|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
निर्माण
शुरु गरेको २५ वर्षपछि जाजरकोटको सदरमुकाम खलंगामा बल्ल मोटर पुग्यो बीरेन्द्रनगर सुर्खेत, December 11, 2008- सडक निर्माण थालेको २५ वर्ष पछि मध्यपश्चिमको पहाडी जिल्ला जाजरकोटमा हिजो पहिलो पटक यात्रुवाहक गाडी पुगेका छन् । यात्रुहरुले खचाखच भरीएका १० वटा यात्रुवाहक बस सदमुकाम खलंगाको शान्तिचौतारा पुग्दा स्थानिय बासिन्दाले चालक र यात्रुलाई फुलमाल तथा अबिर लगाएर भव्य रुपमा स्वागत गरेका थिए । सल्यानको सल्लीबजारबाट छुटेका भेरी गंगामाला यातायात व्यवसायी समितिका बसहरु दिउसो खलंगा पुगेका हुन् । गाडि हेर्न जम्मा भएका सयौ स्थानियबासीले पहिलो पटक आफनै घरआगनमा गाडी गुडेको देखेपछि खुशीले गदगद हुदै आफना दुखका दिन गएको सम्झेका छन् । 'वषैदेखिको सपना पुरा भएको छ' खलंगा गैरीखालीका टेकजङ्गशाहले भने 'अव दुई दिनको वाटो हिडेर गाडि भेटाउन सल्लिबजार पुग्ने दिन गए ।' खलगाबासीले अवदेखि नियमिति रुपमा यातायात सेवा संचालन गर्न गाडि चालक र यातायात व्यावसायी सगँ माग गरेका छन् । साँघुरो सडकमा जोखिम मोलेर खलंगामा पहिलो पटक गाडि पुन्याउन सफल चालक नारायण महतराले सडकमा नियमित रुपमा गाडि चलाउन अझै निकै काम गर्न बाकी रहेको बताएका छन् । उनले भने सडकका ठाउँ ठाउँमा खाल्डाखुल्डी छन्, मोडहरु साघुरा भएका कारण गाडि चलाउन चुनौतिपूर्ण छ । छेडा खोलामा पुल बने र सडक मर्मत गरे अवदेखि नियमिति रुपमा गाडि चल्न सक्ने महतले बताएका छन् । यता छिन्चु जाजरकोट सडक निर्माणको जिम्मा लिएर नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख मेजर बिश्ववन्दु पहाडीले सडक निर्माणको काम द्रुत गतिमा भैरहेको जानकारी दिएका छन् । उनले भने सडकको पहिलो चरणको काम पुरा भैसकेको छ दोस्रो चरणको काम अन्र्तगत सडक चौडा गर्ने, खाल्डाखुल्डी पुर्ने, कर्भडहरु बनाउने काम भैरहेको छ । द्धन्द्धको बेलामा सडक निर्माणको लागि ल्याएका बिस्फोटक पदार्थ माओवादीले लुटेपछि अवरुद्ध भएको सडक निर्माण कार्य शान्ति स्थापनासगै नेपाली सेनाले जिम्मा लिएको थियो । सुर्खेतको औल्झ्यामबाट खलंगासम्मको ३० किलोमिटर सडक खण्डको ट्याक नेपाली सेनाले गतवर्ष खोलको थियो । त्रयाक खोल्ने काम भएपछि गतवर्ष नै खलंगामा साना जीप तथा ट्याक्टरहरु पुगेका थिए । सुर्खेतको छिन्चुदेखि जाजरकोट खलंगासम्मको १ सय ७ किलोमिटर सडकको निर्माणको सुरुवात २५ वर्ष अघि भएको थियो । तर माओावादी द्धन्द्धका कारण बीचमा केही समय सडक निर्माण रोकिन पुगेको थियो। -Geban Mijhar in Birendranagar, Surkhet |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||