|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
नेता हुनु त यस्तो ! |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
भ्रष्टाचारीहरुकालागि मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गरिवकालागि
मुटुभन्दा प्रिय नाम काठमाडौँ, September 19, 2008- गरिव, सुकुम्बासी र निमुखा जनताको पक्षमा भन्दै भूमिसुधार मन्त्री मातृका यादवले मन्त्री पदबाट राजिनामा दिएका छन् । ![]() Former Minister Matrika Yadv. Photo: Santa पूर्व राजा ज्ञानेन्द्रकी बहिनी शोभा शाहीले आफ्नो नाममा रहेको घर-जग्गालगायतका सम्पत्ति जोगाउन बेचेको नाटक गरेको जग्गामा गरिव भूमिहीनहरुलाई बसोबास गराउन कस्सिएर लागेका मन्त्री यादवको कृयाकलाप मन्त्रीको पद अनुसारको नभएको भन्दै पार्टीले समेत आलोचना गरेपछि आफू मन्त्री पद छोड्न तैयार रहेको तर गरिव तथा सुकुम्वासीको साथ नछोड्ने भन्दै मन्त्री यादवले राजिनामा दिएका हुन् । बजेट भाषण हुनुपूर्व हुन लागेको मन्त्री परिषद्को बैठकअघि मन्त्री यादवले पदबाट राजिनामा दिएका हुन् । सिरहाको लाहान नगरपालिकामा रहेको पूर्व अधिराजकुमारी शोभा शाहीको घर तथा जग्गा यसअघि माओवादीले कब्जा गरी गरिव तथा सुकुम्वासीलाई दिएको थियो । सो जग्गामा गरिव तथा सुकुम्बासी बसेपछि विगतमा दरवारको निकटमा रहेका स्थानीय किसुन शाहले आफूले डेढ करोड रुपैयामा सो घर तथा जग्गा किनेको र अहिले माओवादीले कब्जामा लिएको भन्दै मधेशी जनअधिकार फोरममा उजुरी दिएका थिए । फोरमले शाह आफ्नो कार्यकर्ता रहेको बताउँदै आन्दोलन सुरु गरेपछि विगत दुई हप्तादेखि सोही क्षेत्रमा तनाव बढेको थियो । शाहले सोही जग्गा डेढ करोडमा किनेको दावी गरेपनि पूर्व राजाका बहिनी ज्वाईंले सम्पत्ति जोगाउन चलाखीपूर्वक देखाउनकैलागि सोही घरजग्गा शाहको नाममा दर्ता गराएको बताइन्छ । तनाव बढ्दै गएपछि गृहमन्त्री बामदेव गौतमको निर्देशनमा सुकुम्वासीले बनाएका घर तथा टहरा भत्काउन गत हप्ता निर्देशन दिएका थिए । सुकुम्वासीले बनाएका घर-टहरा भत्काउन थालिएको भोलिपल्टै मन्त्री यादव घटनास्थलमा पुगे र उनले गरिव तथा सुकुम्बासीको पक्ष लिए । मन्त्री यादवकै उपस्थिति र पहलमा सोही जग्गामा फेरि सुकुम्वासीहरुले आफ्नो बासस्थानकालागि झुप्राहरु निर्माण गरिसकेका छन् । |
|
|
पूर्व राजाका बहिनी ज्वाईं कुमार मोहनबहादुर शाही र बहिनी शोभा शाही जसकाकारण मन्त्री यादवले राजिनामा दिनुपर्यो । Mohanbahadur Shahi and Shova Shahi. Photo: Sitaram मन्त्री यादवले गरिव तथा सुकुम्वासीको पक्ष लिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, सत्तारुढ एमाले र मधेशी जनअधिकार फोरमले मन्त्री यादवको आलोचना गर्दै आएका छन् । उनीहरुले मन्त्री यादवमाथि कार्वाहीको