
Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी
Interview
साप्ताहिक
झटारो
हाम्रो बोली
अन्रांष्ट्रीय खबरहरु
International
News
न्यूयोर्कमा
आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्यूयोर्क शहरमा एक साँझ
An
Evening Out in New York
न्यूयोर्कका नेपाली संघ-संस्थाहरु
Nepalese Orgs in NYC
न्यूयोर्कमा नेपाली ब्यावसायहरु
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्थाहरु
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्यावसायहरु
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings
कविता Poetry
मनोरन्जन
Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया
Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal
प्रवासी नेपाली संस्थाह्रू
Nepali Diaspora Orgs
Nepali News Media
नेपाली पत्रपत्रिकाहरू
दैनिक Daily
साप्ताहिक Weekly
Monthly
& Other Media
Nepali Online Portals
Nepali
Radio / F.M. / TV |
सरकार अधिनायकवादी भएकोमा काँग्रेस सभापति गिरिजाप्रसाद
कोइराला क्रुद्ध
काठमाण्डौ, 30 Jan, 09-
नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले माओवादी नेतृत्वको
सरकारले अधिनायकवादी शैली अपनाइरहेको आरोप लगाएका छन् ।
कोइरालाद्धारा माघ १७ गते जारी विज्ञप्तीमा सरकार लोकतान्त्रिक मूल्य,
मान्यता र पद्धतिको वेवास्ता गरी अधिनायकवादी शैलीमा प्रस्तुत भएको उल्लेख
छ ।
विज्ञप्तीमा संसद चलिरहेको अवस्थामा छलफल गरेर आवश्यक विद्येयक ल्याउनुको
साट्टो अध्याधेश मार्फत विद्येयक ल्याइनुलाई लोकतान्त्रिक संसदीय
प्रकि्रयाको वेवास्ता गरेको जनाइएको छ ।
काँग्रेस मुख्यालय सानेपामा सार्वजनिक गरिएको विज्ञप्तीमा सरकारको गलत
कि्रयाकलापबाट मुलुकलाई बचाउन सबै राजनीतिक दल, नागरिक समाज र आमजनतालाई
आग्रह गरिएको छ । सरकार शान्ति, सुरक्षा स्थापना गर्न सक्षम नभएको उल्लेख छ
।
विज्ञप्तीमा माओवादीले सेनाको मनोबल गिराउने र सेनालाई अनावश्यक विवादमा
तान्ने गरेको जनाइएको छ ।
सभापति कोइरालाको विज्ञप्ती सानेपास्थित काँग्रेस कार्यालयमा आयोजित
पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले पढेर सुनाएका थिए । पत्रकार
सम्मेलनमा काँग्रेस कार्यवाहक सभापति सुशिल कोइरालाले जनमुक्ति सेनाका
कमाण्डर नन्दकिशोर पुन 'पासाङ्ग'को आजै सार्वजनिक अभिव्यक्तिको चर्को
आलोचना गरेका थिए । पासाङ्गले नेपाली सेनाको नयाँ भर्ती नरोकिए जनमुक्ति
सेनाको संख्या ३२ हजार पुर्याउने बताएका थिए ।
-Santa Bagam in Kathmandu
|
|