काठमाण्डौं, November 1, 2008-
सरकारको हालै बसेको मन्त्रि परिसदको बैठकले लुम्बिनी बिकास कोषको सदस्य
सचिव पदमा आचार्य कर्मा साङपो शेर्पालाई नियुक्त गरेको छ।
दोलखा जिल्ला बिगु गा.बि.स. स्थाई घर भएका आचार्य शेर्पा नेपाल बौद्ध
महासंघका महासचिवसमेत हुनु हुन्छ।
बिगतलामो समयदेखि गैर बौद्ध धर्मवलम्विहरुले पदभर सम्हाल्दै आएको लुम्बिनी
बिकास कोषमा मावोबादी नेतृत्वको गठबन्धन सरकारले पहिलो पटक बौद्धमार्गि
समुदायको ब्यक्तिलाई नियुक्त गरिएको हो।