Click this link to see your Local city time and Kathmandu, Nepal time
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:
यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

Upcoming Events in USA
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


बिबिध Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल

News from Nepal: नेपाली खबरहरु

Special Feature: ओल्ला घरका नरे पल्ला घर सरे-२
शाह बंशका अन्तिम राजा 'बिराजमान' हुने नागार्जुन दरवारको नालिबेली
गणतन्त्र नेपालका मन्त्रीहरु "मौसुफ" को हेरचाहमा खटिदा


Archive» Words & photos: Sitaram, Santa, Sources. Illustration: eEyeCam


मुख्य वैठक कक्ष । Photo: Santa Bagam

काठमाडौं,  June 10, 2008- २०६५ जेठ १५ को संविधान सभा बैठकले गणतन्त्रको घोषणा गर्नुभन्दा दुई दिनअघिसम्म शाह बंशका अन्तिम राजा ज्ञानेन्द्र शाह काठमाडौंको मूल शहरबाट पश्चिमपट्टि रहेको नागार्जुन दरवारमा थिए । उनी त्यहाँ एक हप्ता अघि पुगेका थिए । गणतन्त्र आउनुभन्दा तीन दिन अघि साँझको समयमा नागार्जुन दरवारमा 'उत्सब' मनाइँदै गरेको देखिन्थ्यो ।


गणतन्त्र अघि नागार्जुनको रमझम Photo contributed: Sitaram

त्यो साँझ नागार्जुन दरवार वरिपरिको जङ्गल क्षेत्र बिभिन्न रंगका बिजुली बत्तिले रङ्गिएको थियो । दरवार वरिपरिको जङ्गल पुरै झिलिमिली थियो । सायद त्यो दिनसम्मपनि निलम्बित राजा ज्ञानेन्द्र संविधान सभाको पहिलो बैठकले गणतन्त्र कार्यान्वयन नगर्ने कुरामा ढुक्क थिए । संभवत त्यो झिलिमिलीको कारण त्यही थियो । संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्न सक्दैन भन्ने विश्वासका साथ उनी सोमबार बेलुकी नौ बजे नागार्जुनबाट नारायणहिटीतिर फर्के ।


 नागार्जुन बंगला जाने संकेत अंकित बोर्ड Photo: Sitaram Baral

तर उनको अन्तिम आशामाथि तुषारापात भयो । उनको आश बिपरित संविधान सभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गर्यो । उनलाई 'महाराजधिराज' बाट संविधान सभाको पहिलो बैठकले 'नेपाली नागरिक' को रुपमा रुपान्तरित गर्यो । संविधान सभाको पहिलो बैठकले नारायणहिटी राजदरवार छाड्नपनि ज्ञानेन्द्रलाई निर्देशन दियो । यसका लागि १५ दिनको अल्टिमेटमपनि दिइयो । राजा भएपछि उनी नारायणहिटीमा बस्दै आएका थिए । आफ्नो निजी निवासको रुपमा रहेको महाराजगन्‍जस्थित निर्मल निवास छोरा पारशलाई जिम्मा लगाएर उनी नारायणहिटीमा बस्न थालेका थिए । नारायणहिटी छाड्न सरकारले औपचारिक पत्र पठाएपछि आइतबार गृहमन्त्री कृष्णप्रसाद सिटौलासँग दरवारभित्रै उनको भेट भएको थियो । भेटमा नारायणहिटी छाड्दा आफूलाई बासस्थानको समस्या पर्ने उनले बताए । आफ्नो बासस्थानकालागि नागार्जुन दरवार उपयुक्त हुने कुरापनि बताए ।


नार्गाजुन प्रवेशद्धार: सेनाको अनुमति लिएर यही गेट हुँदै पस्नुपर्छ नागार्जुन जंगलभित्र । Photo: Sitaram Baral

