|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
बिशेष रिपोर्ट चुनाव हार्नेहरु उपर काङ्रेस र एमाले यसरी पर्दैछन् आफ्नै हारको भुङ्रोमा संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट काठमाडौं, April 30, 2008-संविधान सभाको चुनावमा हार व्यहोर्नु परेपछि अर्को पक्षमाथि थोपर्दै कार्वाहीको सिलसिला चल्न थालेको छ । सफलता पाएको भए विजयको जस लिने होड अवस्य चल्ने थियो । हारको दोष एकले अर्कालाई दिने प्रबृत्ति कांग्रेस र एमालेमा समान रुपमा देखिएको छ। हारको दोष कार्यकर्ताले नेतालाई र नेताले कार्यकर्तामाथि थोपर्न थालिसकेका छन् । नेपाली काङ्रेसका जिल्ला समितीहरु नै बिघटन गरिन थालेका छन् भने एमालेमा एक पक्षको बहुमत रहेको कमिटी विघटन गर्न अर्को पक्षले भित्रभित्रै माग गर्न थालेका छन् । महासचिवको राजिनामाले नपुगेर केन्द्रीय समिति र स्थायी समिति विघटनको माग औपचारिक रुपले उठेको छ । आफू आफैमा झगडा निर्वाचन परिणामले सबैभन्दा ठूलो असर नेपाली कांग्रेसलाई पुर्याएको छ । चुनावमा पार्टी उम्मेदवारलाई अन्तर्घात गरेको, सहयोग नगरेको र प्रतिद्धन्दी पार्टीका उम्मेदवारलाई सहयोग गरेको आरोप केन्द्र र जिल्ला तहका नेता-कार्यकर्तामाथि लागिरहेका छन् । आरोप-प्रत्यारोपको श्रृङ्खला पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्म पुगेको छ । युवा र स्वच्छ उम्मेदवाररुलाई पाखा लगाएर बृद्ध, भ्रष्ट र राजावादीहरुलाई टिकट दिएकाकारण पराजय व्यहोर्नु परेको आरोप कार्यकर्ताले नेतृत्वलाई लगाएका छन् । झापामा गृहमन्त्री कृष्ण सिटौलाले चक्र बास्तोलालाई र बास्तोलाले सिटौलालाई हराउने भूमिका खेलॆको आरोप छ । उता प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला मोरङ्गमा पार्टी सभापति अमृत अर्यालले पार्टीको जिल्ला समिति विघटन गरेकामात्र छैनन् सबै कृयाशील सदस्यहरुको पार्टी सदस्यता रद्द गरी नयाँ सदस्यता वितरण गर्नुपर्ने विवरण केन्द्रमा दिएका छन् । सर्लाहीका पार्टी सभापति बासुदेव कोइरालामाथि पार्टीका उम्मेदवारहरुलाई हराउने भूमिका खेलेको आरोपकासाथ कार्वाहीकालागि केन्द्रमा उजुरी पुगेको छ । रसुवाका जिल्ला पार्टी सभापति छिरिङ्ग लोप्साङ्ग लामा, अन्तरिम व्यवस्थापिकाका कांग्रेस सांसद डीबी लामा झन् ठूलो कार्वाहीमा परेका छन् । चुनावमा माओवादीलाई सहयोग गरेको आरोपकासाथ ६ वर्षकालागि उनीहरुको पार्टी सदस्यता समेत रद्द गरिएको छ । नुवाकोट- १ बाट पराजित कांग्रेसका सहमहामन्त्री अर्जुननरिसंह केसीले २ नं क्षेत्रबाट विजयी डा. रामशरण महत आफूलाई हराउन सकृय भएको आरोप लगाएका छन् । यस्तै स्थिति छ- दोलखा कांग्रेसकोपनि । क्षेत्र नं २ का उम्मेदवार ताराबहादुर कोइरालाले जिल्ला पार्टी सभापति देबीप्रसाद न्यौपानेको अन्तर्घातका कारण जिल्लामा पार्टीले पराजय व्यहोर्नुपरेको बताएका छन् भने सभापति न्यौपानेले कोइरालाको भ्रष्ट चरित्रका कारण पराजय व्यहोर्नु परेको दावी गरेका छन् । जिल्ला पार्टी सभापति न्यौपानेले जिल्ला कार्यसमिति