|
|
![]() |
||
| Click this link to see your Local city time and Kathmandu, Nepal time | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week Upcoming Events in USA न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
News from Nepal: नेपाली खबरहरु |
||
|
लौ पढौं अगावै:
मातृभाषामा गर्ने शपथ ग्रहण कस्तो छ? काठमाडौं, May 27, 2008-संसद सचिवालयले आज संविधान सभाका सदस्यहरुलाई सपथ ग्रहण गराउने भएको छ । संविधान सभाका केही सदस्यहरुले आफ्नो मातृभाषामा गर्ने शपथ ग्रहणको प्रति यूएसनेपाल अनलाइनडटकम ले सपथ ग्रहण अगावै फेला पारेको छ । आफ्नो मातृभाषामा सपथ लिन चाहने संविधान सभाको सदस्यहरुले आफ्नै मातृभाषामै पनि सपथ ग्रहण गर्न पाउनेछन् । उनीहरुलाई संविधान सभाका जेष्ठ सदस्यले नेपालीमा उच्चारण गरी शपथ ग्रहण गराउनेछन् भने सभासदहरुले मातृभाषामा उच्चारण गरी सपथग्रहण गर्नेछन् । बनमन्त्री मातृका यादवले मैथिल भाषामा गर्ने शपथ ग्रहणको प्रति Maithali Language CA oath by Matrikaaprasad Yadab. संविधान सभा सचिवालयले गैर-नेपाली मातृभाषा बोल्ने संविधान सभाका सदस्यहरुलाई नेपाली भाषाको सपथ ग्रहणको व्यहोरा दिएर आफ्नो मातृभाषामा उल्था गर्न भनेको छ । जसअनुसार आ-आफ्नो लिपी र भाषामा आफैले रुपान्तरण गरेको सपथ ग्रहणको व्यहोरा संविधान सभा सदस्यहरुले दिएका संविधान सभा सचिवालयलाई उपलब्ध गराएका छन् । आफ्नै मातृभाषामा सपथ ग्रहण हुन लागेको यो पहिलो पटक हो । यसअघि बनमन्त्री मातृका यादवले मन्त्री पदको सपथ ग्रहण आफ्नै मातृभाषामासपथ ग्रहण गर्न पाउनुपर्ने माग गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सपथ ग्रहण गर्न अस्वीकार गरेका थिए । त्यसपछि प्रम कोइरालाले नेपालीमा गराएको सपथ ग्रहण व्यहोरालाई आफ्नो मैथिल भाषामा रुपान्तरण गरी सपथ लिएका थिए । उनले यस पटक आफैले सपथ ग्रहणको व्यहोरालाई मैथिलमा रुपान्तरण गरी संविधान सभा सचिवालयमा बुझाइसकेका छन् । संविधान सभाका सदस्यहरुले गर्ने सपथ ग्रहणको व्यहोरामा भनिएको छ- 'संविधान सभा सदस्यले गर्ने शपथ ग्रहणको व्यहोरामा देश र जनताप्रति पूर्ण बफादार रही सत्य र निष्ठापूर्वक प्रतिज्ञा गर्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा रहेको नेपालको अन्तरिम संविधान २०६३ प्रति पूर्ण बफादार रहेर, प्रचलित कानूनको अधिनमा रहेर, जनताको हितमा कुनै डर नमानी, कुनै पक्षपात नगरी, पूर्वाग्रह नराखी संविधान सभा सदस्यको पदीय गोपनियता राखी संविधान सभा सदस्यको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नेछु ।' -Sitaram Baral in Kathmandu संविधान सभा सदस्य छिमी लामाले लामा भाषामा गर्ने सपथ ग्रहणको प्रति Lama Language CA oath by Chhimi Lama. Photos: Sitaram Baral |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®