाई अवगत गराउनु हुन " |
|
|
सेना समायोजन सम्बन्धमा बहस चलिरहेका बेला सरकार रक्षा मन्त्रालय लाई कुनै जानकारी नै नदिई यस्तो सर्कूलर जारी गरिएपछि रक्षा मन्त्री रामबहादुर थापा 'बादल' समेत सेनासँग असन्तुष्ट भएको जानकारी श्रोतले दिएको छ । जानकारी अनुसार सेना सम्बन्धी अन्य विषयमा रक्षा मन्त्रीलाई जानकारी गराउने गरिएपनि यो सर्कूलरका बारेमा भने जानकारी गराइएको थिएन । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||