काठमाडौं, August 30, 2008- भूमिगत संगठन तराई आर्मीका केन्द्रिय अध्यक्ष मिस्टर जोन उर्फ
कौशल सहनीको प्रहरी कारवाहीमा मृत्यु भएको छ ।
२०६४ साल भदौ १६ गते काठमाडौंको विभिन्न तीन ठाउँमा भएको बम विस्फोटक आरोपी
सहनीसँगै उनका अंरक्षक महन्त सहनीको पनि मृत्यू भएको छ ।
रौतहटको रघुनाथपुर विर्ता गम्हरिया गाँउमा भदौ १४ गते बिहान प्रहरी
कारवाहीमा मृत्यु सहनीको भएको हो ।
उनलाई घेरा हाल्न प्रहरी निरीक्षक श्याम अधिकारीको नेतृत्वमा प्रहरी टोली
त्यहाँ पुगेको थियो । प्रहरी टोलीलाई लक्षित गिर
गोली चलाएपछि त्यसको प्रतिकारमा प्रहरीबाट भएको कारवाहीमा दुई जनाको
मृत्यु भएको रौतहटका प्रहरी उपरिक्षक जयबहादुर चन्दले बताए ।
सो स्थानमा पुगेको प्रहरी टोलीले उनीहरुलाई आत्मसमर्पण गर्न भनेकोमा उल्टै
आक्रमण गरेपछि त्यसको प्रतिकारमा दुई जनाको घटनास्थलमा मृत्यु भएको
प्रहरी उपरिक्षक चन्दले दावी गरेका छन् ।
प्रहरीका अनुसार त्यहाँ प्रहरीका तर्फ ३० र मिस्टर जोनका तर्फ २ राउण्ड
गोली चलेको थियो ।