|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
राजदूत गुरुङ्ग संविधान सभाको महासचिव बनाइने |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
अन्य काङ्ग्रेस नियुक्त
राजदूतहरुको उठिबास काठमाण्डौं, December 8, 2008- अघिल्लो सरकारले नियुक्त गरेका मध्ये थप एकजना राजदूतलाईपनि माओवादी नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ भने रुसकालािग नेपाली राजदूत सूर्यकिरण गुरुङ्गलाई फिर्ता बोलाएर महासचिवको पद दिने तैयारी हुँदैछ। यसरी फिर्ता बोलाइन लागेकामा थाइलैण्डकालागि नेपाली राजदूत डा. नबीनप्रकाशजङ्ग शाह परेका छन् । श्रोतकाअनुसार शुक्रबारमात्र परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले एक पत्र पठाई राजदुत फिर्ता बोलाउने नेपाल सरकारको निर्णयबारे राजदूत शाहलाई जानकारी गराएका छन् । फ्याक्समार्फत् उनलाई यससम्बन्धी पत्र पठाइएको थियो । सरकारले यसअघि नै अमेरिकाकालागि नेपाली राजदूत डा. सुरेश चालिसे र भारतकालागि नेपाली राजदूत डा. दुर्गेशमान िसंहलाई फिर्ता बोलाइसकेको छ । यसमध्ये डा. चालिसे शुक्रबार नेपाल फर्किसकेका छन् । डा. िसंहपनि यसै महिना फर्कंदैछन् । सरकारमा संलग्न दलहरुले नेपाली कांग्रेसको कोटाबाट राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने आन्तरिक निर्णय गरिसकेका छन् । कांग्रेसको कोटाबाट ७ जना राजदूत बनेका थिए । तीमध्ये फिर्ता बोलाउन बाकी रहेकाहरुमा इजरायलकालागि बैजनाथ थपलिया, कतारका लागि डा. सूर्यनाथ मिश्र बेलायतकालािग मुरारीराज शर्मा छन् । यसैगरी रुसकालािग नेपाली राजदूत सूर्यकिरण गुरुङ्गलाईपनि नेपाली कांग्रेसको कोटामा राखिएपनि स्वतन्त्र व्यक्तित्व भएकाले गुरुङ्गलाई यस क्राइटेरियामा नपारी अझ महत्वपूर्ण जिम्मेवारीकालागि फिर्ता बोलाउन लागिएको श्रोतको कथन छ । श्रोतका अनुसार उनलाई फिर्ता बोलाएर पुन" संविधान सभाको महासचिव बनाइनेछ । गुरुङ्ग राजदूत बन्नुअघिपनि अन्तरिम व्यवस्थापिका संसदका महासचिव थिए । सोही पदमै कार्यरत रहन रुचाएका उनलाई राजदूतको जिम्मेवारी दिइएकोप्रति उनले असन्तुष्टि जनाएका थिए । प्रधानमन्त्री प्रचण्डले गुरुङ्गको भूमिका सकरात्मक रहेको भन्दै राजदूतबाट फिर्ता बोलाएर पूर्ववत जिम्मेवारी दिन चाहनु भएको श्रोतको कथन छ । उनलाई राजदूत बनाएर पठाइएपछि संविधान सभाको महासचिव पद खालि छ । 'अब उहालाई फिर्ता बोलाएर महासचिवको पद दिने तैयारी हुदैछ' श्रोतले भन्यो 'यसकालागि उहाले सरकारी निर्णयको प्रतीक्षा गरिरहनु भएको छ ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||