Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

दरवार हत्याकाण्डपछि भत्काइएको नारायणहिटी भित्रको त्रिभुवन सदनको उत्खनन सुरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
फागुन १५ गते प्रधानमन्त्रीद्वारा नारायणहिटी दरवार संग्रहालयको उद्घाटन


भत्काउनुअघिको त्रिभुवन सदनको दुर्लभ तस्वीर र त्रिभुवन सदनको अर्को भाग

काठमाण्डौ, 19 Feb, 09- २०५८ को विभत्स दरवार हत्याकाण्ड भएको तर पछि भत्काइएको नारायणहिटी दरवारभित्रको त्रिभुवन सदनको उत्खनन सुरु भएको छ।

दरवार हत्याकाण्डपछि पूर्व राजा ज्ञानेन्द्रले सोही भवन जगैदेखि भत्काउन लगाएका थिए । दाजु-भाउजुको परिवारै हत्या भएको स्थानको नामसमेत सम्झँदा उनमा तनाव उत्पन्न हुने भएका कारण भत्काउन लगाइएको थियो ।

यही फागुन १५ गते नारायणहिटी दरबार संग्रहालयको उद्घाटन हुने भएपछि सोही भवनको उत्खनन् कार्य सुरु भएको हो । संग्रहालय कार्यालयले सो भवनको उत्खनन गरी पुनर्निर्माण गर्ने योजना बनाएको छ । २०५८ जेठ १९ गते तत्कालिन युवराज दीपेन्द्रले गोली चलाउँदा उनका पिता वीरेन्द्रसहित पुरै परिवारको मृत्यु भएको थियो ।

दरबार हत्याकाण्डपछि राजा हुनुभएका 'श्री ५ ज्ञानेन्द्र' का पालामा युवराज दीपेन्द्र बस्ने गरेको सोही त्रिभुवन सदनलाई कुनै प्रचलनमा ल्याइएको थिएन । बरु ज्ञानेन्द्र गद्दिनसीन हुनु भएको एक वर्ष बित्दा नबित्दै दरबार हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काइएको थियो । राजा त्रिभुवनका पालामा बनाइएको 'त्रिभुवन सदन' लाई भत्काउने काम मात्र भएन त्यसको सम्पूर्ण अस्तित्वसमेत मेट्ने काम पनि भएको थियो ।

जानकारी अनुसार भत्काइएको त्रिभुवन सदनको जगको पिँधमा भेटिएका इँटाहरुको आधारमा नारायणहिटी दरबार संग्रहालय कार्यालयले सो भवनको पर्खाल उकास्न सुरु गरेको छ । 'दरबार हत्याकाण्ड भएको स्थान देखाउन यो काम सुरु गरेका हौँ' संग्रहालय प्रमुख नवराज महर्जनले भने 'दरबार हत्याकाण्ड भएको स्थान र भवन यस्तो थियो भन्ने मोटामोटी जानकारी दर्शकले पाउनेछन् ।'

यही फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणहिटी दरवार संग्रहालयको सुरुवात गर्ने कार्यक्रम छ । संग्रहालय प्रमुख महर्जनले यूएस नेपाल अनलाइन डटकमसँग भने- 'फागुन १६ गतेदेखि भने सर्वसाधारणकालागिसमेत हामीले संग्रहालय खुला गर्ने भएका छौं ।'

दरवार र त्यहाँ रहेका ऐतिहासिक बस्तुलाई संग्रहालयको रुपमा दिन अहिले त्यहाँ कार्यरत कर्मचारीहरु व्यस्त देखिन्छन् ।

-Sitaram Baral in Kathmandu
   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®