Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

मुस्ताङ्गी राजालाई गणतन्त्र स्‍वीकार



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपालकी राजकुमारी न्यू योर्कमा के गर्दैछिन्?


Royal heir! Sangya Singh in New York. Photos & illustration: eEyeCam

न्यू योर्क, काठमाण्डौं, October 9, 2008- राजतन्त्रको औपचारिक अन्त्य भएको ५ महिनापछि सरकारले नेपालमा रहेका ४ वटा 'राजा-रजौटा' सम्बन्धी व्यवस्थापनि खारेज गरेको छ । गृहमन्त्री बामदेव गौतमले यससम्बन्धी निर्णय ४ राजाहरुमध्ये सबैभन्दा महत्वपूर्ण मानिएका मुस्ताङ्गी राजा जिग्मी परवर बिष्टलाई उपल्लो मुस्ताङको लोमन्थाङ दरवार पुगेर जानकारी गराएका छन् । यता न्यू योर्कमा बझाङ राज घरानाकि राजकुमारीसँग युएस नेपाल अनलाइनले भलाकुसारी गरेको छ।


Mustangi King Jigmi Parbal Bista. Photo file: Sitaram
 
मंगलबार लोमन्थाङ पुगेका गृहमन्त्री गौतमले राजा विष्टलाई सरकारले राजा रजौटा सम्बन्धी ऐन खारेज गर्ने निर्णय गरेको र त्यो ऐन खारेज भएपछि राजा-रजौटा प्रथा पनि स्वत खारेज हुने जानकारी दिएका थिए । मुस्ताङी राजाले पनि सरकारको निर्णय आफूलाई मान्य हुने बताएका थिए ।


मुस्ताङ्गी राजा स्थानीयबासीसँग बायाबाट चौथो उनकी रानी पाँचौ Photo file: Sitaram

मुस्ताङी राजाले लोकतन्त्रपछि आफू लोकतान्त्रिक परिपाटी अनुसार चल्न राजी भएको बताउँदै आएका छन् । स्व. राजा बीरेन्द्रसँग उनको सुमधुर सम्बन्ध रहेपनि पूर्व राजा ज्ञानेन्द्रसँग भने उनी असन्तुष्ट थिए ।

मुस्ताङी राजाले आफूले लोकतान्त्रिक परिपाटी र संस्कृतिलाई आत्मसात गरेको बताउँदै हाल आफू अस्वस्थ भएकाले सरकारले आफ्नो स्वास्थ्य उपचारकालागि आग्रह गरेका थिए । मुस्ताङी राजाका सचिव चन्द्र थकालीले बताएअनुसार राजा र गृहमन्त्री गौतमबीच करिब आधा घण्टा कुराकानी भएको थियो । गृहमन्त्रीलाई राजाले चिया खुवाएका थिए ।

श्रोतकाअनुसार मुस्ताङी राजा भने गणतान्त्रिक नेपालमापनि आफूले मान्यता पाउने कुरामा आशावादी थिए । त्यसैले गत माघ २१ गते उनले तत्कालिन सरकारलाई आफूले पाउँदै आएको मासिक भत्ता सुचारु गरिदिन आग्रह गरेका थिए । अर्थ मन्त्रालय अन्तर्गतको कौशी तोषाखानाले उनलाई तलब भत्ता खुवाउने गरेकाले उनले तोषाखानालाई रकम निकासाकालागि पत्र लेखेका थिए । हेर्नुहोस् पत्रको प्रतिलिपी:



यद्यपी सरकारले भने राजा रजौटा ऐन नै खारेज गर्ने निर्णय गरिदिएको छ । मन्त्री परिषदको यो निर्णयबाट रजौटाको रुपमा बाँकी रहेका दुई जना 'राजा' प्रभावित भएका छन् । मुस्ताङी 'राजा' बिष्ट र बझाङी 'राजा' बिनोदबिक्रम शाहको 'राजा' को ताज यो निर्णयबाट खोसिएको छ । बझाङी राजा सिंह पूर्व राजा ज्ञानेन्द्रका भान्‍जा हुन् । जाजरकोट र सल्यानमा भने पछिल्लो समय कोहीपनि 'राजा' थिएनन् ।

राजा महेन्द्रले २०१७ सालमा राजा-रजौटा उन्मुलन गरेपनि ४ वटा रजौटा भने कायमै राखेका थिए । यसैगरी १३ रजौटालाई उनीहरु जीवित छउन्जेल भत्ता पाउने गरी कायम राखिएको थियो । रजौटा प्रथा खारेज गरेपनि आफू श्री ५ हुन उनले ४ वटा जिल्लामा रजौटा प्रथा कायमै राखेको बताइन्छ ।

हिमालपारिको जिल्ला मुस्ताङ्गको उपल्लो क्षेत्रका राजा जिग्मी परबल विष्ट विरामी परेका छन् । विरामीका कारण उनी सार्वजनिक कार्यक्रममा र सन्‍चारकर्मीहरुसँग कुराकानी गर्नसमेत सक्दैनन् । लामो समय उनको निजी सचिवको भूमिका निर्वाह गरेका चन्द्रबहादुर थकालीकाअनुसार पोष्ट्रेडको अपरेशनका कारण उनको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।