त्यो भेटको दुई दिनपछि बसेको मन्त्री परिषद्को बैठकले उनको माग पुरा गरेको छ । उनको माग बमोजिम 'तत्काल नारायणहिटी खालि गराउनु, नागार्जुन दरवार पूर्व राजालाई नागार्जुन दिने निर्णय गरिएको छ । भूमिसुधारमन्त्री जगतबहादुर बोगटीका अनुसार 'पछि अर्को व्यवस्था गर्ने गरी तत्काल नारायणहिटी खालि गराउनमात्र यो निर्णय गरिएको हो ।'

तर एउटा दरवारबाट निकालेर उनलाई किन अर्को दरवारमा स्थानान्तरण गर्न लागियो, यसबारेमा कसैलेपनि स्पष्ट पारेका छैनन् । के नागार्जुन दरवारबाहेक अर्को कुनै भवन उनलाई दिन सकिन्नथ्यो ? यो प्रश्नको जवाफ सरकारी अधिकारीहरुसँग छैन ।


 नागार्जुन जंगललाई आएन लोकतन्त्र नत्र किन अझै शाही जगल Photo: Sitaram Baral

यसैगरी अर्को बासस्थानको व्यवस्था नहोउन्जेलसम्मकालागि नागार्जुन क्षेत्र प्रयोग गर्न पाउने निर्णय भएपनि कहिलेसम्म अर्को वासस्थानको खोजी गरिने हो भन्ने बारेपनि सरकारले केही बताएको छैन ।


पूर्व राजा ज्ञानेन्द्र शाहलाई बस्ने नागार्जुनको मूल घर अर्थात हेमन्त निवास । Photo: Santa Bagam

निश्चित समय सीमा तोकेरमात्र उनलाई त्यहाँ बस्न दिनुपर्ने भन्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले मन्त्री परिषद्को निर्णयप्रति असहमति जनाइसकेका छन् । 'कति समयकालागि दिइने हो समय किटान गरिनुपर्छ भन्ने मेरो माग थियो तर समय किटान गरिएको छैन हाललाई दिने भन्ने निर्णयमात्र गरिएको छ' मन्त्री पोखरेलले यूएस नेपाल अनलाइनडटकम सँग भने- 'यस्तेा निर्णयबाट भूतपूर्व राजा ज्ञानेन्द्रकालागि बासस्थानको अर्को व्यवस्थापनि सरकारले गर्ने हो कि भन्ने आशंका पैदा भएको छ । उनी नागरिकमा रुपान्तरित भैसकेका छन् । त्यसैले उनकाबारेमा यस्तो निर्णय गरिनु जरुरी थिएन, उनलाई सम्पत्तिको कुनै दुखपनि थिएन, उनी सुकुम्बासी होइनन्, अर्बपति हुन् । तरपनि जसरी उनकालागि जस्तो व्यवस्था गरियो त्यसप्रति मेरो असहमति हो । बस्न दिने नै निर्णय गर्ने हो भनेपनि समय सीमा निर्धारण गरिनु पर्थ्यो ।'


 नागार्जुन डाँडो जहाँ नागार्जुन दरवार छ Nagarjun "Rani Ban". Photo: Sitaram Baral

काठमाडौंको पश्चिमतर्फ बालाजुमाथि रहेको र सर्वसाधारणहरुले 'रानी बन' रुपमा चिन्ने जङ्गल क्षेत्रलाई 'नागार्जुन जङ्गल' भनिदै आएको छ । हाल त्यो जंगल शिवपुरी राष्ट्रिय निकुन्‍ज अन्तर्गत पर्छ । नागार्जुन जङ्गलको क्षेत्र करिव २९ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ र त्यसले काठमाडौंका अलवा धादिङ्ग जिल्लाको भूभागसम्मलाई ओगटेको छ ।


