|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नारायणहिटीभित्र नेपालका १४ अन्चल, ७५ जिल्ला मात्र होइन ७ महादेशहरु पनि छन् |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
फोटो- नारायणहिटीभित्र बनाइएको समुद्र र महादेशहरु Photo: Sitaram काठमाण्डौ, 2 Feb, 09- नारायणहिटी दरवारका भवनहरुमा रहेका हरेक कोठाहरुलाई नेपालका १४ अन्चल, ७५ जिल्लाको नाम दिइएको छ । राजतन्त्रको समाप्तीपछि संग्रहालय बन्न लागेको नारायणहिटीभित्र नेपालका १४ अन्चल र ७५ जिल्लामात्र होइन ७ वटै महादेशहरुसमेत भेटिएको छ । नारायणहिटी दरवारको उत्तरतिरको ठूलो चौरमा ७ वटै महादेश भेट्न सकिन्छ । सोही चौरमा समुद्रको रुपमा पोखरी खनेर तिनको विचमा टापुको रुपमा जमिनको भाग राखी ७ वटै महादेश बनाइएको हो । राजा महेन्द्रको पालामा दरवारभित्र पोखरी खनेर त्यसभित्र सात टापु बनाई त्यसलाई महादेशको रुप दिइएको थियो । 'पहिले पोखरीभित्र सात महादेशको रुपमा बनाइएका सात टापु बनाइएपनि टापुहरु ठ्याक्कै महादेशजस्ता थिएनन्' दरवारका एक पूर्व कर्मचारीले भने- 'पछि युवराज दीपेन्द्रले महादेश र समुद्रका बारेमा निकै चासो लिन थालेपछि ती टापुहरुलाई ठ्याक्कै सात वटै महादेशको आकारमा ढालिएको थियो ।' स्मरणीय छ स्व. दीपेन्द्रले भूगोलमा स्नातकोत्तर गरेका थिए । तर अहिले ती पोखरीहरु फोहोर र झारपातले पुिरंदै गएका छन् भने टापुको रुपमा रहेका महदेशहरुको भागपनि भत्किंदै जान थालेको छ । 'दरवार हत्याकाण्डपछि नै त्यो भागको दुर्गति हुन थालेको हो, त्यो भागको स्याहार सम्भार गरिदिने कोही भएनन्' श्रोतले भन्यो- 'गणतन्त्रपछि त झन् विजोग नै भएको छ ।' पोखरी र पोखरीका बीचमा रहेका एक टापुबाट अर्का टापुसम्म पुग्नकालागि साना साना पुलहरुपनि हालिएका छन् । 'युवराज दीपेन्द्र धेरैजसो त्यहीं पुगेर आफ्नो समय बिताउँथे' ती कर्मचारीले भने- 'दीपेन्द्र बाहेक राजपरिवारका अन्य सदस्यहरुपनि त्यहाँ पुगेर घुम्ने गर्थे ।' सोही स्थान पुरानो नारायणहिटी दरवारको आडैमा रहेको छ । सरकारले घोषणा गरे अनुसार नारायणहिटी संग्रहालय निकट भविष्यमै खुल्ने भएको छ । तर नारायणहिटीको यति मनोरम स्थानको अवलोकन गर्न सर्वसाधारणलाई दिइन्छ वा दिइँदैन थाहा छैन । प्रस्तावित नारायणहिटी संग्रहालयका एक कर्मचारीले भने- 'पोखरी सफा गरेर यो ठाउँलाई पुरानै स्थिति ल्याउने हो भने यसले धेरैको ध्यान आकर्षित गर्न सक्छ ।' -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||