भंग भएको घोषणा समेत गरेका छन् । त्यहाँ दुवै पक्षले एक अर्कोमाथि कार्वाही गरेको दावी गरेका छन् । आफै क्षेत्र नं २ बाट पराजित भएपछि धादिङ्ग कांग्रेसका सभापति रामनाथ अधिकारीलेपनि जिल्ला कार्यसमिति विघटन गरेका छन् । चुनावपछि जति दिन बित्दैछन् एक पक्षले अर्कोमाथि कार्वाही गरेको र जिल्ला कार्यसमिति नै विघटनमा परेको जिल्ला जिल्लाका खवर दिनहुँ आइरहेका छन् । बैशाख ९ र १० गते बसेका नेका सोलुका दई दुई छुट्टाछुट्टै बैठकले फरक-फरक निर्णय गरे । जिल्ला सभापति प्रभुराम बस्नेतको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकले संविधान सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्न भूमिका खेलेको भन्दै जिल्ला सहसभापति आङ्गेलु शेर्पा, सचिव हिमबहादुर नाङछिरिङ्ग, जिल्ला सदस्य दत्तिसंह कार्कीसहित जिल्ला र गाउँ तहका १० जना कार्यकर्तामाथि कार्वाहीको घोषणा गर्यो । यसैगरी नेपाल शिक्षक संघ सोलुका अध्यक्ष प्रेमप्रसाद राई र नेबि संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद आचार्यपनि कार्वाहीमा परे । उनीहरुमाथि माओवादीको पक्षमा लागेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन बुथ कब्जा गरेको आरोपसमेत लगाइएको छ । त्यसको भोलिपल्टै सहसभापति शेर्पा पक्षले जिल्ला कार्यसमितको बैठक बोलायो । त्यो बैठकले सोलुबाट संविधान सभा उम्मेदवार बनेका बलबहादुर केसीलगायत जिल्ला पार्टी सभापति प्रभुराम बस्नेत, समानुपातिकका उम्मेदवारद्धय गोकर्ण राई र पुरुषोत्तम बस्नेतमाथिपनि कार्वाहीको निर्णय गर्यो । र जिल्लामा आफूहरुले नेतृत्व गरेको कार्यसमिति बैध भएको दावी गर्यो । सो पक्षको बैठकपछिको जारी विज्ञप्तिमा भनिएको छ- 'बलबहादुर केसीजस्ता भ्रष्ट र राजाबादी व्यक्तिलाई उम्मेदवार बनाइएकाले कांग्रेसको किल्लामा पार्टीले हार व्यहोर्नु परेको हो ।' पुरुषोत्तम बस्नेत पार्टीको पक्षमा चुनाव प्रचार गर्न जिल्लामा नगएको तथा गोकर्ण राईले जातीय नारा दिएको भन्दै उनीहरुमाथि कार्वाही गर्नु परेको स्पष्टिकरण विज्ञप्तिमार्फत दिइएको छ। एमालेमापनि उस्तै चुनावी परिणामले कांग्रेस भन्दा बढि आहत एमालेलाई बनाएको छ । कांग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका केही शीर्ष नेताले चुनाव जिते । तर एमाले महासचिव माधव नेपालमात्र होइन केपी ओली, बामदेव गौतम र भरतमोहन अधिकारीलगायतका नेताले समेत चुनावमा शर्मनाक हार व्यहोर्नुपर्यो । एमालेका नेताहरु कसैले कल्पना नै नगरेका माओवादीका सामान्य उम्मेदवारहरुबाट पराजित भए । एमाले र माओवादीबीचको जनमत संग्रहको रुपमा परिणत भएको संविधान सभामा माओवादीले एमालेका तुलनामा आफूलाई श्रेष्ठ सावित गर्यो । बहुमत ल्याएर सरकार गठन र संविधान बनाउने कार्यको नेतृत्व गर्ने सपना देखेको एमाले तेश्रो स्थानमा पुग्यो । आफ्नो र पार्टीको हार लगत्तै महासचिव नेपालले राजिनामा दिइसकेका छन् । महासचिवको राजिनामामात्रले मात्र कार्यकर्ताको चित्त बुझेको छैन । युवा-विद्यार्थी कार्यकर्ताहरुले