|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नौमती बाजा संकटमा, कास्की धम्पुसका परियार समुदायको
चिन्ता Pariyar community members with Naumati Baja in Dhampus village, Kaski. Photos: Raj पोखरा, Mar 4, 09- परम्परागत संस्कृतिकारुपमा रहेको नौमति बाजाको अस्तित्व नै संकटमा पर्ने होकि भन्ने चिन्ताले यतिबेला कास्की धम्पुस गाविसका परियार समुदायलाई पिरोलेको छ । आफ्ना बाजे बराजुको पालादेखिको पुख्र्यौली पेशा पनि संकटमा परेकोमा उनीहरु चिन्तीत छन् । अघिल्ला पुस्ताले जोडेका नौमति बाजाका सेट अहिले जीर्ण र काम नलाग्ने भएपछि अहिले उनीहरु दाताको खोजीमा छन् । आर्थिक संकटमा गुजि्रनुपरेको पीडा सुनाउने यहाका परियार समुदायले नौमति बाजाका नया सामग्री खरिद गर्न नसक्ने भएपछि उनीहरु दाताको मुख ताक्न वाध्य भएका हुन् । नौमति बाजा संरक्षणका लागि कुनै पनि संघसंस्थाहरुले खासै चासो नदिएको उनीहरुको गुनासो छ । राज्यका तर्फबाट पनि बाजा संरक्षणका लागि ठोस कदम नचालिएपछि उनीहरु पुख्र्यौली पेशाबाट विस्थापित भएका छन् नै, विवाह, ब्रतवन्ध र अन्य शुभकार्यमा मंगलधुन दिने नौमति बाजको अस्तित्व समेत लोप हुने अवस्थामा पुगेको छ । उनीहरुलाई चुनावका बेला राजनीतिक पार्टीका नेताहरुले बाजा खरिद गरिदिने झूठा आश्वसन दिएको भएपनी उनीहरुले चुनाव जितेर जादासम्म पनि आफ्नो प्रतिबद्धता पूरा गर्न कुनै चासो नदिएको उनीहरुले आरोप लगाएका छन् । नौमती बाजामा नर्सिह दुइ थान, सनाइ दुइ थान, दमाह दुइ थान, टयाम्को एक थान, ढलकी एक थान, dmुर्मा एक थान र कर्णल दुइ थान पछि मात्र नौमती बाजा पूर्ण मानिन्छ । तर सामाग्रीको अभावमा धम्पुसे परियारहरुले काम चलाउ बाजा बजाउने गरेका छन् । बाजा अपूर्णभएपछि झनै पुख्र्याली पेशा संकटमा परेको पीडा मात्र हैन, अहिले अन्य समुदायका मान्छेहरुले व्यवसायिकरुपमा बाजा समुह बनाएको देख्दा उनीहरु त्यत्तिकै दुःखी बन्नु परेको स्थानीय कल्साई परियारको पीडा छ । करिव ५० घरधुरी रहेको यो समुदाय पुस्तौंदेखि बाजा बजाएर जीवन गुर्जाने गरेका भएपनि राम्रो आयको स्रोत नहुदा विदेशिने परिपाटीले पनि नौमति बाजा संकटमा पर्दै गएको हो । -Rajbahadur Gurung in Pokhara |
|
|
Dhampus village in Kaski. Photos: Raj |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||