|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नारायणहिटी दरबार संग्राहलय फागुन १६ गतेदेखि सर्वसाधारण जनताका
लागि खुल्ला गरिने काठमाण्डौ, 26 Feb, 09- शाह वंशीय राजाहरुको नारायणहिटी दरबार रहेको स्थानमा स्थापना गरिएको नारायणहिटी दरबार संग्राहलय सर्वसाधारण जनताले फागुन १६ गतेदेखि अवलोकन गर्न पाउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले दरवार हत्याकाण्डको छानविन हुने बताएका छन् । विहीबार नारायणहिटी दरवार संग्रहालयको उद्घाटन गर्दै प्रधानमन्त्रीले उपरोक्त कुरा बताएका हुन् । दरवार हत्याकाण्डको सही छानविन नभैकन देशमा स्थापित गणतन्त्र संस्थागत नहुने प्रधानमन्त्रीले बताए । स्व. राजा वीरेन्द्रप्रति जनतामा अगाध स्नेह रहेको बताउँदै प्रचण्डले उनको बंशसहित नै नास हुनुको कारण खोतल्नु जरुरी रहेको बताए । गणतन्त्रकाकारण नारायणहिटी दरवार सर्वसाधारणकालागि खुल्ला हुनु खुसीको कुरा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्र स्थापनाकालागि प्राणको आहुति दिने हजारौं शहीदहरुको संझनाले आफूलाई भावुक बनाएको बताएका थिए । संग्राहलय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको वंशनाश भएको घट्नाका प्रमाणहरु नष्ट पारिएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा गरेको ठीक ९ महिनापछि नारायणहिटी संग्राहलयको उद्घाटन गरेका हुन् । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो वैठकले मुलुक औपचारिक रुपमै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । प्रधानमन्त्री दाहालले फागुन १५ गते उद्घाटन गरेको संग्राहलयमा एक पटकमा १५ जना जान सक्ने व्यवस्था मिलाइएको छ । संग्राहलय व्यवस्थापनले दिएको जानकारी अनुसार एक पटकमा बढीमा २५ मिनेट मात्रै संग्राहलय अवलोकन गर्न सकिने छ । संग्राहलयमा फोटो खिच्न, खाने कुरा लैजान निषेध गरिएको छ । संग्राहलय प्रवेश शुल्क सर्वसाधारणको लागि १००, विद्यार्थीको लागि ३० र विदेशीको लागि ५ सय रुपियाँ निर्धारण गरिएको छ । नारायणहिटीमा नेपालको १४ अंचल तथा ७५ जिल्लाका नाममा नामाकरण गरिएका कक्षहरु रहेका छन् । संग्राहलयमा २०५८ सालमा पूर्व राजा वीरेन्द्रको वंशनाश भएको स्थान तथा १९ कक्षको अवलोकन गर्न पाइने छ । संग्रहालय खुलेपनि प्रमुख आकर्षणको विषय मानिएको श्रीपेच र राजदण्ड लगायतका बस्तु भने अवलोकनकालागि राखिएको छैन । हीरा मोतिलगायतका बहुमूल्य बस्तुजडित श्रीपेच र राजदण्डका सुरक्षुकाकारण तत्काल अवलोकनकालागि नराखिएको हो । |
|
|
नारायणहिटी दरवारमा रहेका करिव सय वटा कोठामध्ये दुई दर्जन कोठाहरुमात्र सर्वसाधारणहरुले हेर्न पाउने व्यवस्था गरिएको छ । कास्की गुल्मी लमजुङ्ग गोरखा लगायतका नारायणहिटीका भव्य कोठाहरु खुला गरिएको छ । अरु विस्तारै खुला गरिने बताइएको छ । यसैगरी दरवार हत्याकाण्ड भएको त्रिभुवन सदनको भग्नावशेष खण्डपनि खुला गरिएको छ । सर्वसाधारणहरुकालागि सबैभन्दा आकर्षक थलो त्यही स्थान भएको छ । संग्रहालय प्रमुख जयराम महर्जनले त्रिभुवन सदनको तस्वीरसमेत आफूहरुसँग नभएको बताए । त्रिभुवन सदनको दुर्लभ तस्वीर यसअघि यूएसनेपालअनलाइनडटकमले प्रकासित गरिसकेको छ । यसैगरी दरवार हत्याकाण्डपछिका हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यहरुको रगतको टाटछासहितको सो स्थानको दुर्लभ तस्वीर पनि यसअघि प्रकासित गरिसकेको छ । जनमुक्ति सेनाका प्रमुख नन्दकिशोर पुन पासाङ्ग ले दरवार हत्याकाण्ड भएको स्थानको निकै रुचि लिएर अवलोकन गरेका थिए । युवराज दीपेन्द्रले गोली चलाएको भनिएको गोलीका दागहरु अहिलेपनि सो स्थानमा देख्न सकिन्छ । -Sitaram Baral & Santa Bagam in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||