Nagarjun Forest Land map.  Photo: Sitaram Baral

काठमाडौं जिल्ला अन्तर्गत कित्ता नं १ मा सीतापाइला- च अन्तर्गत ५ हजार ३ सय ४७ रोपनी पाँच आना एक पैसा क्षेत्रफल छ भने कित्ता नं १ कै रामकोट- ङ मा ३ हजार ४ सय ८१ रोपनी नौ आना दुई पैसा दुई दाम क्षेत्रफल छ । यसैगरी कित्ता नं १ अन्तर्गत गोलढुङ्गा- च को ५ हजार ८ रोपनी ७ आना ८ पैसा १० दाम क्षेत्रफल देखिएको छ । सबैभन्दा बढि क्षेत्रफल धादिङ्ग जिल्लातर्फ देखिएको छ ।

धादिङ्गको छत्रे देउराली- को कित्ता अन्तर्गत १५ हजार १ सय १ रोपनी ११ आना २ पैसा १ दाम क्षेत्रफल रहेको छ । 'राजतन्त्रको अर्थ राजनीति' नामक पुस्तकमा उल्लेख भए अनुसार सबैगरी नागार्जुन जङ्गलले २८ हजार ९ सय ३९ रोपनी क्षेत्रफल ओगटेको छ । त्यही जङ्गलभित्र २७ रोपनी क्षेत्रफल जमिनमा बनाइएका केही भवनहरु छन् तिनै भवनलाई नागार्जुन दरवार भन्ने गरिएको छ ।

मन्त्री परिषद्को बैठकले २७ रोपनी क्षेत्रफलमा फैलिएको नागार्जुन क्षेत्रमात्र पूर्व राजालाई बासस्थानको रुपमा उपयोग गर्न दिने निर्णय गरेको छ । पूर्व राजा ज्ञानेन्द्रले पुरै जङ्गल क्षेत्रपनि पाइने लोभले नागार्जुनको माग गरेका थिए । नागार्जुन दरबार भन्नासाथ त्यससित जोडिने धादिङ र नुवाकोटको सीमासम्म फैलिएको जंगलक्षेत्र पनि पर्दछ । नागार्जुन दरबारवरिपरिको जंगलमध्ये गोलढुंगातर्फको पाटोले पाँच हजार रोपनीभन्दा बढी क्षेत्रफलमा जंगल र दरबार मात्रै नभएर फलफूल उद्यानसमेत छ । उनी फलफूल उद्यानलगायत ठूलो क्षेत्रफलको जग्गामा लोभिएका थिए ।

जानकारी अनुसार २७ रोपनी परिसरमा रहेको नागार्जुन दरवार परिसरमा मुख्य भवनका अलवा अन्य दुई सहायक भवन छन् । यसैगरी पाहुनाकालागि एक घर बनाइएको छ । 'तर ती सबै कटेज शैलीका छन् नागार्जुन दरवार भनिएपनि त्यो दरवारजस्तो छैन' दरवारनिकट श्रोतले भन्यो- 'बगैंचापनि त्यस्तो आधुनिक छैन, त्यहाँको बगैंचा भन्नु नै वरिपरि रहेको प्राकृतिक जङ्गल हो, समग्रमा भन्दा नागार्जुन दरवार भनेको पूर्व राजपरिवारकालागि बनाइएको जङ्गल रिसोर्ट हो ।' राणाहरुले यसलाई शिकार खेल्ने जंगलको रुपमा प्रयोग गर्दै आएका थिए । त्यसो त यो जङ्गलमा पन्‍चायतीकालमा शाही परिवारका सदस्यहरुलेपनि शिकार खेल्ने गर्थे । जङ्गलमा चितुवा, जरायो, चित्तल ,मृगजस्ता जनावर र लुइँचे कालिजलगायतका चराहरु पाइन्छन् ।

