|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
नारायणहिटीमा गणतान्त्रिक महोत्सव गरेर
राष्ट्रिय झण्डा फहराइने![]() Nepali Congress General Secretary Bimalendra Nidhi. Photo: Santa काठमाडौं, June 1, 2008- संविधानसभाको पहिलो वैठकबाट संघीय गणतन्त्र कार्यन्वयन भएको घोषणा गरेको चौथो दिन बसेको सात दलीय कार्यदलको वैठकले नारायणहिटीमा गणतान्त्रिक महोत्सव गरेर औपचारिक रुपमा राष्ट्रिय झण्डा फहराउन सरकारलाई सुझाव दिएको छ । सिंहदरबार स्थित शान्ति तथा पूनरनिर्माण मन्त्रालयमा जेठ १८ गते बसेको सात दलीय संयन्त्रको वैठकले सरकारलाई दिएको सुझाव अनुसार नारायणहिटीमा भएको सेना तत्काल स्थान्तरण गर्नु पर्ने छ । गृह प्रवक्ता मोदराज डोटेलले जेठ १८ गते युएस नेपाल अनलाईनलाई दिएको जानकारी अनुसार नारायणहिटीमा अहिले करिब दुई हजार सेना तैनाथ छ। गणतन्त्र कार्यन्वयनको विषयमा छलफल गर्न आयोजित सो वैठकले गणतान्त्रिक मूल्य र मान्यता अनुसार मुलुक सन्चालन भए नभएको अनुगमन गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन गर्न पनि सरकारलाई सुझाव दिएको छ । विशेषज्ञ सम्मिलित उक्त कार्यदलले गणतान्त्रिक नेपालको भावना र मर्म विपरीतका कानुन, प्रशासनिक संयन्त्र आदि भए त्यसलाई सच्याउन सरकारलाई सिफारिस गर्ने छ । वैठकमा सहभागी नेपाली काँग्रेसका महामन्त्री विमलेन्द्र निधिले दिएको जानकारी अनुसार नारायणहिटीमा रहेका भौतिक सम्पक्ति खोजवीन गरेर त्यसको संरक्षण गर्न पनि कार्यदलले सरकारलाई सिफारिस गरेको छ । कार्यदलले सरकारलाई पठाएको पाँच बुँदे सो पत्रमा १३ दलका नेताहरुले नारायणहिटीमै गएर निरिक्षण गर्ने कुरा पनि उल्लेख गरिएको छ । वैठकमा संविधान संशोधन, राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार क्षेत्र लगायतका विषयमा पनि छलफल भएको माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले बताए । त्यस विषयमा काँग्रेस र एमालेले पुरानै अडान राखेको पनि डा. भट्टराईले जानकारी गराए । जनमोर्चा नेपालका नेता लिलामणी पोखरेलले भने सहमतीको लागि प्रमुख तीन दल बसेर छलफल गर्नुपर्ने कुरा आफ्नो पार्टीको तर्फबाट राखेको उल्लेख गरे । सरकार गठन, संविधान संशोधन, गणतन्त्रको व्यवहारिक कार्यन्वयनको विषयमा छलफल गर्न जेठ १९ गते दिउँसो १ बजे पुन: वैठक बोलाइएको छ । सिंहदरबार स्थित संसद सचिवालयमा बस्न लागेको सो वैठकमा १३ दल सहभागी हुनेछन् । -Santa Bagam Magar in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®