|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
बाहिर सहमतिको सरकार भित्रभित्रै सत्ताको लागि डकार कांग्रेस, एमाले र फोरमद्वारा प्रधानमन्त्री पदका लागि दाबी? काठमाडौं, August 4, 2008- काम चलाउ सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका निवर्तमान महासचिव माधवकुमार नेपालबीच मुलुकको पछिल्लो परिस्थितिबारे कुराकानी भएको छ । कोलम्बोमा रहनुभएका कोइराला र भारतीय कम्युनिष्ट पार्टी माक्स्रवादीका पूर्व महासचिव हरकिसन सिंह सुरजितको अन्त्येष्टि समारोहमा नयां दिल्ली पुग्नुभएका नेपालबीच सोमबार विहान टेलिफोनमा कुराकानी भएको हो । जानकारी अनुसार दुई नेताबीच आपसी सहमति बनाएर अघि बढ्नेबारे छलफल भएको थियो । खासगरी नयाँ सरकार गठन प्रकृयाबारे पनि दुई नेताबीच छलफल भएको छ । नेकपा माओवादीले नयाँ सरकार गठन प्रकृया अगाडि बढाइरहँदा कोइराला र नेपालबीच भएको टेलिफोन कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीका कारण कोइराला र नेपाल दुबै राष्ट्रपति हुन नपाएपछि माओवादीसँग क्रुद्ध छन् । ठूला चार दलबीच सरकार गठनका सम्बन्धमा आइतबार आपसी वार्ता भएपनि आगामी सरकारको रुपरेखा अझै तैयार हुन सकेको छैन । कांग्रेस एमाले र फोरमले देखावटी रुपमा माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने बताएपछि भित्रभित्रै उनीहरु आफै सरकारको नेतृत्वमा जाने तैयारीमा छन् । तर तीन दलबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद छ भने आवस्यक बहुमत पुग्दैन कि भन्ने डरपनि उनीहरुलाई छ । श्रोतका अनुसार माओवादीको सरकार गठन हुँदा सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दावी कांग्रेस, एमाले र फोरमले गरेका छन् । कांग्रेस माओवादी पछि सबैभन्दा ठूलो दल आफू भएकाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दावी गरिरहेको छ भने एमाले राष्ट्रपति कांग्रेसको भएकाले प्रधानमन्त्री आफ्नो हुनुपर्ने बताउँदैछ । उता राष्ट्रपति चुनावभन्दा अघि भएको अनौपचारिक सहमति अनुसार सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने फोरमको दावी छ । तर तीनै दल एकले अर्कालाई सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री पद दिने पक्षमा छैनन् । कांग्रेसको दावी छ- 'सभामुख एमालेले र फोरमले उपराष्ट्रपति पाइसकेकाले उनीहरुले सरकारको नेतृत्व गर्ने दावी त्याग्नुपर्छ ।' एमालेको भनाईपनि उस्तै छ अर्थात् राष्ट्रपति र उपराष्ट्रपति कांग्रेस र फोरमले पाइसकेकाले सरकारको नेतृत्व एमालेले पाउनुपर्छ भन्ने एमालेको दावी रहँदै आएको छ । फोरमलेपनि राष्ट्रपति र सभामुखजस्ता प्रमुख पद कांग्रेस र एमालेले पाएकाले सरकारको नेतृत्व आफूले पाउनु दावी गरिरहेको छ । 'सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद छ, त्यसैले धेरै कुरा बाहिर आएका छैनन्' श्रोतले भन्यो- 'साथै तीन दल मिल्दाको अवस्थामापनि अरु साना दलले समर्थन नगिरंदिदा उनीहरुको सरकार बन्न सक्दैन । त्यसैले बिस्तृत कुरा बाहिर नआएको हो । बाहिर सबै दल सम्मिलित राष्ट्रिय सरकारको कुरा गरेर भित्रभित्रै माओवादीबाहेकको सरकार बनाउने प्रयत्न भैरहेछ ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||