मागसमेत गरेका छन् । एक हप्ता लामो सिरहा बसाईंका क्रममा मन्त्री यादवले सोही विवादास्पद जग्गामा गरिव-सुकुम्वासीलाई बसाउने कार्यमात्र गरेनन् कार्यालयमा अनुपस्थित हुने कर्मचारीहरुविरुद्धपनि जेहाड छेडे । भूमाफियाहरुले जालसाझी गरी बेचेको जनकपुरस्थित रामजानकी मन्दिरको सयौं विगा जग्गा बेचबिखन गर्नेहरुका विरुद्धपनि उनी जाईलागे । सरकारको नेतृत्व माओवादीले गरेपनि एमाले र फोरमसमेत सरकारमा रहेकाले माओवादी मन्त्री यादवको यो 'क्रान्तिकारी कदम' बाट माओवादी अप्ठेरोमा पर्यो । किनभने मन्त्री यादवका कार्यलाई आधार बनाउँदै सत्ता साझेदार एमाले र फोरमले माओवादीको आलोचना सुरु गरिसकेका छन् । यो परिस्थितिमा शुक्रबार विहान बसेको माओवादी केन्द्रीय सचिवालयको बैठकले मन्त्री यादवको कृयाकलाप पदीय आचरण अनुकूलको नभएको निष्कर्ष निकाल्दै- कि आत्मालोचना गर्न कि त पदबाट राजिनामा दिन यादवलाई निर्देशन दियो । हक्की स्वभावका मन्त्री यादवले आफ्नो कार्य गरिव जनताको पक्षमा रहेको बताउँदै आत्मालोचना नगर्ने बरु मन्त्री पदबाट राजिनामा दिने र गरिव-सुकुम्बासीको पक्षमा लड्ने निर्णय गरे । शुक्रवार दिउसो मन्त्री परिषद्को बैठक बस्नुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटी पदबाट राजिनामा दिएका थिए । प्रधानमन्त्रीले भने उनको राजिनामा स्वीकृत गरिसकेका छैनन् । यूएस नेपाल अनलाइन डटकमसँगको छोटो फोन कुराकानीमा मन्त्री यादवले सिरहामा आफूले गरिव जनताको पक्ष लिएर बिल्कूलै सही काम गरेको दावी गरेका छन् । 'त्यो जग्गा शोभा शाहीहरुको कमाईबाट किनिएको होइन नत किसुन शाहले पैसा दिएर नै किनेका हुन्' मन्त्री यादवले भने- 'राजा महाराजाहरुले जनतालाई शोषण गरेर जोडेको त्यो सम्पत्ति अहिले गणतन्त्र आएपछि जालसाँझी तरिकाले जोगाउन खोजिएको छ, गरिव जनतालाई शोषण गरी जोडेको सम्पत्ति जनताले नै पाउनुपर्छ भन्ने मेरो मान्यता हो, यो मान्यताको पक्षमा म सधैं अडिग रहनेछु, यसैकालागि मैले मन्त्री पदबाट राजिनामा दिएको हुँ ।' निश्चय नै मन्त्री यादवले जे गरे परम्परागत रुपमा हेर्दा उनको कृयाकलाप मन्त्री पद सुहाउँदो देखिदैन तर उनले गरिव जनताको पक्ष लिएर गलत काम भने गरेका छैनन् । गरिव जनताको भोट पाएर मन्त्री बन्ने र मन्त्री बनेपछि ती गरिव जनतालाई बिर्सेंर हुनेखानेहरुको पक्ष लिने क्रमलाई मन्त्री यादवले तोडेका छन् । गत साल बनमन्त्री भएपछिपनि उनले भ्रष्टाचारीहरुविरुद्ध जेहाद नै छेडेका थिए । अहिले मातृका यादव भ्रष्टाचारीहरुकालागि मुटुमा ढ्याङ्ग्रो ठोक्ने नाम बनेको छ । मन्त्री यादव भने गरिव सुकुम्वासीकालागि मुटुभन्दा प्रिय बन्दै जान थालेका छन् । -Sitaram Baral in Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||