|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
कोलोराडो र इलिनोइमा काँग्रेसीहरुको भेटघाटमा नेता
भण्डारी न्यूयोर्क, December 26, 2008- नेपाली जनसर्म्पर्क समिति (आनन्द बिष्ट समुह) अमेरिकाको गत नोभेम्वर २८ र २९ तारिख न्यूयोर्कमा सम्पन्न प्रथम महाधिवेशन उद्घाटनका लागि नेपालबाट अमेरिका आउनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनीलकुमार भण्डारी अमेरिकि विभिन्न राज्यहरुको भ्रमणका क्रममा हुनुहुन्छ । कोलोराडोका काँग्रेस शुभेच्छुकहरुसँगको भेटघाटका क्रममा बोल्दै नेता भण्डारीले नेपालको वर्तमान राजनीतिक अस्थिरताको प्रमुख जड माओवादी नै भएको बताउनु भएको छ । नेपाली जनसर्म्पर्क समिति (आनन्द बिष्ट समुह) कोलोराडो च्याप्टरले बुधवार आयोजना गरेको काँग्रेस शुभेच्छुकहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भण्डारीले माओवादीको कारण जति नै अवरोध आएपनि नेपाली काँग्रेसले नयाँ संविधान बनाउने दायित्व पुरा गर्ने दृढता समेत व्यक्त गर्नुभयो । समितिका केन्द्रीय कोषाध्यक्ष एवं कोलोराडो च्याप्टरका सभापति धर्मराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य नेता भण्डारीले जनसर्म्पर्क समिति, अमेरिकाको अन्यौलबारे बोल्दै न्यूयोर्क अधिवेशनबाट आएको नेतृत्व र समितिलाई सहयोग पुर्याउने कार्य गर्न अमेरिकामा रहेका काँग्रेस शुभेच्छुकहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा नेता भण्डारीसँगै भ्रमणमा रहनुभएका देशान्तर साप्ताहिकका प्रधान सम्पादक एवं नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य कविर राणाले पनि नेपालको समसामयिक राजनीति र अमेरिकास्थित जनसर्म्पर्क समितिको आन्तरिक विषयमा प्रकाश पार्नुभएको थियो । यसैगरी नेता भण्डारी र पत्रकार राणा यसअघि इलिनोई राज्यको क्वाडसिटी शहरमा रहेका काँग्रेस शुभेच्छुकहरुले उहाँहरुको सम्मानमा आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रममा त्यहाँ बसोबास गर्ने काँग्रेस शुभेच्छुकहरुको सहभागिता थियो । काँग्रेस शुभेच्छुकहरुले पहिलोपटक सो शहरमा यस्तो भेटघाट आयोजना गरेका हुन् । सो शहरमा चाँडै नै नेपाली जनसर्म्पर्क समितिको स्थानीय च्याप्टर खुल्ने जानकारी सो कार्यक्रमका स्थानीय संयोजक किरण बस्नेतले दिनु भएको छ । क्वाडसिटी इलिनोई र ओहायो राज्यको बीचमा रहेको इलिनोइ राज्य अर्न्तर्गतको एक प्रमुख शहर हो । अमेरिकाका नयाँ राष्ट्रपति बाराक ओबामा यसै राज्यको स्थानीय बासिन्दा समेत हुन् । यसैगरी इलिनोइकै सिकागो शहरमा पनि समितिको स्थानीय च्याप्टर गठनको तयारी भईरहेको छ । क्वाडसिटीमा आयोजित कार्यक्रममा त्यहाँ रहेका स्थानीय नेपालीहरु मध्ये पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका पुत्र डाक्टर राजेन्द्र उपाध्याय, पूर्व विद्यार्थी नेता राजेश पण्डितसहित अजय उपाध्याय, सुरेश बस्नेतलगायतका काँग्रेस शुभेच्छुकहरुको सहभागिता थियो । गत नोभेम्वर २८ र २९ तारिख न्यूयोर्कमा सम्पन्न नेपाली जनसर्म्पर्क समितिको प्रथम महाधिवेशन उद्घाटनका लागि आउनु भएका काँग्रेस केन्द्रीय सदस्य भण्डारी र पत्रकार राणा हाल जनसर्म्पर्क समितिको संगठन विस्तार र काँग्रेस कार्यकर्ताहरुसँगको भेटघाटमा विभिन्न राज्यको भ्रमणमा हुनुहुन्छ । -Contributed by नेपाली जनसर्म्पर्क समिति (आनन्द बिष्ट समुह) |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||