|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
|
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
मन्त्री नै वार कि पारको आन्दोलन गर्ने ? काठमाण्डौ, 23 Jan, 09- आफै सहभागी सरकार विरुद्ध कुनै मन्त्रीले वार कि पारको आन्दोलन गर्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर नपात्याएर के गर्नु ? आपूर्ति तथा वाणिज्य मन्त्री राजेन्द्र महतोले वैशाख १० गतेदेखि आफु सहभागी सरकार विरुद्ध यस्तो आन्दोलन घोषणा गर्ने भएका छन् । माघ १० गते प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै मन्त्री महतोले माग पुरा नभए वार कि पारको आन्दोलन गर्ने चेतावनी दिएका छन् । सद्भावना पार्टी अध्यक्ष समेत रहेका महतोको नेतृत्वमा गएको टोलीले २०६४ फागुन १६ गते सरकार र संयुक्त मधेशी मोर्चावीच भएको सहमती कार्यान्वयन हुनु पर्ने, नयाँ जनगणना गर्नु पर्ने, मधेशमा कार्यालय प्रमुख नियुक्त गर्दा मधेशीलाई मात्रै गर्नु पर्ने लगायतका माग राखेर १८ बुँदै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन िसंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका मन्त्री महतोले आगामी फागुन १६ गते भित्र आफ्ना माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । महतोले त्यहाँ उपस्थित सन्चारकर्मीसँग भने 'फागुन १६ देखि वैशाख १० गतेसम्म दवाव मुलुक आन्दोलन गर्छौ । वैशाख १० पछिको आन्दोलन वार कि पारको हुनेछ ।' ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड'ले विगतको सरकारले मधेशवादी दलहरुसँग गरेको सम्झौतामा तत्काल पूरा गर्न सकिने विषय पूरा गर्दै जाने बताएका छन् । यस्तै तत्कालै पूरा गर्न नसकिने मागलाई संविधान सभाबाट पूरा गरिने प्रधानमन्त्रीले बताएका थिए । -Santa Bagam in Kathmandu |
|
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||