|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
उपराष्ट्रपति झाको विरुद्ध आन्दोलन अरु चर्किदै आइतबार विहान उपराष्ट्रपतिको विरोधमा टायर बालेर गरिएको प्रदर्शन Photos: Sitaram काठमाडौं, July 27, 2008- उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा गरेको सपथ विरुद्धको आन्दोलन अरु चर्कॆको छ । राजधानीमा विद्यार्थी र सर्वसाधारणले उनी विरुद्ध नारा लगाउँदै आइतबार विहानैदेखि सडक अवरुद्ध गरिरहेका छन् । फोरम उम्मेदवार झा कांग्रेस र एमालेको मतबाट विजयी बनेकाले कांग्रेस-एमालेका युवाहरुले आफ्नै नेतृत्वविरुद्धपनि नारावाजी गर्न थालेका छन् । झा विरोधी प्रदर्शनका कारण काठमाडौंका मूल सडकहरु अबरुद्ध बनेका छन् । सडक अवरोधका कारण सरकारी कर्मचारीहरु कार्यालय जान सकेका छ्रैनन् । विद्यार्थीहरु प्रदर्शनमा भाग लिन िहंडेकाले क्याम्पसमा पढाई भएको छैन । हिन्दी भाषामा सपथ लिएको घटनाको विरोध मैथिल भाषीहरुलेपनि गरेका छन् । मर्यादाक्रममा दोश्रो स्थानमा रहेका उपराष्ट्रपति परमानन्द झालाई सार्वजनिक कार्यक्रममा लैजाँदा बाटो छलेर र लुकाएर लैजानुपर्ने परिस्थितिसमेत सिर्जना भएको छ । रातो मच्छेन्द्रनाथको भोटो अवलोकन क्रममा शनिवार सुरक्षाकर्मीहरुले उपराष्ट्रपति झालाई शनिवार सुटुक्क कार्यक्रमस्थल जावलाखेल पुर्याए । अपरान्ह भएको सो कार्यक्रममा उपराष्ट्रपति झापनि सहभागी हुने थाहा पाएपछि प्रदर्शनकारीहरुले चावहिल वरिपरिको क्षेत्रमा प्रदर्शन सुरु गरेका थिए । झा चावहिल नजिकैको गौरीघाट भन्ने स्थानमा बसोबास गर्छन् । प्रदर्शनकाकारण सडक अवरुद्ध भएपछि सुरक्षाकर्मीहरुले उनलाई भित्री बाटो हुँदै जावलाखेल पुर्याएका थिए । जावलाखेलमा आयोजित भोटो प्रदर्शन कार्यक्रममा पुग्दा झा करिव करिव चिन्नै नसकिने पोशाकमा थिए । सबैको अनुमान विपरित उनी दौरा सुरुवाल लगाएर कार्यक्रममा पुगेका थिए । बुधबारको सपथमा भने उनी धोती र कुतासहितको मधेशको पोशाकमा थिए । उनकालागि कडा सुरक्षा व्यवस्था गर्नु परेको थियो । |
|
|
राष्ट्रपति र उपराष्ट्रपति यसरी सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा उपस्थित भएको पहिलो पटक हो । लिच्छवी राजा मानदेवको पालादेखि प्रचलनमा आएको भोटो जात्रा यसअघि राजाले अवलोकन गर्दै आएका थिए । राजतन्त्र निलम्बनमा परेपछि राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीले अवलोकन गरेका थिए । राष्ट्रपतिको चयन भएपछि राष्ट्रपति डा. यादवले भोटोजात्रा अबलोकन गरेका हुन् । राष्ट्रपति डा. यादवसँगै उपराष्ट्रपति झा दौरा सुरुवालमा उपस्थित भएका हुन् । यस्ता राष्ट्रिय पर्वहरुमा राष्ट्रिय पोशाकमा उपस्थित हुनुपर्ने परम्पराका कारण उपराष्ट्रपति झा दौरा सुरुवाल लगाएर कार्यक्रममा उपस्थित भएको बताइएको छ । मातृभाषाको सट्टा भारतको राष्ट्रिय भाषा हिन्दीमा शपथ गरेको विरुद्धमा देशभरि उपराष्ट्रपति झाविरुद्ध आन्दोलन चर्किरहँदा झाले भने आफ्नो बचाउ गरेका छन् । झाले मधेशका बासिन्दाको संपर्क भाषा हिन्दी भएको बताउँदै संविधान सभाले बनाउने संविधानमा हिन्दी भाषालाई राष्ट्रिय भाषाको दर्जा दिने बताएका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||