मधेशलाई अधिकार सम्पन्न बनाउन नसके हतियार
उठाउने पहिलो व्यक्ति आफू नै हुने- कृषिमन्त्री जयप्रकाशप्रसाद गुप्ता
नेपालगंज, 15 Feb, 09- कृषिमन्त्री जयप्रकाशप्रसाद गुप्ताले सरकारमा
बसेर मधेशलाई अधिकार सम्पन्न बनाउन नसके हतियार उठाउने पहिलो व्यक्ति आफू
नै हुने बताउनु भएको छ ।
मधेशी जनअधिकार फोरमका सह-अध्यक्ष समेत रहनु भएका गुप्ताले मधेशलाई अधिकार
सम्पन्न बनाउन नै फोरम सरकारमा गएको उल्लेख गर्दै उहाँले यस्तो बताउनु भएको
हो ।
मन्त्री गुप्ताले तराईमा संघर्षरत सशस्त्र सगठन र मधेशवादी दलहरुबीच
सम्झदारी भएमा वर्ष दिनमा नै मधेश अधिकार सम्पन्न हुने दाबी गर्नु भएको छ ।
उहाँले तराईका सशस्त्र समूहलाइ केही समय हतियार नपड्काउन आग्रह गर्दै
मधेशलाई एक वर्षभित्र अधिकार सम्पन्न बनाउँने आश्वाशन गर्नु भयो ।
मधेशको विकास प्रक्रियामा बाधक नबन्न सशस्त्र समूहहरुलाई आग्रह गर्दै
मन्त्री गुप्ताले राजनीतिक मुद्दाको समाधान राजनीतिक ढंगबाट खोजिने बताउनु
भयो ।
मधेश प्रदेशको निर्माणको आकांक्षा विकासका लागि भएको जिकिर गर्दै उहाँले
यसलाई पूर्णता दिन पहाडी समुदायको सद्भाव आवश्यक हुनेसमेत बताउनु भयो ।