माओवादीलाई पाखा लगाउन एमालेलाई प्रधानमन्त्री
दिन काँग्रेस तयार
काठमाडौं, August 12, 2008- रक्षा मन्त्रालयमा कुरा नमिलेर राष्ट्रिय सहमतीको सरकार बन्न
नसकीरहेको भनाई सार्वजनिक भई रहँदा सो मन्त्रालयको दावेदार मध्येका एक
नेपाली काँग्रेसले एमालेलाई सरकारको नेतृत्व गर्ने प्रश्ताव गरेको स्रोतको
भनाई छ ।
साउन २७ गते दिनको साढे दुई बजे यस्तो प्रश्ताव लिएर काँग्रेस उपसभापति
रामचन्द्र पौडेल सिंहदरबार स्थित एमाले संविधान सभा दलको कार्यालय पुगेका
थिए ।
'माओवादीले रक्षा छाड्ने संकेत देखिदैन बरु सरकारको नेतृत्वको तयारी
तपाइहरुले गर्नु पर्यो' पौडेललाई उधृत गर्दै स्रोतले युएस नेपाल अनलाइनलाई
भन्यो ।
तर आफ्नै पार्टीबाट प्रधानमन्त्री बनाउने आँट भने एमालेले गर्न सकेन ।
एमालेसम्वद्ध स्रोतले भने आफ्नो पार्टी राष्ट्रिय सहमतीको पक्षमा रहेकाले
प्रश्ताव अस्विकार गरेको बताएको छ ।
वैठकमा सहभागी एमाले नेता भीम रावलको भने आफ्नो पार्टी माओवादी नेतृत्वमा
काँग्रेस सहितको सरकारको पक्षमा रहेको भनाई थियो । उनले माओवादी वा
काँग्रेस विनाको सरकारको आफ्नो पार्टीले कल्पना नगरेको बताए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीको सरकार बन्ने स्थित
आएन भने सामाजिक, आर्थिक रुपान्तरमा आफ्नो पार्टीसँग निकट सिद्धान्त रहेको
पार्टीलाई सघाउन सक्ने भनाई सार्वजनिक गरी सकेका छन् ।