Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मुलुकमा बाहुबलको राजनीति, सशस्त्र संघर्षकालागि कांग्रेसी नेता भूमिगत?
वाइसीएल र युथफोर्सजस्तै कांग्रेसको पनि लडाकु युवा संगठन बन्ने

काठमाण्डौ, 5 Mar, 09- राजनीतिक पार्टीहरुले धमाधम लडाकु युवाहरुको संगठन बनाउन थालेपछि मुलुकमा बाहुबलको राजनीति अरु बलियो हुने भएको छ ।

नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दललेपनि माओवादीको वाइसीएल र एमालेको युथफोर्सजस्तै युवा संगठन बनाउने घोषणा गरेको छ भने नेपाली कांग्रेसकै एक विवादास्पद केन्द्रीय सदस्य सशस्त्र संघर्षकालागि भूमिगत भएको हल्ला नेपाली कांग्रेसभित्रै चल्न थालेको छ ।

प्यूठानको स्याउली, वाङ्गलगायतका स्थानहरुमा भएका आक्रमण कांग्रेसका तिनै भूमिगत नेताको योजनामा भएको अनुमान सरकारलेपनि गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष तथा सभासद् महेन्द्र यादवले माओवादीले सेनामा थप भर्ति लिन लागेको बताउँदै अब तरुण दललेपनि त्यस्तै लडाकू संगठन बनाउने घोषणा गरेका हुन् । राजधानीमा बुधबार आयोजित कार्यक्रममा अध्यक्षँ यादवले वाइसीएल र युथफोस्रबाट आफ्ना कार्यकर्ताहरु कुटिएको बताउँदै भने- 'अबपनि हामीमाथि आक्रमणका क्रम जारी रहे त्यो भन्दा बढि वाइसीएल र युथफोस्र तरुण दलबाट कुटिनेछन् ।'

गत हप्ता कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूमाथि आक्रमण गर्ने माओवादी र एमालेका लडाकूमाथिपनि आक्रमण गर्न नेबिसंघका कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । र भनेका थिए- 'सकेजति कुट्नोस् त्यसको जिम्मेवारी पार्टीले लिनेछ ।' अध्यक्ष यादवलेपनि तरुण दलका कार्यकर्ताहरुलाई यस्तै निर्देशन दिएका छन् ।

उता संविधान सभा चुनावपछि अधिकांस समय भारतमा बिताउन थालेका पूर्व गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का माओवादीविरुद्ध सशस्त्र संघर्षको योजना बनाउन सकृय भएको अनुमान कांग्रेसकै नेताहरुले गर्न थालेका छन् । पछिल्लो समय उनले भारतका हिन्दू अतिवादीहरुसँग सम्बन्ध विकसित गरेको बताइएको छ । संविधान सभा चुनाव यता खड्का कतैपनि सार्वजनिक भएका छैनन् ।

खड्काको गतिविधि शंकास्पद देखिएपछि प्रधानमन्त्री प्रचण्डले यसैहप्ता कांग्रेस सभापति कोइरालासँग यसबारेमा जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी गराएपछि कोइरालाले खड्कालाई सम्पर्क गरी यसबारे जानकारी लिने प्रयास गरेका थिए । खड्काले कोइरालालाई आत्मरक्षाका लागि लडाकू संगठन बनाएको जानकारी दिएका थिए । संविधान सभा चुनावअघि खड्काले माओवादी विरुद्ध लड्न आफूलेपनि लडाकू संगठन बताउने बताएका थिए ।

-Sitaram Baral in Kathmandu


   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®