काठमाण्डौं, December 2, 2008- उपनेता चयन प्रकि्रयाबारे नेपाली कांग्रेस
संविधान सभा दलमा चर्को विवाद भएको छ ।
महामन्त्री बिमलेन्द्र निधिले गरेको विधान संशोधन प्रस्तावमा सभापति
गिरिजाप्रसाद कोईरालाले आपत्ति जनाएपछि विवाद चर्केको हो ।
विवादका कारण कांग्रेस संविधान सभा दलको बैठक २३ गते सम्मका लागि स्थगित
भएको छ ।
महामन्त्री बिमलेन्द्र निधिले पेश गरेको विधान संशोधन प्रस्तावमा पार्टीको
संसदीय दलको नेताले उपनेता चयन गर्ने तर उपनेतालाई संविधान सभा दलले
अनुमोदन गर्नुपर्ने ब्यवस्था गरिएकोमा सभापति कोइरालाले असहमति जनाएपछि थप
छलफल अघि बढ्न सकेन ।
सभापति कोइरालाले उपनेता चयन गरेपछि संसदीय दलबाट अनुमोदन गर्ने प्रकि्रया
हटाउन दिएको निर्देशनमा बैठकका अरु सहभागीले आपत्ति जनाएका थिए ।
दलको उपनेतालाई संविधान सभा दलले अनुमोदन गर्न पर्ने कि नपर्ने भन्ने
कुरामै विवाद चर्केपछि बैठकमा अरु बिषयमा छलफल हुन नसकेको एक सहभागीले यूएस
अनलाईनलाई जानकारी दिए ।