मुस्लिम समुदायको प्रतिनिधित्वको माग गर्दै वैठक वहिस्कार काठमाण्डौं, December 24, 2008-
प्रतिपक्षमा रहेका नेपाली काँग्रेस लगायतका दल तथा स्वतन्त्र
सभासदहरुले वैठक वहिस्कार गरेपछि व्यवस्थापिका संसदको वैठक पुस ११
गतेसम्मको लागि स्थगित गरिएको छ ।
अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा पुस ९ गते वैठक शुरु हुनासाथ काँग्रेस
संसदीय दल प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले प्रधानमन्त्रीको जवाफ नआएको
भन्दै वैठक वहिस्कार गर्ने बताएका थिए । काँग्रेसले कब्जा गरिएका घर जग्गा
फिर्ता, वाइसिएलको अर्धसैनिक संरचना विघटन लगायतका विषयमा प्रधानमन्त्रको
जवाफ माग गरेर वैठक वहिस्कार गर्दै आएको छ ।
दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान तथा स्वत्तन्त्र सभासदहरु
बबन िसंह र सदरुल मियाँ हकले संवैधानिक समितिमा मुस्लिम समुदायको
प्रतिनिधित्वको माग गर्दै वैठक वहिस्कार गरेका थिए । पासवानले दलितहरुलाई
दिँदै आएको १५ प्रतिशत आरक्ष लोकतान्त्रिक सरकारले ९ प्रतिशतमा झारेको कडा
आपत्ति प्रकट गरे । वैठक अवरुद्ध भएपछि तय गरिएको प्रश्तावहरु कार्यसूचिबाट
हटाइएको थियो ।
नेकपा एमाले सभासद शंकर पोखरेलले आफ्नो पार्टीको भातृसंगठन युथ फोर्सले
वीरगंजबाट प्रकाशित अंकुश दैनिक जलाएको विषयमा छानविन गरेर दोषी माथि कडा
कारवाही गर्नु पर्ने बताए ।