Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
मुस्लिमहरुलाई मधेशी समूहमा राखिएकोमा असहमति

काठमाण्डौ, 8 Mar, 09- आफूहरुलाई थारु समुदायभित्र राखिएकोमा आक्रोसित थारुहरुले सरकारलाईसमेत झुक्न बाध्य पारेका बेला मधेशमै बसोबास गर्ने मुस्लिम समुदायलेपनि आफूहरु मधेशी नभएको बताउँदै आफ्ना समस्या समाधानकालागि मुश्लिम आयोग गठनको माग गरेको छ ।

दुई साताभित्र शक्तिशाली मुस्लिम आयोग गठन नगरिए कडा आन्दोलनमा जाने चेतावनी मुस्लिम संघर्ष समितिले दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले गत माघ १२ गते राष्ट्रका नाममा गरेको सम्बोधनमा मुस्लिम समुदायका माग पुरा गर्न शक्तिशाली मुस्लिम आयोग गठन गरिने कुरापनि समावेश थियो । प्रधानमन्त्रीको सम्बोधनलाई तत्काल स्वागत गरेको मुस्लिम समुदाय सम्बोधन अनुसार आयोग गठन नभएपछि निराश बनेको हो । समितिले आयोग गठन गरिदा निश्पक्ष र सक्षँम व्यक्तिहरु राखिनुपर्ने मागपनि राखेको छ ।

मुस्लिम संघर्ष समितिले मुस्लिमहरुलाई मधेशी समूहमा राखिएकोमा असहमति व्यक्त गर्दै आफूहरुलाईपनि छुट्टै पहिचान दिइनुपर्ने माग गरेको छ । छुट्टै पहिचान सहित राज्यका हरेक निकाय र सम्बैधानिक अंगमा समानुपातिक प्रतिनिधित्वलगायतमा पाँच सूत्रीय मागपनि संघर्ष समितिले गरेको छ । स्मरणीय छ जनयुद्धमा १ सय ८, दोश्रो जनआन्दोलनमा ६ र मधेश आन्दोलनमा १६ मुस्लिमले शहादत प्राप्त गरेका थिए ।

-Sitaram Baral in Kathmandu
























   
  Read our more related news: New Archive
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-9 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®