|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मधेशवादी दलहरु लागे थन्को, अब राष्ट्रपतिको रन्को कांग्रेस र एमालेद्वारा "राष्ट्रपति" आफ्नो पार्टीले पाउनुपर्ने दावी कार्यक्रममा तीन नेताहरु Ramchandra Paudel, Narayan Shrestha "Prakash", Prachanda, and Jhalanath Khanal. Photo: Sitaram काठमाडौं, July 12, 2008- मधेशवादी दलहरुको अवरोध समाप्तीसँग राजनीतिक दलहरुको ध्यान आसन्न राष्ट्रपतिको निर्वाचनतिर केन्द्रित भएको छ । नेपाली कांग्रेस र एमालेले शक्ति बाँडफाँडको सिद्धान्त अनुसार राष्ट्रपतिको जिम्मेवारी आफ्नो पार्टीले पाउनुपर्ने दावी छाडेका छैनन् । माओवादीले चाहि राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्ने बताउँदै शक्ति बाँडफाँड राष्ट्रपति र सभामुख पदकालागि होइन मन्त्री मण्डलभित्रै हुनुपर्ने प्रस्ताव अघि सारेको छ । 'शक्ति बाँडफाँडको नाममा विश्वभर कहींपनि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखको पद बाँडफाँड गर्ने अभ्यास छैन, छिमेकी मुलुक भारतमापनि यस्तो प्रचलन छैन त्यहाँ सरकारमा जुन पार्टीको नेतृत्व छ उसैले प्रस्तुत गरेको व्यक्ति राष्ट्रपति हुन्छ' राष्ट्रपति चयन सम्बन्धी अभ्यास उत्कर्षमा पुगेका बेला शुक्रबार आयोजित एक कार्यक्रममा प्रचण्डले भने- 'त्यसैले राष्ट्रपति र संविधान सभा अध्यक्ष पावर सेयरिङ्गबाट होइन सहमतिबाटै खोजौं, तीनै दलको सहमति हुने व्यक्तित्व खोजौं भन्ने हाम्रो प्रस्ताव छ ।' माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई सँगै राखेर रिपोटस्र क्लबले गरेको साक्षात्कार कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड उपरोक्त सुझाव राख्दै थिए । उनले थप भने- 'राष्ट्रपति र संविधान सभाको अध्यक्ष जस्ता पदहरु सेरमोनियल पदहरु हुन् यस्ता पदहरुलाई शक्ति बाँडफाँडको विषय बनाइयो भने यी पदहरु सेरमोनियल रहन सक्दैनन् । सहमति भनेको नीतिगत विषयमा खोज्ने हो, निश्चित पदमा निश्चित व्यक्ति भएमात्र सहमति हुन्छ भन्नु उचित होइन ।' प्रचण्ड अघि कांग्रेस उपसभापति रामचन्द्र पौडेल र एमाले महासचिव झलनाथ खनालले बोलेका थिए । कांग्रेस र एमालेका यी दुबै पार्टीका शीर्ष नेताले राष्ट्रपति पदमा आ-आफ्नो पार्टीको दावी पेश गरेका थिए । कांग्रेस उपसभापति रामचन्द्र पौडेललेपनि सहमतिमा जोड दिएका थिए । सहमतिकालागि राष्ट्रपति कांग्रेसले पाउनु पर्ने बताउँदै उनले भने- 'निर्वाचनले सबैको शक्ति देखाइसकेको छ, त्यसैले माओवादीलाई शक्ति रोज्ने पहिलो अधिकार, कांग्रेसलाई दोश्रो र एमालेलाई तेश्रो अधिकार हुन्छ ।' |
|
|
एमाले महासचिव खनाललेपनि सहमतिबाटै जानुपर्नेमा जोड
दिएका थिए । तर कांग्रेसका पौडेलले जस्तै उनलेपनि राष्ट्रपतिको दावी गर्न
चुकेनन् । खनालको भनाई थियो- 'जनताले सबै पार्टीलाई सहमतिका साथ अघि बढ
भनेर जनादेश दिएका छन् त्यसैले जनादेश अनुसार जानुपर्छ ।' सबैभन्दा ठूलो
दलको रुपमा माओवादी नेतृत्वमा सरकार बनेपनि सरकार गठन अघि साझा न्यूनतम
नीति तथा कार्यक्रम बनाइनुपर्ने बताएका खनालले शान्ति प्रकृयामा आफ्नो
पार्टीलॆ भूमिका निर्वाह गरेकाले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने
बताए । दुबै पार्टीले राष्ट्रपतिमा दावी पेश गरेपछि माओवादी अध्यक्ष प्रचण्डले शक्ति बाँडफाँडको अर्थ राष्ट्रपति र सभामुखको बाँडफाँड नभएको नयाँ तर्क पेश गरेका थिए । उनले संविधान सभा बैठकमा मधेशवादी दलहरुले गरेको अवरोध समाप्त भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको चयनको ढोका खुलेको बताए । निश्चय नै मधेशवादी दलको अवरोधपछि राष्ट्रपति निर्वाचनको ढोका खुलेको त छ । तर को राष्ट्रपति बन्ने भन्ने विवादको अन्त्य भने सहजै हुने देखिन्न । यसैबीच दुई हप्ता लामो विदेश भ्रमणबाट फर्केका एमालेका निवर्तमान महासचिव माधव नेपालले राष्ट्रपति चयन सहमतिको आधारमा गर्नुपर्ने बताउँदै सो पदकालागि आफ्नो लालसा नरहेको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेपालले भनेका छन्- 'म पदकालागि आसक्त हुने मान्छे होइन त्यसैले राष्ट्रपति पदकालागि मलाई विवादमा ल्याउनु आवस्यक छैन ।' -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||