Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

प्रचण्ड, पुर्ब राजा ज्ञानेन्द्र र हिटलरको ब्यबहार एउटै



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
जातीयताको आधारमा राज्यको पुर्नसंरचना नेपाली काग्रेसलाइ मान्य नहुने - नेका उपसभापति रामचन्द्र पौडेल


Nepali Congress VP Ramchandra Paudel in Palpa. Photos: Kabiraj

पाल्पा, November 24, 2008- देश संघीयताको राँकोमा रन्किदै गएको बेला नेपाल प्रेस युनियन पाल्पाको कार्यालयको उदघाटन गर्दै नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले जातीयताको आधारमा पुर्नसंरचना गरे देशमा बिखण्डन आउनेसमेत दावी गर्नु भएको छ ।

नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली काग्रेसले विगतमा भएको सात वुदे सहमति अनुसार नै माओवादी सेनाको समायोजन गर्नुपर्नै वताउनु भएको छ ।

नेपाल प्रेस युनियन पाल्पाले आइतवार तानसेनमा आयोजना गरेकेा पत्रकार सम्मेलनमा वोल्दै उपसभापति पौडेलले माओवादीको नेतृत्वको वर्तमान सरकार मनोमानी ढंगले अघि वढेको वताउनुभयो । उहाले संघीयताको विषयमा सवै दलले खुलेर वोल्नुपर्नैमा पनि जोड दिनुभयो ।

उहाले माओवादीले सस्ता नारा ल्याएर जनतालाइ झुक्याइ रहेको आरोपा पनि लगाउनुभयो । पुर्व उपप्रधानमन्त्री पौडेलको आरोप थियो -सरकार मनोमानी ढंगले र दिशाहीन ढंगले अगाडि वढिरहेको छ । विकास निर्माणप्रति भन्दा पनि आफ्ना कार्यकर्ता रिझाउनमा सरकार लागेको छ । उहाले माओवादी सेनालाइ नेपाली सेनामा समायोजन गरेमा देशमा गृहयुद्ध हुने दावी उहाले एमाले पनि माओवादीले जे भन्छ त्यही त्यही गर्दै हिडेको र माओवादीको अगाडी लाचार भएकेा वताउनु भयो ।

यस अघि नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको जनजारण अभियान अन्तरगर आयोजित आमसभालाइृ सम्बोधन गर्दै उपसभापति पौडेलले माओवादीको भनाई र गराई फरक हुदै गएकोले शान्ती प्रकया र प्रजातन्त्र लाइृ तहस नहस गरेर एकतन्त्रिय जनगणतन्त्रको ल्याउन खोजेको बताउनु भएको थियो । माओवादीले प्रजातान्त्रीक संबिद्यानभन्दा पनि पार्टीको दस्तावेज अनुसारको संबिद्यान निमार्णको प्रयास गर्न थालिसकेको आरोप लगाउनु भयो ।
 
साथै उहाले माओवादी अध्यक्ष प्रचण्ड पुर्ब राजा ज्ञानेन्द्र र हिटलरको ब्यबहार एउटै भएकोले माओवादीको परधाम नै निर्मल निवास भएको आरोप उपसभापति पौडेलले लगाउनु भयो । साथै उहाले माओवादीको ब्यबहार शैली पनि ज्ञानेन्द्रसंग मिल्ने भएकोले माओवादीको दादागिरी चाडो समाप्त हुने बताउनु भयो ।

जनता संग लोकतान्त्रिक गणतन्त्र भनेर जनतासंग मत माग्यो तर अहिले जनतासंग गरेको वाचा धोका दिएर जनगणतन्त्र ल्याउन खोजिरहेको यदि माओवादी त्यो दिशामा गएमा काङग्रेसले सफल हुन नदिने बताउनु भयो ।

-Kabiraj Nepal in Palpa





Photos: Kabiraj
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®