Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City
विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल















































































News from Nepal: नेपाली खबरहरु

संबिधान सभाको चुनाव घोषणा पत्र चिरफार-
'प्रजातन्त्रमा कसैकोपनि हार हुन्न बरु निर्वाचनले प्रजातान्त्रिक संस्थाहरुलाई अरु मजबुत बनाउँछ । हारिन्छ भनेर कसैलेपनि तर्सिने र आत्तिने गर्नुहुँदैन।'
-प्रधानमन्त्री कोइराला
'हामी कसैलेपनि खोस्न नसक्ने गरी लोकतन्त्र संस्थागत गर्ने अभियानमा छौं' -पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा


Prime Minister Girija Prasad Koirala releasing his party Nepali Congress's election manifesto in Kathmandu on March 13, 2008. Photo: Sitaram Baral

संबिधानसभा निर्वाचन बिशेष काठमाडौं ब्युरोबाट
काठमाडौं,
March 13, 2008-
प्रमुख प्रतिस्पर्धी दल नेकपा माओवादी र नेकपा एमाले लगत्तै नेपाली कांग्रेसले पनि आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेस सभापति एबं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सानेपास्थित बीपी स्मृति भवनमा रहेको नेपाली कांग्रेसको कार्यालयमा चुनावी घोषणा-पत्र सार्वजनिक गर्नुभयो ।

३२ पृष्ठ लामो घोषणापत्रमार्फत् नेपाली कांग्रेसले सम्बृद्धि, स्वाभिमान र समानता- शान्ति, सुरक्षा र स्वतन्त्रलाई सम्बिधान सभा चुनावकालागि आफ्नो मूल नारा बनाइएको बताएको छ । बहुलवादमा आधारित बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापनि नेपाली कांग्रेसले आफ्नो चुनावी मूल एजेण्डा रहेको बताएको छ ।

नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा संविधान सभाको पहिलो बैठकमा पार्टीको तर्फबाट राखिने प्रस्तावको खाका पनि प्रस्तुत गरेको छ । संविधान सभाको पहिलो बैठकबाट राजतन्त्रको फैसला गर्ने व्यवस्था अन्तरिम संविधानमा भएअनुसार उसले यस्तो प्रस्ताव राखेको हो । संविधान सभा निर्वाचनमा प्रकट नेपाली जनताको बैधानिक जनादेशलाई कार्यान्वयन गर्न नेपालमा हालसम्म कायम रहेको शाहबशीय राजतन्त्रलाई समाप्त गरी नेपाललाई एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक संघीय गणतन्त्रात्मक राज्यको रुपमा कार्यान्वयन गरियोस् भन्ने प्रस्ताव राखिने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।

संघीय स्वरुपमा अस्पष्ट

संघीय गणतन्त्रको प्रस्ताव गरेपनि संघीय गणतन्त्रमा संघीय राज्यहरुको स्वरुप कस्तो हुने भन्ने खाका नेपाली कांग्रेसलेपनि प्रस्तुत गरेको छैन । हालसम्म घोषणा पत्र जारी गरेका नेकपा एमाले, नेकपा एकिकृत, राप्रपा नेपाल लगायत कसैलेपनि संघीय स्वरुपबारे बताएका छैनन् । नेकपा माओवादी ले भने घोषणा पत्रमा संघीय नेपालको रंगीन नक्सासहित ११ वटा संघीय राज्य र दुई उपराज्यको प्रस्ताव पेश गरेको छ ।

तैपनि कांग्रॆसले संघीय राज्यहरु गठनको आधार भने प्रस्तुत गरेको छ । 'केन्द्रीकृत एकात्मक राज्यलाई परिवर्तन गरी लोकतान्त्रिक शासन प्रणाली सहितको स्वायत्त प्रदेशहरुको संघीय रुपमा अखण्ड र अभिभाज्य सार्वभौमसत्ता सम्पन्न संघीय गणतान्त्रिक नेपालको स्थापना गरिनेछ' घोषणा पत्रमा भनिएको छ- 'प्रदेश रचनाको प्रमुख आधारहरु नेपालको राष्ट्रिय अखण्डता, भौगोलिक अवस्थिति र अनुकूलता, जनसंख्या, प्राकृतिक श्रोत र सांस्कृतिक सघनता, राजनीतिक-प्रशासनिक सम्भाव्यता आदि हुनेछन् । तराई, पहाड, हिमालका विभिन्न क्षेत्रमा बसोबास गर्ने मधेशी आदिवासी जनजाति दलित तथा विभिन्न समूहको विशिष्ठ चरित्रलाई उनीहरुको भावना अनुरुप संघीय संरचनामा प्रत्याभूति गरिनेछ ।' संविधान सभापछिपनि जनताको बीचमा गै जनअभिमत बुझेर संविधान निर्माण गरिनेपनि नेपाली कांग्रेसले बताएको छ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यपालिकाको प्रमुख प्रधानमन्त्री हुने तथा कार्यकारी अधिकार प्रधानमन्त्रीमा हुने व्यवस्था गरेको छ । नेकपा एमालेजस्तै उसलेपनि राष्ट्रपतिलाई सेरमोनियल भूमिकामामात्र राख्ने प्रस्ताव गरेको छ । केन्द्रमा दुई वटा सदन र प्रदेशका एउटा सदन हुने प्रस्ताव गर्दै कांग्रेसको घोषणा पत्रमा भनिएको छ- 'नेपालको भाषिक जातीय-सांस्कृतिक तथा धार्मिक विविधतालाई प्रतिविम्बित गर्ने महान उद्देश्य र लोकतान्त्रिक प्रकृयाअनुरुप राष्ट्रप्रमुखको रुपमा राष्ट्र प्रमुखको निर्वाचन केन्द्रीय संसद र प्रादेशिक संसदका सदस्यहरुबाट हुनेछ ।'