पूर्व राजा ज्ञानेन्द्र गणतन्त्रको स्थापना भएलगत्तै नारायणहिटी छाडेर जान बाध्य भएपनि मुस्ताङ्गी राजा विष्ट भने उपल्लो मुस्ताङ्गमा रहेको तासी गेफेल दरवारमै आराम गरिरहेका छन् । गर्मी याममा उपल्लो मुस्ताङ्गमै रहने राजा बिष्ट जाडो याममा भने बसोबासकालागि काठमाडौं आउने गर्छन् ।


निजी सचिव थकालीसँग कुरा गर्दै मुस्ताङ्गी राजा Photo file: Sitaram

'स्वस्थ रहेका बेला उहाँ आफूकहाँ आउने सबैसँग भेट गर्नुहुन्थ्यो तर अहिले अस्वस्थताका कारण त्यति सार्हो कुरा गर्नुहुन्न' मुस्ताङ्गी राजाका छोरा राजकुमार अशोकले यूएसनेपालअनलाइन सँग भने- 'उहाँको शरीर कमजोर बनेको छ, लामो समय कुराकानी गर्दा समस्या देखिन्छ, डाक्टरहरुलेपनि धेरै कुराकानी नगर्न भनेका छन् त्यसैले कमै बोल्ने गर्नु भएको छ ।' राजा विष्ट उपल्लो मुस्ताङ्गमा बसोबास गर्दै आएपनि छोरा अशोक भने काठमाडौंमा बसोबास गर्दै आएका छन् । तिब्बति भाषामा राजकुमारलाई 'घ्याल्चुङ्ग' भन्ने गरिन्छ । उनी पर्यटन व्यवसायमा संलग्न छन् । मुस्ताङ्गी राजाले नेपाली नबोल्ने भएकाले कुराकानीमा उनैले राजालाई सघाउने गरेका छन् ।


मुस्ताङ्गी राजा Photo file: Sitaram

७५ बर्ष नाघेका मुस्ताङ्गी राजा बुढ्यौली र अपरेशनकाकारण अशक्त भएपनि एक्लै बस्न नरुचाउने उनका निजी सचिव चन्द्र थकालीको अनुभव छ । 'मानिसहरु भेट्न आएनन् भनॆ नियास्रो मान्नुहुन्छ' राजतन्त्रको अन्त्यपछि मुस्ताङ्गी राजासँग उपल्लो मुस्ताङ्गस्थित दरवारमाभन्दा जोमसोममै लामो समय बिताउन थालेका थकाली भन्छन्- 'उहाँ कुराकानी गरिरहनुपर्ने स्वभावका हुनुहुन्छ, विरामी भएपनि स्थानीयबासीहरुसँग उहाँ नियमित कुराकानी गर्नुहुन्छ ।'


मुस्ताङ्गी रानी

जेठ १५ गते संविधान सभाको पहिलो बैठकले गणतन्त्रको स्थापना गरेपछि नेपालमा राजतन्त्र समाप्त गरेको छ । केन्द्रमा शाह बंश राजतन्त्रको रुपमा रहेपनि नेपालमा विभिन्न चार 'राजा' को मानार्थ पद भने रहेको थियो । राजतन्त्रको समाप्तीसँगै नेपालमा रहेका ४ वटा मानार्थ राजाहरुपनि स्वत खारेजीमा परेका छन् । यस हिसावले मुस्ताङ्गी राजाको पदवीपनि समाप्त भएको छ । मानार्थ राजाको पदवीबापत उनले मासिक ७ हजार ३ सय भत्ता पाउँदै आएका थिए ।


मुस्ताङ्गी राजा विष्ट वायाबाट पहिला र उनका निजी सचिव चन्द्र थकाली सबैभन्दा दाया Photo file: Sitaram

राजतन्त्रको समाप्तीसँगै आफ्नो मुस्ताङ्गी राजाको पदवीपनि स्वत खारेजी भएकोमा उनको कुनै गुनासो रहेनछ । राजतन्त्र समाप्त हुनुमा उनले राजा ज्ञानेन्द्रलाई दोषी ठहर्याएका रहेछन् । थकालीले भने- 'राजतन्त्र समाप्त भएपछि उहाँले राजा ज्ञानेन्द्रकै कारण राजतन्त्रको समाप्ती भएको हो भन्नुभएको थियो ।' राजा बीरेन्द्रको नाममा रहेको सम्पत्ति जनहितका कार्यमा खर्च गरेको भए राजतन्त्र लोकप्रिय हुने र जनता नै राजतन्त्रको पक्षमा उभिने मुस्ताङ्गी राजाले भनेको कुरापनि थकालीले स्मरण गरे । उनकाअनुसार राजतन्त्रको उन्मूलन र गणतन्त्रको स्थापनालाई मुस्ताङ्गी राजाले पूर्ण रुपले स्वीकार गरेका छन् ।

