|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
सरकार र मुस्लिम समुदायका प्रतिनिधिवीच ६ बुँदै सहमती |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
काठमाण्डौं, 17 Mar, 09- सरकार र मुस्लिम समुदायका प्रतिनिधिवीच चैत ३ गते ६ बुँदै सहमती भएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा भएको वार्तामा मुस्लिम समुदायको पहिचानमा बाधा पुर्याउने खालका संवैधानिक र कानुनी व्यवस्था संशोधन गर्ने सहमती भएको छ । सरकारी वार्ता टोली संयोजक शान्ति तथा पुर्ननिर्माण मन्त्री जर्नादन शर्मा तथा मुस्लिम राष्ट्रिय संयुक्त संघर्ष समितिको तर्फबाट ताज मोहमद मिया र अतहर हुसेन फारुकीद्धारा हस्ताक्षरित सहमती पत्रमा मुस्लिम समुदायको राजनैतिक आथिएक साँस्कृतिक शैक्षिक अधिकानर सुनिश्चित गर्न सरकारले पहल गरिने उल्लेख छ । यसैगरी राष्ट्रिय मुस्लिम आयोग गठन गरिने, मुस्लिम समुदायको पर्वमा विदा दिइने, आगामी जनगणनामा मुस्लिम लगायत सम्बन्धीत समुदायलाई प्रत्यक्ष रुपमा सहभागी गराइने लगायतका विषयमा सहमती भएको छ । संघर्ष समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम भने चैत १ गते फिर्ता लिइसकेको थियो । सहमतीको पूर्ण पाठ: नेपाल सरकारद्वार गठित सरकारी वार्ता टोली र संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिको वार्ता टोलीबीच आज २०६५ साल चैत्र ३ गते देहाय बमोजिमको सहमति भएको छ । १. मुस्लिम लगायत देशका सम्पुर्ण आदीवासी जनजाती, मधेशी, अल्पसंख्यक समुदायको आ-आफ्नै विशिष्ट पहिचान छ भन्ने विषयमा सरकार स्पष्ट छ । तसर्थ उनीहरुको स्वतन्त्र पहिचामा बाधा पुर्याउने वा ओझेलमा पार्ने विद्यमान संवैधानीक र कानुनी व्यवस्थालाई आवश्यक प्रकि्रया पूरा गरी संशोधन गरिने छ । २. नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३ को खण्ड घ १ मा उल्लेखित मुलुकको राज्य संरचनाका सबै अङ्गहरुमा मधेशी, दलित, जनजाती आदिवासी, मजदुर, किसान, अपाङ्ग, पिछडिएका वर्ग र क्षेत्र सबैलाई समानुपातीक समावेशीको आधारमा सहभागी गराउने भन्ने कुरामा प्रतिबद्ध हुदै मुस्लिम समुदाय लगायत सम्पुर्ण आदिवासी जनजाती, मधेशी, थारु, दलित, अल्पसंख्यक समुदायको राजनैतिक, आर्थिक, सांस्कृतिक, शैक्षिक अधिकार सुनिश्चीत गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने । ३. नेपाली मुस्लिम समुदायको विविध क्षेत्रको उत्थान तथा विकास, स्थायी हज कमिटी गठन, मदरसा बोर्ड गठन लगायतका समेत कार्य गर्न आवश्यक प्रकि्रया पुरा गरी राष्ट्रिय मुस्लिम आयोग अविलम्ब गठन गरिनेछ । ४. हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्मदिन एवं मोहर्रम पर्वहरुमा सार्वजनिक विदा सम्बन्धी माग बारेमा नेपाल सरकारले सकारात्मक रुपमा विचार गर्नेछ । ५. नेपाल सरकारको प्रत्येक दश वर्षमा राष्ट्रिय जनगणना गर्ने नीति अनूरुप वि सं २०५८ सालमा भएको जनगणनाको प्रतिवेदन सार्वजनिक भएसकेको छ । आगामी समयमा जनगणना गर्दा मुस्लिम लगायत देशका सम्पुर्ण आदिवासी जनजाती, मधेशी, थारु, दलित, अल्पसंख्यक लगायतका समुदायको छुट्टै सांख्यिक र अन्य विवरण स्पष्ट हुने गरी जनगणना गरिने विषयमा सरकार प्रतिवद्ध छ । |
|
|
६. देशको शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याउन तथा नयाँ जनमुखी संविधान निर्माण गर्न नेपालका सम्पुर्ण मुस्लिम समुदायको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दै संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिले घोषणा गरेको संघर्षका सम्पुर्ण कार्यक्रमहरु फिर्ता लिएको छ । संयुक्त मुस्लिम राष्ट्रिय संघर्ष समितिको वार्ता टोलीको तर्फवाट १ अतहर हुसेन फारुकी वार्ता टोली संयोजक २.ताज मोहम्मद मियाँ केन्द्रीय संघर्ष समिति संयोजक ३. सरकारी वार्ता टोलीको तर्फबाट जनार्दन शर्मा वार्ता टोली संयोजक तथा मन्त्री शान्ती तथा पुर्ननिर्माण -Santa Bagam in Kathmandu |
||
|
Read our more related news:
New Archive |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||