|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
नागार्जुन र नारायणहिटी दरवारको सुरक्षा हाल
खबर काठमाडौं, June 14, 2008- पूर्व राजाको सुरक्षा व्यवस्थाकालागि नेपाल सरकारले ५० शसस्त्र प्रहरी र २५ सेनाको व्यवस्था गरेपनि पूर्व राजाको साथ लागेर नेपाली सेनाका दुई उच्च सैनिक अधिकृतहरु पूर्व राजाको सुरक्षाकालागि नागार्जुनतर्फ लागेका छन् । उनीहरु बुधबार पूर्व राजासँगै नागार्जुन पुगेका थिए । यसरी जानेमा बृगेडियर जनरल बिनोद बिक्रम खड्का र बृगेडियर बिनोज बस्नेत छन् । उनीहरु यसअघि सेनाको तर्फबाट एडिसीको रुपमा पूर्व राजाको सुरक्षार्थ खटिएका थिए । नेपाल प्रहरीबाट पूर्व राजाको सुरक्षाकालागि खटिएका एडिसीहरु अमरेन्द्र सिंह र दीलिप घिमिरे तथा सशस्त्र प्रहरीबाट खटिएका जहरसिंह बुढा फर्किसकेका छन् । नारायणहिटी दरवारबाट पूर्व राजा ज्ञानेन्द्र शाहको बहिर्गमनपछि त्यहाँको सुरक्षा व्यवस्थाको जिम्मा नेपाल प्रहरीले सम्हालेको छ । दरवार परिसरको उत्तरपट्टि रहेका सैनिक व्यारेकहरु भने यथावत राखिएका छन् । हाल दरवारमा नेपाल प्रहरीका ४० जनाले सुरक्षा दिइरहेका छन् । बिहीबार त्यहाँको सुरक्षा व्यवस्थाको जिम्मा सेनाले नेपाल प्रहरीलाई बुझाएको थियो । गोरखबहादुर गणका गणपति लेफ्टिनेन्ट कर्णेल सन्जय झाले नेपाल प्रहरीका उपत्यका प्रमुख एसपी सर्बेन्द्र खनाललाई दरवारको सुरक्षा व्यवस्थाको जिम्मेवारी सुम्पेका थिए । जानकारी अनुसार अब नारायणहिटी दरवारको सुरक्षा व्यवस्थाको लागि नेपाल प्रहरीले गुल्मस्तरको प्रहरी टुकडी दरवारमा राखिने भएको छ । सो टुकडीमा करिव १ सय २५ प्रहरी रहनेछन् । त्यसको नेतृत्व प्रहरीको दुई नम्बर गणका इन्सपेक्टर कालिदास ढकालले गरेका छन् । इन्स्पेक्टर ढकाल नेतृत्वको प्रहरी टोलीले नारायणहिटी दरवार सुरक्षाको ड्युटी सुरु गरिसकेको छ । दरवार सुरक्षा गर्न बनाइएको प्रहरी टुकडीलाई 'नारायणहिटी सुरक्षा गुल्म' नामाकरण गरिएको छ । नेपाल प्रहरीले दरवारको सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएपनि दरवार परिसरमा रहेका सैनिक व्यारेकहरु भने यथावत रहनेछन् । हाल दरवारमा नेपाली सेनाको २६ नं बाहिनी छ । सो बाहिनीको पूर्व शाही रक्षक बाहिनी नाम परिवर्तन गरी बनाइएको छ । बाहिनी अन्तर्गत गोरखबहादुर गण, बर्दबहादुर गण र हवाई सुरक्षा गुल्म छन् । नारायणहिटीको उत्तरपट्टि ब्यारेक बनाएर बसेको बाहिनी र बाहिनी अन्तर्गतका गण तथा गुल्मलाई अब ठूलो पर्खाल बनाएर नारायणहिटीबाट छुट्याइने भएको छ । तर पूर्व राजाको सुरक्षाकालागि खटिने सैनिक प्रहरीलाई भने अब नारायणहिटीबाट अन्यत्र सारिने भएको । स्मरणीय छ, गणतन्त्र स्थापना भएलगत्तै सैनिक प्रहरीको नाम परिवर्तन गरी विशेष सुरक्षा बल बनाइसकिएको छ । अब सो बिशेष बलले अन्य बिशिष्ठ व्यक्तिको सुरक्षा व्यवस्था सम्हाल्नेछ । -Sharmila Thapa in Kathmandu |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®