Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

News from Nepal & New York

तानसेनमा आदिवासीहरुको नमुना सभासद बैठक शरु



Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

Organizer Gambahadur Saru Magar speaking at the model ca meeting. Photos: Hari

पाल्पा, November 10, 2008-
नेपाल आदिवासी जनजाति महासंघ पाल्पा र आदिवासी जनजाति विकास मन्‍च पाल्पाको आयोजनामा आदिवासी जनजाति सांस्कृतिक महोत्सव-२०६५ अन्तर्गत आईतवारदेखि तानसेनमा नमुना सभासद बैठक शरु भएको छ ।

आदिवासी जनजातिहरु सदियौ वर्षदेखि उत्पीडन र राज्यसत्ताबाट विमुख भएको भन्दै नयां नेपालको शुरुवातसंगै बन्ने नयाँ संविधानमा आफ्नो संपुर्ण हक अधिकारलाई स्थापित गर्न आन्दोलन कै रुपमा यो सांस्कृतिक महोत्सवको आयोजना गरेको आयोजकको भनाई छ ।

२७ गतेसम्म चल्ने नमुना सभासद बैठकमा संम्पुर्ण जननिर्वाचित सभासदहरुलाई आदिवासी जनजातिहरुले विगतदेखि उठाउँदै आएको मागहरु र साझा एजेण्डा प्रति ध्यान केन्द्रित गराई नयाँ बन्ने संविधानमा उल्लेख गराउन प्रतिबद्धता गराउने आयोजकले बताए ।


CA member Lila Somai Magar and Narayani Sharma (in red saree) at the meeting.
  नमुना सभासद बैठक कार्यक्रममा बोल्दै सभासद नारायणी शर्माले हाम्रो मुलुक सानो भए पनि विशिष्टता र विविधता भएको बताउँदै अव बन्ने नयाँ संविधान सवै जात, जाति, वर्ग, िलंग, क्षेत्रको प्रतिविम्व झल्किने खालको बन्नु पर्ने बताउनुभयो ।

त्यसैगरि अर्का सभासद लिला सोमैले विगतमा पुर्खाले गरेको त्याग, तपस्या, बलिदानलाई विस्रन नहुने बताउँदै आदिवासी जनजातिहरुको राजनैतिक आर्थिक सामाजिक लगायतका अधिकारहरु सुनिश्चित नहुदाँसम्म संघर्ष जारी राख्नु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नभयो 'हाल सम्म मुलुकमा विद्यमान सामन्ती सोच, चिन्तन र संस्कारलाई अन्त्य गर्न र आदिवासी जनजातिहरुको साझा सवाल र एजेण्डामा एक हुनु पर्छ ।'

सभासद द्धय शर्मा र सोमैले आदिवासी जनजाति लगायत संपुर्ण वर्ग, समुदायको हक अधिकारको बारेमा संविधानसभामा उठाउने र बन्ने नयाँ संविधानमा उल्लेख गराउन प्रतिवद्धतासमेत जनाउनुभयो ।


Model CA memmber Liala Somsi. Photos: Hari

कार्यक्रममा नमुना सभासदको रुपमा सहभागी निर्मल श्रेष्ठले एक मधेश प्रदेशको सवाललाई भोक लाग्यो भन्दैमा विष खाने प्रवृति हुन नहुने भन्दै यस विषयमा सवै दल सरकार र नागरिक समाजले ध्यान पुर्याउनु पर्ने बताउनुभयो ।

त्यस्तै अर्का सहभागी नमुना सभासद चिरण पुनले आदिवासी जनजातिहरुको सवाल र एजेण्डामा राजनैतिक दलहरुको प्रतिवद्धता चाहिने बताउँदै राज्यको सवै तहमा आदिवासी जनजाति, उत्पीडित, दलित, महिला लगायतको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने विचार राख्नुभयो ।


Participants at the meeting. Photos: Hari

कार्यक्रममा आदिवासी जनजाति महासंघ संघीय परिषदका सदस्य बसन्त घर्ती मगर, सहभागी सभासदहरु लालु राना, तीर्थ गौतम, नारायण कोईराला, जानुका घर्ती मगर लगायतले संघीयता संबन्धि सवै दलहरुले स्पष्ट खाका ल्याउनु पर्ने बताउदै नयाँ नेपालको निर्माणसंगै बन्ने नयाँ संविधानमा आदिवासी जनजातिहरुको हक अधिकार सुनिश्चित हुनु पर्ने विचार राखेका थिए ।

-Haribahadur Saru in Tansen, Palpa
   
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®