'नेपाली जनताको अभुतपूर्व सहभागितामा सम्पन्न बृहत् शान्तिपूर्ण २०६२-०६४ मा निरंकुश राजतन्त्रका विरुद्ध नेपाली जनताले जोडदार रुपमा अभिव्यक्त गरेको आवाजलाई सम्बोधन गर्दै यो प्रस्ताव राखिन लागेको हो' घोषणा पत्रका प्रमुख बुँदाका बारे उल्लेख गर्दै कांग्रसको चुनाव परिचालनक कमिटीका संयोजक डा। प्रकाशशरण महतले भने ।

यसैगरी २०६२ मंसीर ७ को बाह्र बुँदे समझदारीदेखि नेपालको अन्तरिम संविधान-२०६३ जारी र त्यसलाई संसोधन गर्दा नेपाल सरकार सात दल र नेकपा माओवादी बीच भएका लोकतन्त्र, नागरिक हक अधिकार, राज्य संरचना र शासन प्रणालीका सन्दर्भमा गरिएका संझौता सहमति, समझदारी र निर्णयहरुमात्र होइन यसबीचमा राज्यले आदिवासी-जनजाति, मधेशी, दलित, महिलाका प्रतिनिधि संघ-संगठनहरुसँग गरेका सहमतिहरुको पालना हुनेगरी संविधान सभाको कार्यविधि निर्धारण गर्न प्रस्तावपनि कांग्रेसले पेश गर्ने भएको छ । कांग्रेसको घोषणा पत्रमा उल्लेखित संविधान निर्माणको आधारभूत सिद्धान्त संविधान घोषणाको प्रकृयाअनरुप यस्तो प्रस्ताव लगिने कांग्रेसले जनाएको छ ।

आफूले बहुमत ल्याएको खण्डमापनि संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुका बीच राजनीतिक सहमतिका आधारमा सरकार गठनको तेश्रो प्रस्ताब पनि पहिलो बैठकमा पेश गर्ने भएको छ । घोषणा पत्रमा भनिएको छ- 'संविधान सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुबीच राजनीतिक सहमतिका आधारमा सरकारको गठन गर्ने प्रस्ताब गरिनेछ ।'

'पहिलो चुनावपछिपनि अहिले जसरी नै संयुक्त सरकार बनाऔं भन्ने हाम्रो प्रस्ताव हो' घोषणा पत्रको विशेषता उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो- 'अरु पार्टीहरुपनि यसैगरी अघि बढुन् भन्ने हाम्रो आग्रह छ । यसरी गयौं भनेमात्र हामी नेपाललाई सम्बृद्धिको बाटोमा लैजान सक्छौं ।' प्रधानमन्त्री कोइरालाले भनेजस्तै घोषणापत्रमा संविधान सभाको पहिलो बैठकबाट यो प्रस्ताब राखिने उल्लेख गरिएको छ ।

कांग्रेसका यी तीनवटा प्रस्तावले एकातिर संविधान सभाको चुनावपछि गणतन्त्रको स्थापना हुने पक्कापक्कीजस्तै भएको छ भने अर्कातिर त्यसपछि कसको सरकार गठन हुने भन्ने अन्योललाईपनि एक हदसम्म समाप्त गरेको छ । कांग्रेसले संविधान सभापछिपनि जनताको बीचमा गई जनअभिमत बुझेर संविधान निर्माण गरिनेपनि बताएको छ ।

प्रधानमन्त्री कोइरालाले आफ्नो पार्टीले सार्वजनिक गरेको घोषणा पत्रले प्रजातन्त्रका सबै अंगहरुलाई छोएको दावी गर्नुभयो । 'प्रजातन्त्र नै हाम्रो मूल मान्यता हो' प्रधानमन्त्री कोइरालाले भन्नुभयो- 'प्रजातान्त्रिक सिद्धान्तप्रति हामी यति प्रतिबद्ध छौं कि कसैले दबाब दिएपनि हामी प्रजातान्त्रिक सिद्धान्तलाई कुनैपनि हालतमा छोड्न सक्दैनौं ।'

