|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
फोहरका कारण मन्त्रिले राजिनामा दिने धम्की, फोहोर छेक्ने एमाले
कार्यकर्ता? काठमाण्डौ, January 21, 2009- काठमाडौं फोहरले डुङ्डुङ्ती गन्हाइरहेका बेला स्थानीय विकासमन्त्री रामचन्द्र झाले काठमाडौं उपत्यकाको फोहोर फाल्न प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री वामदेव गौतमबाट सहयोग नभएको भन्दै असहयोग जारी रहे राजीनामाको चेतावनी दिएका छन् । फोहोर उठाएर लगिएको सवारीलाई रोक्ने र छेक्ने काम भइरहँदापनि गृह मन्त्रालयबाट आवश्यक सहयोग नभइरहेको भन्दै आलोचना गरे । 'काठमाडौं महानगरपालिकाले फोहोर उठाएर लैजाँदा गैरकानुनी ढंगबाट छेक्ने काम भइरहँदा पनि गृह मन्त्रालय किन चुप छ?' एमाले केन्द्रीय सदस्य समेत रहेका झाले भने- 'फोहोरमा राजनीति भइरहन्छ भने म सरकारमा बस्दिन ।' पत्रकारहरुले फोहोर बोकेका सवारी छेक्न एमाले कार्यकर्तानै लागेका छन् नि भन्ने प्रश्न सोधेका थिए । 'यसरी छेक्नेहरुलाई पार्टीले तत्काल निर्देशन दिएर पछि हट्न लगाउन महासचिव झलनाथ खनालसंग कुरा गरेको छु' मन्त्री झाले भने- 'हाम्रा पार्टीका कार्यकर्तालाई फोहोर बोकेको गाडी छेक्न लगाइन्छ भने म राजीनामा दिन्छु ।' काठमाडौंमा फोहोरको डुंगुर थुप्रिएको देख्दा आफू अत्यन्त चिन्तित भएको बताउँदै मन्त्री झाले फोहोर लगिएको सवारीमाथि अवरोध सृजना गर्नेहरुलाई छूट दिइएको भन्दै आफ्नै पार्टीका कार्यकर्ताकोसमेत आलोचना गरे । उनले फोहोरको समस्या समाधानका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउँदै डम्पिङ्ग साइटको रुपमा रहेको सिसडोलबाहेक अन्य क्षेत्रमा पनि डम्पिङ साइड बनाउनेबारे छलफल भइरहेको जानकारी दिए । धादिङको क्षेत्रदेउरालीलगायत विभिन्न स्थानमा डम्पिङ साइड बनाउने प्रस्ताव आएको र त्यसबारे छिट्टै निर्णय गरिने बताउँदै उनले फोहोर प्रशोधनका लागि निजी क्षेत्रहरुबाट पनि प्रस्तावहरु आइरहेको र त्यसबारे अध्ययन भइरहेको खुलाशा गरेका छन् । -Sitaram Baral in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||