महासचिव र केन्द्रीय कमिटीलेसमेत हारको जिम्मेवारी लिनुपर्ने बताइरहेका छन् । बैशाख १२ गतेदेखि सुरु भएको एमाले निकट अनेरास्ववियूका पूर्व नेताहरु सम्मिलित भूतपूर्व स्ववियू काउिन्सलको भेलाले एमालेको स्थायी समिति र केन्द्रीय कमिटीसमेत विघटनको माग गरेको छ । यही काउिन्सलकै दबावका कारण एमाले नेतृत्व तीन वर्षअघि गणतन्त्रको एजेण्डा स्वीकार गर्न बाध्य भएको थियो। उता बैशाख १२ गते बसेको एमाले केन्द्रीय सल्लाहकारहरुको बैठकले विना तैयारी चुनावमा गएको भन्दै पार्टी नेतृत्वको आलोचना गर्यो । सल्लाहकार समितिमा रहेका एमालेका पाका नेताहरुले केन्द्रीय कमिटीका नेताहरु सुविधाभोगी बनेकाले चुनाव हार्नुपरेको आरोपपनि लगाए । असन्तुष्टिको आगो जिल्ला जिल्लामा सल्किएको छ । एमाले उपत्यका समन्वय कमिटीको बैशाख १२ को बैठकलेपनि तत्काल पार्टीको केन्द्रीय समिति र स्थायी समिति विघटनको माग गरेको थियो । सो बैठकले निष्कर्ष निकाल्दै भन्यो- 'केन्द्रीय नीति र योजना कमजोर भएकाले लज्जास्पद हार व्यहोर्नु परेको हो । पुरानै अनुहारलाई उम्मेदवार बनाइनु हारको अर्को कारण हो । यी कमजोरी महसुस गर्दै केन्द्रीय समिति र स्थायी समिति विघटन गरी तुरुन्त पार्टीको महाधिवेशन बोलाउनु पर्छ ।' के पूर्व, के पश्चिम- सबैतिरबाट एमाले नेतृत्वले यतिबेला आलोचना सहनु परेको छ । नेतृत्वमाथि एक होइन अनेक आरोप लागेका छन् । बैशाख दोश्रो हप्ता अनेरास्ववियू र प्ररायुसंघको भेरी भेलाले पार्टीको केन्द्रीय नेतृत्वको ढुलमुले प्रबृतिका कारण चुनाव हार्नुपरेको निष्कर्षमात्र निकालेन अन्चल र जिल्ला नेतृत्वमा उस्तै कमजोरी रहेको बताउँदै अन्चल र जिल्ला नेतृत्वले तत्काल राजिनामा नदिए विशेष अधिवेशन डाक्ने चेतावनीसमेत दियो । एमालेमा नेतृत्व र कार्यकर्ता पंक्तिबीच आरोप-प्रत्यारोप नै चल्न थालेको छ । सार्वजनिक रुपमा नभनेपनि केन्द्रीय नेताहरु कार्यकर्ताको गल्तीका कारण चुनावमा पराजय व्यहार्नुपरेको बताउँछन् । अनौपचारिक रुपमा एमालेका नेताहरु भन्ने गर्छन्- 'कार्यकर्ताहरु अल्छी भएको, चुनाव सजिलै जितिन्छ भनेर तल्ला कमिटीहरुले केन्द्रमा गलत रिपोर्ट बुझाएकाकारण केन्द्रले सही चुनावमा सही नीति बनाउन नसकेको हो । यस्तो रिपोर्ट नपठाएको भए सोही अनुसार जित्ने गरी नीति बनाइन्थ्यो । त्यसैले हारमा नेतृत्व जति जिम्मेवार छ कार्यकर्ताहरुपनि त्यत्तिकै जिम्मेवार छन् ।' तल्लो स्तरका कार्यकर्ताहरुले भने नेतृत्व सुविधाभोगी भएको र नेताहरु गाउँ नगएकाले मतदाताहरु रुष्ट भएको बताइरहेछन् । हारको परिणाम ०४८ मा १ सय १३ सीटका साथ बहुमत हासिल गरेको नेका ०५१ को चुनावमा ८३ सिटमा खुम्चिन पुग्यो । ०१५ को निर्वाचनमा १ सय ९ मध्ये ७४ सिटका साथ दुई तिहाई बहुमत ल्याएको कांग्रेस ०४८ मा सामान्य बहुमतमा ओर्लन पुगेको थियो । उता ०५१ मा ८८ सिटका साथ सबैभन्दा ठूलो दल बन्न सफल एमाले ०५६ मा फेरि ७३ सिटमा झर्यो । परिणामले देखाउँछ यसअघिका चुनावमापनि यी दुई पार्टीले पराजय भोगेका थिए। तर अहिलेजस्तो शर्मनाक