Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 

News from Nepal & New York

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
कांग्रेस मधेशवादी दलहरुबाट पनि एक्लिदै
मधेसी दल "फोरम" संसदीय दलको नेता गच्छेदार


Vijaya Gachchhadar. Photo: Sitaram

काठमाडौं,  July 12, 2008- आफू प्रतिपक्षी कित्तामा बस्ने निर्णय गरेपछि नेपाली कांग्रेसले मधेशवादी दलहरुलाईपनि प्रतिपक्षमा राख्न गरेको प्रयास असफल भएको छ ।

शुक्रबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको यससम्बन्धी आग्रहलाई मधेशवादी दलहरुले अस्वीकार गरिदिएका छन् ।

प्रम कोइराला राष्ट्रपति नबन्ने भएपछि नेपाली कांग्रेसले प्रतिपक्षी कित्तामा बस्ने निर्णय गरिसकेको छ । असार १२ गते संविधान सभाको बैठकमा प्रम कोइरालाले राजिनामा दिएपछि संविधान सभामा भएको मधेशवादी दलहरुको अवरोधमापनि नेपाली कांग्रेसको हात रहेको आशंका गिरंदै आएको थियो ।

विरामी भएको बहानामा बुधबार संविधान सभाको बैठकमा अनुपस्थित प्रधानमन्त्री कोइरालाले शुक्रबार तीन वटै मधेशवादी दलका नेताहरुसँग छलफलकालागि बालुवाटार बोलाएका थिए । कुराकानीका अवसरमा उनले तीन वटै दलका नेताहरुलाई नेपाली कांग्रेस विपक्षमा बस्न लागेको जानकारी गराउँदै सहयोगको अपेक्षा गरे ।

तर मधेशवादी दलका नेताहरुले कोइरालाको आग्रह स्वीकार गरेनन् । फागुन १६ गते मधेशवादी दलहरुसँगको सम्झौतामा प्रम कोइरालाले हस्ताक्षर गरेपनि उनैका कारण सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले कोइरालासँग रोष प्रकट गरेका थिए । सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले यस्तो जवाफ दिएको बताइएको छ।
  उता लामो विवादपछि बल्ल मधेश जनअधिकार फोरमले आफ्नो संसदीय दलको नेता चयन गरेको छ । बरिष्ठ नेता बिजयकुमार गच्छेदार सो पार्टीको संसदीय दलको नेता चुनिएका छन् । अध्यक्ष उपेन्द्र यादव र बरिष्ठ नेता गच्छेदारमध्ये को संसदीय दलको नेता बन्ने भन्ने विवादले नेता चयन कार्य रोकिएको थियो ।

-Vivek Baral in Kathmandu
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®