-Sitaram Baral in Kathmandu

"मलाई नेपाल नै मन पर्छ। नेपालीपन नै मन पर्छ।"


Sangya anchoring at a Nepalese event in New York. Photos: eEyeCam

यता न्यू योर्कमा एक सुन्दरी राजकुमारीलाई नेपालीहरुले आक्कल झुक्कल भेट्ने गरेका छन्‌। दुई बर्ष अघी न्यू योर्क आइ पुगेकी बझाङ राज घरानाकि राजकुमारी हुन्- संज्ञा सिंह ।

युएस नेपाल अनलाइनले राजा-रजौटा हटाउने सरकारी निर्णयबारे आफ्नो धारणा राख्न अनुरोध गर्दा उनले भनिन्‌- "सरकारले ठिकै ठानेर त हटाउने निर्णय गर्‍यो होला नि। हामी पनि त रैति नै थियौं। नाम मात्रको राजा हटेर के फरक पर्‍यो र !"

तर उनले यो भन्न चाँही बिर्सिनन्- "म आफ्नो परिवार (राजघराना) मा जन्मिन पाउनुलाई गौरबको कुरा ठान्दछु। हाम्रा जिजु बुवाको बुवा देबीजङ्ग सिंह राजा नै थिए। अहिलेका राजा बिनोद बिक्रम सिंह मेरा बुवा (बिजेन्द्रप्रताप सिंह) का भतिजा हुन्।"


Sangya at the America-Nepal Friendship Society event in New York. Photos: eEyeCam

उसो भए नेपालबाट राजतन्त्र हट्‍दा दु:ख लाग्यो होला नि त? यो प्रश्नको जवाफ उनले यसरी दिइन्‌-
"हामीलाई सधैं परिवारलाई आदर गर्न, राज परिवार (शाह बंश) लाई आदर सम्मान गर्न सिकाइयो। तर जनताले राजतन्त्र नमान्ने भए पछि कस्को के लाग्छ? मिठो अन्त्य हुनु पर्थ्यो तर नमिठो गरी अन्त्य भो। मान्छे (राजा) राम्रो भए पो राजतन्त्र टिक्नु!"

उनले यो पन्क्तिकारसँग आफु खाँटी प्रजातन्त्रबादी भएको बताउन पनि छुटाइनन्‌।

नेपालमा छँदा इमेज च्यानल टिभिमा Music of Your Choice, Glamour & Style, अनुरोध जस्ता लोकप्रिय कार्यक्रम चलाउँदा चलाउँदै एकाएक अमेरिकामा संचार र पत्रकारिता अध्ययन गर्न आएकी संज्ञा अहिले LaGuardia College, New York मा खुद पढ्छिन् पनि English Tutor को रुपमा पढाउँछिन् पनि।

उनी न्यू योर्कबाट प्रकासित हुने 'नयाँ नेपाल खबर' पत्रिकाकि सहायक सम्पादक पनि हुन्। थकाली चेलीसँग घरजम गरी अमेरिका मै 'सेटल्‍ड' भएका यस पत्रिकाका प्रधान सम्पादक विश्व शाह, जो साइनोले यिनको दाजु पर्छन्‌।
(यि माथिको प्याराग्राफमा 'थकाली' चेली हुनु पर्नेमा अन्यथा उल्लेख हुन गएकोमा सच्याइएको छ। यसबाट शाह दम्पती माथि पर्न गएको नैतिक क्षतिको लागि म हार्दिक क्षमा प्रार्थी छु।)


Sangya at Satya Narayan temple in Queens, New York. Photos: eEyeCam

अमेरिकाको ब्यस्त जिबन शैली अपनाए पनि संज्ञाको हरहालतमा नेपाल नै फर्किने बिचार रहेछ। पछि कतै मन बहकिने हो कि? उनले भनिन्- "मलाई नेपाल नै मन पर्छ। नेपालीपन नै मन पर्छ। Simple is always beautiful."

नेपाल भने पछि हुरुक्कै हुने संज्ञा काठमाडौंमा आफ्ना मुमा (मिनु सिंह)-बुवा (बिजेन्द्रप्रताप सिंह) , आफु मुनिका दुई भाईहरु राघबेन्द्र र जितेन्द्रलाई असाध्य "मिस" गरिरहने बताउँछिन्‌। संज्ञाको तन र मन त असली नेपाली छ नै । बरु कोही छ- नेपाली मनको राजकुमार यि राजकुमारीलाई म्याच खाने?

-Pradeep Thapa Magar in New York. Comments? 551-358-7726

 







Sangya was moderator at the Buddha Jayanti "Vesak" celebration event at the UN Headquarters in New York on May 23, 2008. Photos: eEyeCam




Sangya prays for peace and prosperity for Nepal. Photos: eEyeCam




Sangya with Tamang folk dancers and Kumari dancer at the Vesak celebration event at the UN Headquarters in New York on May 23, 2008. Photos: eEyeCam
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®