नेपाली कांग्रसले स्थापनाकालदेखि नै नेपालको इतिहास निर्माण गरिरहेको बताउँदै प्रधानमन्त्री कोइरालाले कांग्रेसको घोषणा पत्रलेपनि नयाँ इतिहास निर्माण गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो- 'अब नेपाली जनताले संविधान सभामार्फत् राष्ट्रिय एकता र मेलमिलापको जगलाई बलियो बनाएर नयाँ नेपालको इतिहास निर्माण गर्नेछन् ।' उहाँले शान्ति, स्थायित्व पूर्ण प्रजातन्त्र स्वतन्त्र-सम्बृद्ध नेपाललाई आधार मानी पार्टीले घोषणा पत्र निर्माण गरेको बताउनुभयो ।

चुनावी माहौल सिर्जना भैसकेको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान सभाको चुनावमा कसैकोपनि जीत-हार नहुने बताउनु भयो । 'कतिलाई जितिन्छ भन्ने कुरामा उत्साह होला कतिलाई हारिन्छ भनेर पिरपनि परेको होला' राष्ट्राध्यक्षकोसमेत भूमिका निर्वाह गरिरहेका प्रधानमन्त्री कोइरालाले राष्ट्राध्यक्षको 'ओजन' कायम राख्नेगरी सारगर्वित रुपमा भन्नुभयो- 'प्रजातन्त्रमा कसैकोपनि हार हुन्न बरु निर्वाचनले प्रजातान्त्रिक संस्थाहरुलाई अरु मजबुत बनाउँछ । हारिन्छ भनेर कसैलेपनि तर्सिने र आत्तिने गर्नुहुँदैन । बरु सबैले संविधान सभा निर्वाचनालाई सफल पार्नतिर लाग्नुपर्छ ।' उहाँले चुनाव बिथोलिने गरी कृयाकलाप नगर्न माओवादीसँग आग्रहपनि गर्नुभयो ।

समान प्रहार

नेकपा माओवादी र एमाले को अगुवाईमा मात्र लोकतान्त्रिक गणतन्त्रको स्थापना हुननसक्ने दावी पनि नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमार्फत् गरेको छ । घोषणा पत्रमा भनिएको छ- 'नेकपा माओवादी को सर्वमान्य लोकतान्त्रिक मूल्य-मान्यताप्रतिको अनास्था, िहंसात्मक-उग्रबामपन्थी सोचको निरन्तरताकाकारण यसले संविधान सभामार्फत् लोकतान्त्रिक संविधान निर्माण गर्ने जनदायित्व गर्नसक्ने कुरामा शंका छ । नेकपा एमाले को बामपन्थी एकताको वकालत र साम्यवादी विचारप्रतिको मोहको निरन्तरता र अस्थिर दृष्टिकोणका कारण लोकतान्त्रिक संविधान निर्माण गर्ने जनआकांक्षाको प्रतिनिधित्व यस पार्टीलेपनि विश्वसनीय गर्ने कुरामा शंका छ ।'

बामपन्थी दलहरुबीच बाम ताममेल हुननसकेपनि बाम तालमेलको प्रसंगले नेपाली कांग्रेस झस्किएको कुरा यसबाट संकेत घोषणा पत्रमा प्रस्तुत उपरोक्त बुँदाले दिएको छ ।

घोषणा-पत्र सार्वजनिक सभामा कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवापनि उपस्थित थिए । प्रधानमन्त्री कोइरालाले यो चुनावपछि विश्राम लिने बताइसक्नु भएको छ । कार्यकारी प्रमुख प्रधानमन्त्री हुने व्यवस्था गरेको कांग्रेसले संविधान सभाको चुनावपछि प्रधानमन्त्रीको रुपमा देउवालाई नै प्रस्तुत गर्ने पक्काजस्तै छ । यही कारण हुनुपर्छ सुदूर्पश्चिमका व्यस्त चुनावी कार्यक्रमका बाबजुद देउवा घोषणा पत्र सार्वजनिक कार्यक्रममा उपस्थित हुन काठमाडौं आएका थिए । प्रधानमन्त्री पदका आकांक्षी पार्टीका कावा सभापति सुशील कोइराला र बरिष्ठ नेता रामचन्द्र पौडेल घोषणा पत्र सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् ।

घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै बरिष्ठ नेता देउवाले नेपालको प्रमुख समस्या गरिवी र बेरोजगारी भएको बताए । गरिवी र बेरोजगारीको समस्या रहुन्जेल नेपाल सँधै विस्फोटक अवस्थामा रहने उनको भनाई थियो । 'यो समस्या निराकरणकालागि स्वदेशी-विदेशी लगानी भित्र्याएर जलश्रोत र पर्यटनको विकास गरिनेछ। नयाँ संविधान निर्माणकासाथै पार्टीले यो कुरामापनि ध्यान दिएको छ । साथै हामी कसैलेपनि खोस्न नसक्ने गरी लोकतन्त्र संस्थागत गर्ने अभियानमा छौं' उनले भने- 'संविधान सभाको निर्वाचनमा कांग्रेस पार्टी विजयी भएको खण्डमामात्र देश सम्बृद्ध हुनेछ साथै लोकतन्त्रपनि संस्थागत हुनेछ ।'

२०६४ फागुन ३०
सीताराम बराल
-Sitaram Baral in Kathmandu

नेपाली काङ्‍ग्रेसको चुनावी घोषणा पत्र कस्तो छ?
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®