पराजय दुवै पार्टीले यसअघि भोग्नुपरेको थिएन । हारेपनि उनीहरुले संसदमा सम्मानजनक स्थान पाएका थिए । हिजो आफैले आतंककारी घोषित गरेका टाउकाको मूल्य तोकेका माओवादीसँग उनीहरुले हार व्यहोर्नु पर्यो त्योपनि निकै ठूलो मतान्तरका साथ । कांग्रेस-एमाले पराजित भएका अधिकांस क्षेत्रमा जित्ने माओवादी उम्मेदवार र हार्ने कांग्रेस-एमालेका उम्मेदवारबीच निकै ठूलो मतान्तर छ । जितेका क्षेत्रमापनि कांग्रेस-एमालेका उम्मेदवारले माओवादी र फोरमका उम्मेदवारलाई कम मतान्तरका साथ जितेका छन् । यसैगरी प्रत्यक्ष निर्वाचनतर्फ प्रथम स्थान हासिल गरेको माओवादी र नेपाली कांग्रेसबीच सीटको अन्तरपनि निकै देखिएको छ । माओवादीले १ सय २० स्थानमा विजय हासिल गरेको छ भने दोश्रो र तेश्रो स्थानमा रहेका कांग्रेस र एमाले क्रमश ३७ र ३३ स्थानमा जितेका छन् । प्राप्त सिट परिणाम हेर्दा माओवादी भन्दा कांग्रेस र एमाले क्रमशः ८३ र ८७ सिटले माओवादी भन्दा पछि छन् । एकातिर प्रथम स्थानमा रहेको माओवादीसँग यति ठूलो सिटको अन्तर छ भने अर्कातिर चौंथो स्थानमा रहेको मधेशी जनअधिकार फोरमसँग कांग्रेस र एमालेको धेरै सिटको अन्तर छैन । फोरमले प्रत्यक्षतर्फ ३० सिटमा विजय हासिल गरेको छ । फोरम ७ सिटलेमात्र कांग्रेसभन्दा पछाडि छ भने एमालेभन्दा सिर्फ ३ सिटलेमात्र पछाडि छ । हिमाली क्षेत्र र पहाडी क्षेत्र माओवादीको कब्जामा गएको छ भने मधेशमापनि माओवादी र फोरमले आफ्नो पकड स्थापित गरेका छन् । चुनावी परिणामपछि कांग्रेस-एमालेमा जुन बिग्रह देखिएको छ, चुनावमा व्यहोर्नु परेको हार भन्दा यो विग्रह खतराजनक देखिन्छ कांग्रेस, एमालेकालागि । एकापसमा अविश्वास र कार्वाहीको प्रकृया सुरु भएको छ कांग्रेसमा । र यो प्रकृया एमालेमापनि देखिन सक्छ । चुनावअघि कांग्रेस वा एमालेले नै जित्छ भन्ने आशामा रहेका कांग्रेस र एमालेका कार्यकर्ताहरु अब माओवादीमा जान सक्छन् । हिजोसम्म कांग्रेसका मान्छे माओवादीमा जान सक्दैनन् भनिन्थ्यो । चुनाव परिणामले देखाएको छ अब त्यो स्थिति रहेन । किनभने कांग्रेसको गढ भनिएको सुदुर पश्चिममा माओवादीले कांग्रेसलाई बढार्यो । कांग्रेसका मान्छेपनि माओवादी हुन सक्दा रहेछन् भन्ने कुराको प्रमाण हो सुदुर पश्चिममा माओवादीले हासिल गरेको अग्रता । कांग्रेसमा अहिलेजस्तै आरोप-प्रत्यारोप र विघटनको प्रकृया अझै जारी रह्यो भने आरोप खेप्ने र कार्वाहीमा पर्नेहरु माओवादीमा जानेछन् । एमालेको स्थितिपनि त्यस्तै बन्न सक्ने देखिन्छ । करिव आधा दर्जन कम्युनिष्ट पार्टीमध्ये चुनाव परिणामबाट जुन पार्टी ठूलो देखियो त्यसैमा कार्यकर्ताहरुको ओइरो लाग्न सक्छन् । कम्युनिष्ट कार्यकर्ताहरुमा पार्टीको मूल प्रबाह खोज्ने प्रबृत्ति धेरै छ । ०४८ पछि एमालेमा अन्य कम्युनिष्ट पार्टीका कार्यकर्ता ओइरो लाग्नुको कारण यही थियो । चुनावी परिणामले कम्युनिष्ट आन्दोलनको मूल प्रवाह माओवादी हो भन्ने देखाएको छ। -Sitaram Baral in Kathmandu |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®