|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अधिनायकवाद र सर्बसत्ताबाद लागूगर्ने अभ्यासमा माओवादी रहेको
आरोप कैलाली, 29 Jan, 09- नेपाली काँग्रेसका कार्यबाहक सभापति सुशील कोईरालाले माओवादीले अशान्ति तथा दण्डहीनता बढाएर शान्ति र न्यायको कुरा गर्न नसुहाउने बताउनु भएको छ । बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति कोईरालाले सरकारको नेतृत्व गरिरहेको माओवादीले जताततै अराजकता बढाएर माओवादीले निर्धारित समयभित्र नयाँ संबिधान निर्माण गर्न नचाहेको बताउनुभयो । मुलुकमा अधिनायकवाद र सर्बसत्ताबाद लागूगर्ने अभ्यासमा रहेको माओवादीका गतिबिधि नयाँ संबिधान बनाउन नभएर बन्न नदिन केन्द्रित रहेको नेता कोईरालाको आरोप थियो । माओवादीको अराजकता र आतंकका कारण आठ सय भन्दा बढि उद्योग बन्द भईसकेको र उद्योगी र पूजि पलायन भईरहेको र सपना बाँडेर आर्थिक क्रान्ति नहुने बताउनुभयो । धर्म, संस्कृति, उद्योगधन्दा, कर्मचारीतन्त्र, सेना सबै क्षेत्रमाथि हस्तक्षेप गरेर अगाडि बढिरहेको माओवादीले सबै क्षेत्र ध्वस्त गरेर कस्तो नयाँ नेपाल निर्माण गर्न खोजेका हुन् कोईरालाले प्रश्न गर्नुभयो । प्रेस स्वतन्त्रता, मानबअधिकार, लोकतन्त्र र जनताका अधिकारका लागि नेपाली काँग्रेस लड्दै आएको चर्चा गर्दै नेता कोईरालाले यी बिषयमा कसैसंग सम्झौता नगर्ने अडान सुनाउनुभयो । उहाँले सरकारले गरेको काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय नमान्न सभापति कोईरालासंग आग्रह गर्ने बताउनुभयो । प्रतिपक्षको नेता र सभासद भएकोले गिरिजाबाबुले सुबिधा पाईरहेकोले थप रकम लिएर जनताका नाममा व्ययभार नथप्न सभापति कोईरालालाई सल्लाह दिने कार्यबाहक सभापति कोईरालाले जानकारी दिनुभयो । उहाँले १२ बूँदे सहमतीदेखि हालसम्म भएका कुनैपनि सहमती माओवादीले पुरा नगरेकोले पछिल्लो पटक सरकारको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष प्रचण्डको नेपाली काँग्रेसका माग तीन महिनाभित्र पुरा गर्ने प्रतिबद्धता पुरा हुनेमा आफू बिश्वस्त नरहेको बताउनुभयो । -Geban Mijhar in Surkhet |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||