प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा शिकारस्थलको रुपमा प्रयोग गरिएको यो जङ्गल पृथ्वीवीर बिक्रम शाहको पालामा शाह राज परिवारलाई दिइएको थियो । राणा-शाह परिवारबीच बैबाहिक सम्बन्ध गाँसिएकाले शाह परिवारलाई दाइजोको रुपमा यो जङ्गल दिइएको बताइन्छ । राजा त्रिभुवनपालामा जंगलभित्र भवन बन्न थालेका थिए । तर अहिले भन्ने गरिएको नागार्जुन दरवार भने २०३८ सालदेखि बनाउन सुरु गरिएको थियो । र २०४१ सालमा यसको निर्माण सम्पन्न भएको थियो । त्यसपछि राज परिवारका सदस्यहरुले नागार्जुन दरवारलाई 'समर प्यालेस' को रुपमा प्रयोग गर्न थाले ।

राजा बीरेन्द्रको नाममा रहेको सो दरवार ज्ञानेन्द्रले २०६२ मा आफ्नो नाममा सारेका थियो । लोकतन्त्रको पुनर्वहालीपछि ०६४ भदौ ९ को मन्त्री परिषद्को बैठकले नागार्जुन दरवारलाई राष्ट्रियकरण गर्ने निर्णय गरेको हो । तर यो निर्णय भएको एक बर्षपनि नबित्दै फेरि ज्ञानेन्द्रकै प्रयोजनकालागि दिने अमिल्दो निर्णय सरकारले गरेको छ । सरकारले २७ रोपनीमा फैलिएको नागार्जुन दरवारमात्र दिइएको बताएको छ । तर नागार्जुनको मूल गेटमा जाने हो भने अहिलेपनि त्यसलाई शाही जंगलको रुपमा चिनाइएका साइनबोर्डहरु राखिएका छन् । शाही बन रहेको बोर्ड हटाउने आदेश माथिबाट नगएकाले नहटाइएको त्यहाँ कार्यरत बन मन्त्रालयका एक कर्मचारीले बताए ।

नागार्जुन दरवारको वरिपरि नेपाली सेनाको एक गुल्म स्तरको सैनिक टुकडी छ । नारायणहिटीको सुरक्षार्थ खटाइएको गोरखबहादुर गणको एक गुल्मले अहिले त्यस जङ्गल र नागार्जुन दरवारको सुरक्षा गरिरहेको छ । सैनिककालागि टहरा शैलीका घरहरु दरवारको वरिपरि बनाइएका छन् । सेनाको गुल्म कार्यालय भने नागार्जुन दरवारभन्दा केही माथिल्लो भागमा रहेको श्रोतको कथन छ । 'सैनिक टुकडी दरवारको सुरक्षाकालागि भन्दापनि जङ्गलको सुरक्षाकालागि खटिएको हो' सैनिक श्रोतले भन्यो- 'यद्यपी जङ्गलभित्रै दरवार रहेकाले दरवारको सुरक्षाको जिम्मेवारीपनि त्यसैले सम्हाल्दै आएको छ ।' पूर्व राजा ज्ञानेन्द्र त्यहाँ बस्न जाने भएपछि उनको सुरक्षाको व्यवस्था सशस्त्र प्रहरीले गर्ने भएको छ । अब दरवारको बाहिरी घेरामा जङ्गलको सुरक्षार्थ बस्दै आएको सेना रहनेछ भने भित्री घेरामा सशस्त्र प्रहरीको टुकडी रहनेछ ।

-Sitaram Baral in Kathmandu

गणतन्त्र नेपालका मन्त्रीहरु "मौसुफ" को हेरचाहमा खटिदा


निरिक्षणको लागि नागार्जुन प्रवेश गर्दै सूचना तथा साचार मन्त्री कृष्णबहादुर महरा गृहमन्त्री कृष्ण प्रसाद सिटौला तथा सुरक्षा अधिकारीहरु । Photo: Santa Bagam

