Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

लौ चिनौं मिल्ने साथीलाई हत्या गर्ने हत्यारा



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Murderer Rajendra Pandit who killed his friends Ashish Manandhar and Ritesh Rauniyar. Photo: Sitaram

काठमाण्डौं, December 5, 2008-
टेलिफोन नम्बरका आधारमा गरिएको अनुन्धानबाट आशिष मानन्धर र रितेश रौनियार हत्याकाण्डमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पहिचान गरेको छ ।

उनको हत्यामा सहपाठी संलग्न रहेको र त्यसमध्ये एकलाई महानगरीय प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बाँकी दुई भने फरार रहेको प्रहरीले बताएको छ । यो हत्याकाण्डले प्रहरी र सरकारको सक्षँमतामाथि समेत प्रश्न चिन्ह उठेको थियो ।

गत कात्तिक ३० गते घरबाट मोबाइल साट्न भनी हिँडेका १५ वर्षीय मानन्धर र १४ वर्षीय रौनियार ११ मंसिरका दिन मृत फेला परेका थिए । उनीहरुको हत्यामा संलग्नमध्ये सुनसरी सदरमुकाम इनरुवा- ७ बिहीबारे हाट घर भई काठमाडौंको स्वयंभुमा बस्ने १७ वर्षीय राजेन्द्र पण्डितलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । पण्डित हत्या गरिएका मानन्धर र रौनियारका मिल्ने साथी थिए ।

फरारहरुमा सुनसरी हरिनगरा गाविस- ५ घर भई सतुंगल बस्ने बस्ने १७ वर्षीय वीरेन्द्रकुमार पण्डित र सुनसरी बबिया गाविस- २ घर भई सतुंगल बस्ने अन्दाजी १७/१८ वर्षका दिपक मेहेता रहेका छ । प्रहरीकाअनुसार फरार पण्डित विद्यार्थी हुन् भने मेहेता इनारको रिङ बनाउने काम गर्दछन् । उनीहरु भारततिर लागिसकेको बुझिएको छ । यद्यपी उनीहरुपनि पक्राउ पर्ने प्रहरीको दावी छ ।

यो हत्याकाण्ड र अपराधी पत्ता लाग्न नसक्दा प्रहरी-प्रशासनप्रतिमात्र होइन समग्र सरकारकै कार्य क्षमताको बारेमा प्रश्न उठेको थियो । आफ्ना मिल्ने साथीहरु नै हत्याकाण्डमा संलग्न रहेको र प्रहरीले उनीहरुलाई पहिचान गरी पक्राउ गरेपछि अपराधको अनुसन्धान र हत्यारा पक्राउमा नेपाल प्रहरी कत्ति सक्षम रहेछ भन्ने देखिएको छ भने सरकारपनि अपराधी पत्ता लगाउन नसकेको भन्ने अवगालबाट जोगिएको छ ।

-Sitaram Baral in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®