|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
सरकार आफ्नै कारण ढल्ने-सुजाता
कोइराला कांग्रेस जातीय राजनीतिको पक्षमा नलाग्ने काठमाडौँ, September 25, 2008- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले वर्तमान सरकार आफ्नै कारण ढल्ने बताएकी छिन् । आफुहरु सरकार ढाल्न नलागेको बताउदै माओवादीको गलत गतिविधिका कारण सरकार ढल्नसक्ने चेतावनी दिएकी हुन् । 'सरकार आफै ढल्छ कसैले ढाल्नुपर्दैन' कोइरालाले भनिन्- 'हामी सरकार ढाल्न लागेका छैनौं ।' माओवादीले चन्दा, डर, धम्की, व्यक्तिगत सम्पत्ति कब्जा गर्न नछाडेको भन्दै पटक पटक सम्झौता उल्लंघन गरेको बताएकी उनले कांग्रेसले माओवादीको गलत गतिविधिको आलोचना गरी रचनात्मक भूमिका निर्वाह गर्ने बताएकी छन् । कांग्रेसले वास्तविक प्रतिपक्षीको उदाहरण प्रस्तुत गर्ने उनको भनाई थियो । जातीय राजनीति गरे मुलुकमा बिखण्डनको खतरा बढ्ने भएकाले कांग्रेस जातीय राजनीतिको पक्षमा नभएको स्पष्ट पार्दै भनिन्- 'जातीय राजनीति गर्नेहरुले तत्काल फाइदा लिन सक्लान् तर कालान्तरमा नामेट हुनुपर्ने अवस्था आउनसक्छ ।' उनले कांग्रेसले जातीय, क्षेत्रीय, सस्ता नारालाई कहिल्यैपनि स्वीकार नगर्नेपनि उनको भनाई छ । कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य इश्वर पोखरेलले अधिनायकवाद र सर्वसत्तावादी सोचले नयां संविधान बन्न नसक्ने बताए । 'सबै दलहरुले संविधान निर्माणलाई साझा एजेण्डा बनाएर अगाडि बढ्नुको विकल्प छैन' पोखरेलले भने- 'संविधान बनाउनुपर्ने बेला आग्रह पुर्वाग्रह छाड्न’ पर्छ ।' नयां नेपाल बनाउन माओवादी, कांग्रेस, एमाले, मधेशवादी दललगायत सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले नेपाली सेनामा माओवादी जनसेनालाई प्रवेश दिन खोजे दुर्घटना हुने बताउँदै राष्ट्रिय सेनामा राजनीतिक सेनाको प्रवेश आफ्नो दलका लागि अस्वीकार्य भएको बताए । उनले माओवादीले छापामारलाई सेनामा प्रवेश दिन खोजे गम्भीर कदम उठाउने चेतावनी दिए। -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||