पूर्व राजा ज्ञानेन्द्र शाहलाई वासस्थानको लागि दिने भनिएको नागार्जुन दरबारको जेठ २७ गते सरकारले स्थलगत निरीक्षण गरेको छ । सरकारले एक वर्ष पहिले राष्ट्रियकरण गरी सकेको नार्गाजुन दरबार निरीक्षण टोलीमा गृहमन्त्रीकृष्ण प्रसाद सिटौला, सूचना तथा सन्‍चार मन्त्री कृष्णबहादुर महरा, सशस्त्र प्रहरी निरीक्षक वासुदेव ओली, रक्षा सचिव वामनप्रसाद न्यौपाने, गृह सचिव उमेशप्रसाद मैनाली लगायत सहभागी थिए ।

करीब चार हजार रोपनी क्षेत्रफलमा रहेको नार्गाजुन दरबारको करिब २० रोपनी क्षेत्र पूर्व राजालाई तत्काल बस्न दिइने भएको छ । त्यहाँ जम्मा १० वटा अलग अलग जस्ताले छाएको घर मध्ये ६ वटाको नाम ऋतुहरुको नाममा नामकरण गरिएका छन् ।


हेमन्त वासको प्रवेशद्धारमा राखिएको बोर्ड । Photo: Santa Bagam

पूर्व राजा ज्ञानेन्द्र शाह हेमन्त वासमा बस्ने भएका छन् । बाँकी घरहरु मध्ये एउटामा कार्यलय, तीन वटा गेस्ट रुम, एउटा वैठक कक्ष, एउटा कर्मचारीले प्रयोग गर्दै आएको त्यहाँ कार्यरत नासू श्याम लामाले जानकारी दिए । नासू लामाका अनुसार अहिले नार्गाजुनमा जम्मा ९ कर्मचारी कार्यरत छन् ।


गृहमन्त्री सिटौला नार्गाजुनका कार्यरत नासू श्याम लामासँग कुराकानी गर्दै । Photo: Santa Bagam

सरकारले ७५ सशस्त्र र नेपाली सेना सुरक्षाको लागि दिने निर्णय गरि सकेको छ भने पूर्व राजाले थप कर्मचारी माग गरेका छन् ।


पूर्व राजाले पूजा गर्न मिन्दर । जुन हेमन्त वास भन्दा माथिको ढिस्कोमा रहेको छ । Photo: Santa Bagam

पूर्व राजा बस्ने हेमन्त वास भन्दा माथि रहेको मन्दिरमा राजाले नार्गाजुन बस्दा नियमित पुजा आजा गर्ने गरेको पनि नासू लामाले बताए । नागार्जुन परिसरमा सशस्त्र प्रहरीले क्याम्प स्थापना गरि सकेको छ ।


हेमन्त वासमा सजाइएका वन्य जन्तुका विभिन्न अंगहरु । दाहिने तर्फ माथि गैंडाको िसंग समेत देख्न सकिन्छ । Photo: Santa Bagam

हेमन्त वास भित्र सजाइएका वन्य जन्तुको बारेमा वन मन्त्रीसँग छलफल गरेर कारवाहीको प्रकृया अगाडि बढाइने गृहमन्त्री सिटौलाले जानकारी दिए ।

सूचना तथा सन्‍चार मन्त्री महराले सरकारको सम्पत्ती अर्को व्यवस्था नहुँदा सम्मको लागि मात्रै पूर्व राजालाई बस्न दिइएको जानकारी गराए । मन्त्रीद्धय समेत नार्गाजुनमा पहिलो पटक पुगेको थिए।

-Santa Bagam in Kathmandu


 काठमाडौंमा आपूर्ति हुने पानीमध्ये केही नागार्जुनबाटै ल्याइन्छ । जंगलभित्रको पानी संकलन केन्द्र Photo: Sitaram Baral


 Photo: Sitaram Baral


पूर्व राजाबस्ने मूल घरसँगै रहेको शरद वास । यहाँ भएका १० मध्ये ६ घर ऋतुहरुको नाममा नामाकरण गरिएको छ । Photo: Santa Bagam


हेमन्त वासदेखि दक्षिण तर्फको बाटो ।
Photo: Santa Bagam
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®