जनमुक्ति सेनाको सम्पूर्ण जिम्मेवारी डिप्यूटी कमाण्डर 'पासाङ्ग'लाई
Maoists Commander Nanda Kishor Pun Magar 'Pasang". Photo: Santa
काठमाडौँ, September 12, 2008-
सरकारको नेतृत्व गरीरहेका नेकपा माओवादीले पार्टी भित्रको जिम्मेवारीमा
हेरफेर गरेको छ ।
भदौ २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय वैठकले वरिष्ठ
नेता मोहन वैद्य 'किरण'लाई संगठन गर्ने जिम्मेवारी सुम्पेको छ । जनमुक्ति
सेनाको सम्पूर्ण जिम्मेवारी डिप्यूटी कमाण्डर नन्द किशोर पुन 'पासाङ्ग'लाई
दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।
नेता वैद्यले वरिष्ठ नेताहरु सबै सरकारमा सहभागी भएपछि पार्टी चलाउन भनेर
सभासदबाट पार्टीमा राजिनामा दिइसकेका छन् । हार्डलाइनर भनेर चिनिने वैद्यले
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अनुपस्थितिमा
वैठक समेत बोलाउन सक्नेछन् । अब बस्ने केन्द्रिय समितिको वैठकमा राज्य
समितिका प्रमुखहरुलाई समेत बोलाइने भएको छ ।
जनमुक्ति सेना हेर्ने जिम्मवारी पाएका पासाङ्ग संविधान सभामा होस् वा
सरकारमा कुनै जिम्मेवारी नलिने नेताहरु मध्येका एक हुन् । जनमुक्ति सेनाका
सुप्रिम कमाण्डर पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निर्वाचित भएपछि
पासाङ्गलाई यस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको हो । उनी सैन्य संगठक
मात्रै नभई कुशल प्राविधिकको रुपमासमेत परिचित छन् ।
पोष्टबहादुर वोगटीले संविधान सभा र व्यवस्थापिका विभाग सम्हाल्ने छन् भने
विदेश विभाग प्रमुखमा सिपी गजुरेलले नै निरन्तरता पाएका छन् ।