|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
नेकपा मसाल र महामन्त्री मोहन विक्रम संघीयताको विरोधमा काठमाण्डौं, December 29, 2008- संविधान सभामा रहेको ६ सय १ मध्ये जम्मा तीन जना सभासद रहेको राष्ट्रिय जनमोर्चाले संघीयतामा विरोधमा दोस्रो चरणको कार्यक्रम शुरु गरेको छ । संघीयताले मुलुक टुक्रिने निष्कर्ष सहित संघीयताको विरोधमा उत्रेको राष्ट्रिय जनमोर्चाले काठमाण्डूमा अन्तकि्रया गरी दोस्रो चरणको कार्यक्रम शुरु गरेको हो । राष्ट्रियता र संघीयताका विषयमा केन्द्रीत दुई दिने अन्तकि्रयामा विभिन्न विषयका विज्ञहरुका कार्यपत्रबारे छलफल भैरहेको छ । पहिलो दिन सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय अखण्डता र सीमा अतिक्रमण तथा नेकपा मसालका महामन्त्री मोहन विक्रम िसंहले वर्तमान राजनीतिक सन्दर्भमा राष्ट्रियता रक्षाको प्रश्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रियता संकटमा परेको निष्कर्ष सहित सबै मिलेर राष्ट्रियताको रक्षामा जोड दिए । श्रेष्ठले संघीयताका नाममा नेपालीबीच वैचारिक विखण्डन भैरहेको र यसले भौगोलिक विखण्डनको संकेत दिईरहेको भन्दै एकजुट भएर राष्ट्रिय अखण्डता कायम गर्ने उल्लेख गरे । मसालका महामन्त्री मोहनविक्रम िसंहले संघीयताको परिणाम राष्ट्र विखण्डन हुने ठोकुवा गरे । विदेशीको दबाबमा संघीयताको कुरा आएको र त्यसको उद्देश्य नेपाल टुक्र्याउने नै रहेको उहाँको दावी छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सेना समायोजनमा विदेशी चलखेल बढेको र यसले राष्ट्रियता संकटमा परेको बताए । भोलि भीमार्जुन आचार्य, पुष्प कँडेल र दीपक ज्ञवालीले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||