Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

 



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
'एमाले जुन गोरुको सिङ छैन उसको नाम तीखे जस्तो भएको छ' -किरण

काठमाडौँ, September 13, 2008- नेकपा माओवादी वरिष्ठ नेता मोहन वैद्य 'किरण'ले वर्तमान सरकारलाई सन्धी सम्झौतामा पूरापूर अधिकार रहेको बताएका छन् ।

भदौ २८ गते राजधानीमा आयोजित कार्यक्रममा उनले भने 'यो सरकार जननिर्वाचित हो र यसलाई सन्धीसम्झौता गर्ने पूरापूर अधिकार छ ।'

नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको आजै सार्वजनिक यो सरकारलाई सन्धी सम्झौता गर्न मिल्दैन भन्ने भनाईप्रति लक्षित गर्दै वैद्यले भने 'अरुजस्तो विना गृहकार्य र छलफलविना सन्धी सम्झौता गर्दैनौं ।' प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमणका क्रममा सन् १९५० को सन्धी खारेजीको विषयलाई सशक्त ढंगबाट उठाउने बताए ।

माओवादी संगठन विभाग प्रमुखसमेत रहेका किरणले भने 'तत्काल नयां सन्धी सम्झौता नभएपनि त्यसका लागि प्रधानमन्त्रीले आधार तयार गर्नुहुनेछ ।' प्रधानमन्त्रीले सीमा समस्या, व्यापार र पारवहनसम्बन्धि विषयलाई भारतीय पक्षसंग उठाउने गरी एजेण्डा तय भएको उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डले कोशी वाँध बारे पनि कुरा उठाउने नेता वैद्यले जानकारी दिए । उनले आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारले तोकिएको समयमै नयाँ समावेशी संविधान निर्माण गरेरै छाड्ने बताए ।

कार्यक्रममा उनले भने 'हामी संसदवादी होइनौं । संसदीय संविधान लेखिनुहुन्न ।' संसदीय व्यवस्था विश्वमानै असफल भइसकेकाले त्यसलाई नेपालमा जारी राखिए नेपाल थप असफलतातर्फ उन्मुख हुने उनको तर्क थियो।

उनले भने 'संविधान कागजमा लेखेर मात्र हुदैन जनताको हृदयमा लेखिनुपर्छ । हैन भने अर्को जनक्रान्ति कसैले रोक्न सक्दैन ।'

किरणले आफ्नो दलको आगामी केन्द्रीय कमिटि बैठकमा संरचनात्मक फेरबदलका लागि विशेष प्रस्ताव लाने बताए । उनले भने '१७ सदस्यीय केन्द्रीय संगठन ब्यूरोले संरचनात्मक परिवर्तनका लागि विशेष प्रस्ताव लाँदैछ ।'

नेकपा एमालेका केही नेताहरुले आफ्ना दललाई कम्युनिष्ट हैन भनी लगाएको आरोपतर्फ इंकित गर्दै एमालेलाई कम्युनिष्ट शब्द हटाउन सुझाव दिए । उनले भने 'एमाले कम्युनिष्ट होइन जुन गोरुको सिङ छैन उसको नाम तीखे जस्तो भएको छ ।'

एमालेलगायत अन्य दलले युवाहरुको संगठन खोलेर आफूहरुको सिको गरेको भन्दै त्यसप्रति कुनै आपत्ती नरहेको बताए ।

-Santa Bagam in Kathmandu
   
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®