काँग्रेस संसदीय दलको छनौटमा कोइराला र देउबाको
नामामा रडाको काठमाडौँ, September 8, 2008-
संसदीय दलको नेता चयनमा तीव्र विवाद भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली
काँग्रेसको संविधान सभा दलको बैठक अनिश्चितकालका लागि स्थागित भएको छ ।
छलफल गरी संशोधन सहित विधान पारित गर्न भदौ २३ गते बसेको नेपाली काँग्रेसको
संविधान सभा दलको बैठकमा संसदीय दलका नेताका विषयमा एकमत हुन नसक्दा बैठक
निष्कर्ष विहीन हुन पुगेको हो ।
प्रतिपक्षीका रुपमा नयाँ भूमिकामा रहेर सरकारलाई गुण र दोषका आधारमा
व्यवहार गर्ने निष्कर्ष निकालेर केन्द्रीय समितिको बैठक सकिए लगत्तै
काँग्रेस संविधान सभा दलको बैठक बसेको थियो । तर बैठकमा संविधान सभामा
महत्वपूर्ण भूमिका खेल्नका लागि पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नै
संसदीय दलको नेता बनाउन उहाँ निकटका सभासद्हरुले राखेको प्रस्ताव
काँग्रेसका दोश्रो तहका नेता सभासद्हरुले अस्वीकार गरेको महामन्त्री
विमलेन्द्र नीधिले युएसनेपाल अनलाइनलाई बताए ।
एकिकरण हुनु अघिको प्रजातान्त्रिक काँग्रेसबाट आएका सभासद्हरुले
प्रधानमन्त्री पदको उम्मेदवार समेत रहेका नेता शेरबहादुर देउवालाई संसदीय
दलको नेता दिनु तर्कसंगत हुने बताएका थिए ।
आजको बैठकमा विधानका विषयमा निक्र्यौल हुन नसकेकाले संसदीय दलको नेता छान्न
केही दिन पछि अर्को बैठक बस्ने सभासद् सिता गुरुङ्गले जानकारी दिइन् ।
काँग्रस प्रवक्ता अर्जुन नरिसंह केसीले सभापति गिरिजाप्रसाद कोइराला भए
सर्वसम्मत हुने उनी वाहेक अर्को उम्मेदवार भए निर्वाचन गर्नु पर्ने बताए ।